
श्याम घिमिरे
फागुन २ अर्घाखाँची –
सन्धिखर्क नगरपालीको आयोजनामा नगरको वडानम्वर १० का उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण प्रशिक्षण तथा योजना सम्झौता सम्बन्धि कार्यक्रम आज धरमपानीमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६।०७७ मा वडाबाट सञ्चालन हुने करीब १७ वटा योजनाहरुका उपभोक्ता समिति र सरोकारवालाबीच योजना सम्झौता र कार्यादेश दिने काम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न उपभोक्ता समितिहरुलाई योजनामा गर्नुपर्ने कार्यहरुको बारेमा सहजीकरण गर्दे सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कमल प्रसाद भुसालले सम्झौता अनुसार समयमै काम सम्पन्न गर्न सबै उपभोक्ता समितिहरुलार्ई आग्रह गर्नुभयो । भुसालले योजना सम्झौता कार्यमा अहोरात्र खटी सहयोग गर्ने कर्मचारी,जनप्रतिनिधि लगायत सबैलाई धन्यबाद समेत दिनुभयो ।
उपप्रमुख ठाकुर कुमार बिकले आर्थिक बर्षको अन्तिममा आएर कामगर्ने परीपाटीको अन्त्यगर्न आफुहरु लागी परीरहेको भन्दै सो कार्यमा सहयोग गर्न सम्पुर्ण नगरबासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालीकाका शाखा अधिकृत मञ्जु खनाल, योजना प्रमुख दिलिप केसी,ईन्जिनियर प्रमोद केसी, वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, वडा सचिव धर्मराज भुसाल, सदस्य भेषराज क्षेत्री लगायतले योजनाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाल बैंक, लिमिटेड कार्यालय सन्धिखर्कबाट उक्त योजनाहरुको खाता खोल्ने कार्य समेत सम्पन्न भएको जनाईएको छ । वडामै आएर गरीने यस्ताखाले कार्यक्रमले आफुहरु अत्यन्तै खुसी भएको स्थानिय उपभोक्ताहरुको भनाईरहेको छ ।


