
श्याम घिमिरे
माघ २५ अर्घाखाँची –
अर्घाखाँची युवा परिषद् सन्धिखर्क र साथि सहकारी संस्था लिमिटेड सन्धिखर्कले आगलागिबाट पिडित भएका २ घरपरीवारलाई आज एक कार्यक्रमका बिच दुईवटा दराज सहयोग स्वरुप हस्तान्तरण गरेको छ । सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्ना निवासी गोपाल बस्याल र बसन्त बस्याललाई दराज हस्तान्तरण गरेको हो । गत माघ १७ गते घरमा बिद्युत सर्ट भै आगलागी हुदाँ दाजुभाइ द्वय गोपाल बस्याल र बसन्त बस्यालको घरमा पुर्ण रुपमा धनमालको क्षति भएकोले सहकारीको सातौ सिद्धान्त अनुरुप समुदाय प्रतिको चासो र अर्घाखाँची युवा परिषद्को सामुदायिक उत्तरदायित्व अन्र्तगत आवश्यकतालाई मध्यनजर गरी सहयोग उपलब्ध गराईएको संस्थाले जनाएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष धर्मराज भुसाल,व्यवस्थापक प्रकाश भुसाल,परीषद्का अध्यक्ष काजी श्रेष्ठ लगायतका पदाधीकारीहरुको उपस्थिति रहेको थियो । आगलागीका कारण करिब २०÷२० लाख भन्दा धेरै धनमालको क्षेती भएको गोपाल बस्यालले जानकारी दिनुभयो । जिल्लाका यि दुबै संस्थाले बिभिन्न सामाजीक कामहरु गर्दे आईरहेका छन ।
