अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको चौंथो वार्षिक साधारण सभा सम्पन्न,समृद्ध नेपाल निर्माणकोलागी सहकारीको आबश्यकता अपरीहार्य रहेको प्रदेश सांसद घिमिरेको भनाई (तस्बिर सहित)

श्याम घिमिरे
पौष २९ अर्घाखाँची –

पाँच नम्वर प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले समृद्ध नेपाल निर्माणकोलागी सहकारीको आबश्यकता अपरीहार्य रहेको बताउनु भएको छ । घिमिरेले सहकारी अभियान राष्ट्रको समृद्धिको अभियान भएको भन्दै सहकारी मुलुकको आर्थिक समृद्धिको लागी नभईनहुने अंग भएकोकोले यसको बिकासकालागी सबै क्षेत्रको सहयोगको आबश्यकता रहेको बताउनु भयो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड अर्घाखाँचीको चौंथो वार्षिक साधारण सभाको मंगलबार सन्धिखर्कमा उद्घाटन गर्दे घिमिरेले यस्तो बताउनु भएको हो ।

नेकपा नेता समेत रहेका घिमिरेले सहकारी आन्दोलनलाई शसक्त र प्रभाबकारी रुपमा अगाडी बढाउन सहकारी अभियान्ताहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले मुलुकमा राजनितिक क्रान्ति पुराभएकोले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने बेला आएको भन्दै समृद्ध नेपाल र सुखी नेपाली निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । यस्तै घिमिरेले सहकारीको स्थापना संगै चर्को व्याजदरमा ऋण लगानीगर्ने सुतखोतहरु क्रमश बिस्तापितहुदै गरेको दाबि पनि गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिब ठाकुर कुमार बिक किशोरले सुख्ख दुख्खको साथी सहकारी भएकोले यसको चौतर्फी बिकासमा लाग्नुपर्ने भन्दै सहकारी बिना देशको समृद्धि असम्भब भएको बताउनु भयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कानले हुदाखाने बर्गलाई सहकारीले माथी उठाउनुपर्ने बताउनु भयो । उहाँले सहकारी आन्दोलनमा आफु र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्नेमा जोड समेत दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार जिबनारायण खनालले अफ्ठ्यारो परीस्थितिमा सहकारीले सबैलाई साथ दिने हुदाँ जिल्लामा सहकारीको बिकासमा सबै दलहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संस्थाका उपाध्यक्ष तुल्सीराम खनाल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,शिखर ईन्स्योरेन्स कंम्पनी ५ नम्बर प्रदेश प्रमुख किरण काफ्ले ,सहकारीकर्मिहरु कमल प्रसाद घिमिरे,नेता भुसाल,मुक्तिराम भण्डारी,जानका बन्जाडे भगवति बेल्बासे लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता,उपाध्यक्ष पार्बति भुसालको स्वागत मनतब्य र संघका उपाध्यक्ष दोर्ण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा सहकारी क्षेत्रको बिकास निर्माणमा अतुलनिय भुमिका निर्बाह गरेको भन्दै हरीपतारा बचत तथा ऋण सहकारी संस्था वाङ्लाका अध्यक्ष नरहरी श्रेष्ठ , सगरमाथा महिला बिकास बचत तथा ऋण सहकारी संस्था सितगंगाका भगवती बेल्बासे र पत्रकारीताको क्षेत्रबाट जिल्लामा सहकारीका गतिबिधिहरु जनतासामु पु¥याउन उल्लेखनिय भुमिका निर्बाह गरेको भन्दै पत्रकार श्याम घिमिरेलाई दोसल्ला र प्रमाणपत्र प्रदानगरी सम्मान समेत गरीएको थियो ।

जिल्लाका करीब ३० वटा सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको साधारण सभामा संघका अध्यक्ष प्रकाश भुसालले जिल्लामा संघको बर्तमान अबस्था, संघले गरेका मुख्य कार्यहरु,भाबी योजना र संघको निति लगायतका बिषयबस्तुहरुको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले जिल्लामा सहकारी क्षेत्रको बिकासको बारेमा महत्वपुर्ण निर्णयहरु गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।

