सागर महत माघ २२ -भुमिकास्थान नगरपालिका वडा नम्बर–९ मा रहेको विरभद्र आधारभुत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीमा बसी राष्ट्रिय तथा स्थानीय मिडीयामा कार्यरत क्रियासिल पत्रकार लक्ष्मण घिमिरेले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३२ जना विद्यार्थीलाई कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।
जन्मदिनमा फजुल खर्च गर्ने र भड्किलो बनाउने प्रचलन बढीरहेका बेला पत्रकार घिमिरेले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा भुमिकास्थान–९ का वडा सदस्य देवी प्रसाद पोख्रेल, विद्यायलका प्रधानाध्यापक पदमपाणी चुँदाली, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामप्रसाद घिमिरे, समितीका सदस्य खडानन्द घिमिरे, गोपाल प्रसाद घिमिरे, पत्रकार सागर महत, शिक्षकहरु कृष्ण रायमाझी, मुना पोख्रेल, बिष्णु घिमिरे, भरत घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी भुमिकास्थान–९ का वडा सदस्य देवी प्रसाद पोख्रेलले समाजमा राम्रो काम गर्ने र समाजलाई राम्रो बनाउने बारेमा सोंच्ने कमै मात्र रहेकाले,, यो उदाहरणीय कार्यका लागी धन्यवाद ज्ञापन गरे । सबैले सकारात्मक र सहयोगी भावनाको सोंच राखे समाज आफै बदलिंदै जाने उनको भनाई छ । पत्रकार घिमिरेले केक काटेर र भोज आयोजना गरेर जन्मदिन मनाउने प्रचलन रहेकाले विद्यार्थीहरुको शैक्षिक स्तरमा टेवा पुर्याउने उद्धेश्यले आफुले सहयोग गरेको बताए । सामाग्री वितरण गर्दै पत्रकार घिमिरेले जन्मदिनमा केक काट्नु भन्दा सहयोग गरेर मनाउँदा खुसी लागेको बताए ।कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षता, शिक्षिका मुना पोख्रेलको स्वागत मन्तव्य तथा प्रधानाध्यापक पदमपाणी चुँदालीको सञ्चालनमा सम्पन्न भएको हो ।
