सन्धिखर्क एफएम फागुन १ अर्घाखाँची – २५ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीले अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका विरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफुल र हर्लेक्स वितरण गरेको छ । बितरण कार्यक्रम पछि नेकपा अर्घाखाँचीका नेता तथा कार्यकर्ताहरुले अबिर लगाई शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं नेकपा नेता चन्द्रबहादुर खड्का, प्रदेस सांसद तथा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य, प्रदेस सांसद रामजि प्रसाद घिमिरे, नेकपा प्रदेस कमिटि सचिवालय सदस्य एवं जिल्ला सचिब ठाकुर कुमार बिक, प्रदेस कमिटि सदस्य छमकुमारि खनाल, तोज बहादुर रायमाझी कार्यालय सदस्य पिताम्वर भुसाल नेताहरु रामबहादुर चौहान, प्रेम नारायण गैरे लगायतका नेता तथा कार्यकर्ताहरु उल्लेखनिय उपस्थिति रहेको थियो । उनिहरुले अमर शहिदहरुको बलिदानिप्रती सम्मान र संघर्षबाट प्राप्त उपलब्धिलाई स्मरण गरेका थिए । फलफुल बितरणमा पुगेका नेता कार्यकर्ताहरु लाई अस्पतालका प्रमुख डा.कपिल गौतमले मनतब्य मार्फत स्वागत गरेका थिए ।

यसैबिच विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार बिहिबार अर्घाखाँची जिल्लामा २५ औ जनयुद्ध दिबस मनाएको समाचारमा जनाईएको छ । कार्यक्रममा मन्तब्य राख्दै जिल्ला इन्चार्ज कमल केसीले देशमा भएका बिभिन्न परिबर्तनमा जनयुदको ठुलो भुमिका रहेको बताउदै जनयुद्धका उपलब्धीलाई संस्थागत गरी लैजान नसक्दा कैयौ सहिद बेपत्ता परिबारको सपना साकार हुन नसेकेको बताउनु भयो । केसीले ति अधुरा सपनालाई एकीकृत जनक्रान्तिले हल गर्ने समेत दाबि गर्नुभयो । कार्यक्रम जिल्ला सेक्रेटरी खेम घर्तीको अध्यक्षता रामचन्द्र गौतमकोे सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित सबैलार्ई अबिर लगाई मिठाई समेत बितरण गरीएको जनाईएको छ ।