अर्घाखाँचीका गाउँगाउँमा सिडियो, जिल्लालाई अपराधमुक्त बनाउने प्रतिबद्धता (तस्बिर सहित)

श्याम घिमिरे पौष २९ अर्घाखाँची –अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल जिल्लाका बिभिन्न गाउँटोलहरुमा पुगी जनातहरुसंग प्रत्यक्षरुपमा भेटघाट र अन्तरक्रिया कार्यक्रम गरीरहनु भएको छ । सोही क्रममा जिल्लाको भुमिकास्थान नगरपालीकाको ढाकावाङ्ग पिपलनेटामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि गरीने प्रबद्र्धनात्मक तथा बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे प्रजिअ पौडेलले अर्घाखाँची जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने बताउनु भएको हो ।

Image may contain: 2 people, people standing and outdoor

पौडेलले जिल्लामा अपराधजन्य क्रियाकलाप र शान्ति सुरक्षा खलबलिने प्रकारले कोही कसैले गतिबिधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरीने समेत बताउनु भयो । कार्यक्रममा प्रहरी नायक उपरीक्षक प्रकाश बिष्टले अपराधजन्य कृयाकलापलाइ शून्य स्तरमा लैजान आफुहरु लागीपरीरहेको बताउनुभयो । कार्यक्रममा रामवाँण गुल्मका गुल्मपती सुमन थापा, सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, २ का वडाअध्यक्ष बुद्धि थापा लगायतले मन्तव्य राख्दै अपराधजन्य कृयाकलापलाइ निर्मुल पार्न सबै लाग्नुपर्नेमा जोड दिनु भयो ।

पछिल्लो समय प्रजिअ पौडेलले जिल्लाका बिभिन्न क्षेत्रहरुमा अनुगमन कार्यलाई तिब्रता दिनुभएको छ । यस्तै प्रजिअ पौडेलको नेतृत्वमा जिल्ला स्थीत सुरक्षा समितिको टिमले पनि जिल्लाका बिभिन्न स्थानहरुमा पुगि अनुगमन र अन्तरक्रिया कार्यलाई प्राथमिकताका साथ अगाडी बढाईएको पौडेलले बताउनु भयो । अनुगमनको क्रममा वडा कार्यालय, स्वास्थ्य चौकी, बिभिन्न विद्यालयहरु, प्रहरी चौकी, सरकारी तथा गैर सरकारी कार्यालयहरु र स्थानिय जनताहरुसंग समेत प्रत्यक्षरुपमा अन्तरक्रिया तथा छलफल गरिएको पौडेलले जानकारी दिनुभयो ।

अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको दौरानमा स्थानिय जनताहरुले विद्यालय र स्वास्थ्य चौकीहरुमा प्रयाप्त जनशक्ति नभएको ‘प्रहरी युनिट थप हुन पर्ने, यथार्त भन्दा बढी कायम भएको जग्गाको मालपोत मुल्यांकन घट्नु पर्ने, जग्गा नापजाँचको क्रममा विशेष नापीबाट भएको त्रुटिलाई सच्याइनु पर्ने, बिद्यालयमा दरबन्दी अनुसारका शिक्षकहरुको पदपुर्ती गर्नुपर्ने, स्वास्थ्य चौकि र वडा कार्यालयमा रिक्त रहेका कर्मचारीहरुको पदपुर्ती गरीनुपर्ने,बादर आतंकलाई नियन्त्रण गर्न उचित पहल गरीनुपर्ने लगायतका गुनासाहरु राखेको पौडेलले बताउनु भयो । संघियता कार्यान्वयन संगै सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने मुख्य मान्यतालाई आत्मसाथ गरी टोल र बस्तीहरुमा पुगेको प्रजिअको भनाई रहेको छ । जिल्लाका बिकट बस्तीहरुमा प्रत्यक्षरुपमा सिडियो संग भलाकुसारी गर्न पाउदा अत्यन्तै खुसीलागेको स्थानियको भनाई रहेको छ ।

Image may contain: 4 people, people standing, suit and outdoor
Image may contain: 1 person, standing and crowd
Image may contain: one or more people, people standing, shoes and outdoor
Image may contain: 2 people, people standing, tree and outdoor