अर्घाखाँची जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने प्रजिअ पौडेलको प्रतिबद्धता

माधब खनाल सन्धिखर्क एफएम पुस २८ अर्घाखाँची – अर्घाखाँची जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भएको छ । सोमबार भुमिकास्थानको ढाकावाङ्गको पिपलनेटामा अपराध जन्य कृयाकलाप नियन्त्रणका लागि गरिने प्रबर्द्धनात्मक तथा बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा प्रहरी नायक उपरीक्षक प्रकाश बिस्टले अपराधजन्य कृयाकलापलाइ शून्य स्तरमा लैजानुनै आजको मुख्य उदेश्य रहेको बताउनु भयो । कार्यक्रममा रामवाण गुल्मका गुल्मपती सुमन थापा, सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल, २ का वडाअध्यक्ष बुद्धि थापा लगायतले मन्तव्य राख्दै अपराधजन्य कृयाकलापलाइ निर्मुल पार्नुनै आजको मुख्य उदेश्य रहेको बताउनु भएको हो ।

Image may contain: one or more people, people sitting, child and outdoor

नेपाल कम्युनिष्ट पार्टी नेकपा भुमिकास्थानको चौथो पुर्ण बैठक सम्पन्न

हृदय भुसाल सन्धिखर्क एफएम पुस २८ अर्घाखाँची – नेपाल कम्युनिष्ट पाटी नेकपा भुमिकास्थान नगरकमिटीको चौथो पुर्ण बैठक भुमिकास्थान ८ को पोखेडाँडामा सोमबार सम्पन्न भएको छ । वैठकलाई सम्बोधन गर्दे नेकपा पाँच नम्वर प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीले पार्टी संगठनको कामलाई अझ प्रभाबकारी र थप सुदृढ गराउदै शसतm संगठन निमार्णमा लाग्नु पर्ने वताउनु भयो । नेता क्षेत्रीले पार्टीको बिधान र बिधि अनुसार अनुुसाशनलाई पुर्णरुपमा पालना गर्दे बिकास निमार्ण र बिभिन्न गतिबिधीहरुलाई जनताको माग र आवश्यकताको आधारमा पार्टीलाई अगाडी वढाउनु पर्ने बताउनु भयो ।

बैठकमा नगरप्रमुख तथा नेकपा जिल्ला सदस्य रेशम थापाले बिकास निमार्णको काम तथा आम जनताका सरोकारका बिभिन्न बिषयहरुको वारेमा जानकारी गराउदै नगरको बिकास बिधीवाट अगाडी वढेको बताउनुभयो ।

बैठकमा प्रदेश कमिटी सदस्य तथा प्रदेश क्षेत्र न २ का इन्चार्ज तोज बहादुर रायमाझी ,प्रदेश कमिटी सदस्यहरु छमकुमारी खनाल , कुटमदिन अली, क्षेत्र नं २ का संयोजक तथा जिल्ला कार्यालय सदस्य जिवनारायण कोईराला, जिल्ला कार्यालय सदस्य जाकिर हुसेन,नगर कमिटी इन्चार्ज खगेश्वर पन्थी सहइन्चार्ज ठाकुर बिक सौरागले जिल्ला कमिटी सदस्यहरु प्रेमनारायण गैरे शर्मिला प्रोख्रेल,जनक गैरे,रुद खनाल लगायत जिल्ला तथा प्रदेशका नेताहरुको बैठकमा आथित्यता रहेको थियो ।

बैठकले नगरकमिटीका कामहरुको समिक्षा तथा रिपोटिङ्क, सदस्यता नविकरण, वडा कमिटी तथा टोल कमिटीहरुका वैठक नियमित गर्ने जनबर्गिय संगठनहरुको गठन पुर्नगठन गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरेको कार्यालय सचिव झुपलाल खनालले बताउनु भयो । वैठक कमिटीका अध्यक्ष राजेन्द आचार्यको अध्यक्षता र सचिव मणि पौडेलेको सञ्चालनमा सम्पन्न भएको प्रचार बिभाग प्रमुख हृदय भुसालले वताउनु भयो ।