राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज

पुस २७, २०७६ काठमाडौं : नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।  विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए।

विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित हुनुभएको थियो । १८०१ मा नुवाकोटमा विजयी भए। यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका  थिए।  विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो। अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए। । यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए।   शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए। यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाए।

‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन्। जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो। नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो। पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ। 
source:thahakhabar.com

नेपालको भूमि कब्जा गर्ने रणनीति अनुरुप एमसीसी लागू गर्न लागिएकाे नेताहरुकाे भनाइ

पुस २६ काठमाण्डाै – तिब्बत माथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले बताएका छन् । 

शनिबार काठमाण्डाैमा आयोपरियोजना लागू गर्न लागिएजित ‘नेपालको सन्दर्भमा एमसीसीको औचित्य’ सम्बन्धी अन्तरकृया कार्यक्रममा नेता देव गुरुङले चीनलाई कब्जा गर्ने अमेरिकाको रणनीति अनुरुप नेपालमा एमसीसी को बताउनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठकमा यो विषयले प्रवेश पाएपछि चर्चामा आएको र त्यस पछि नेपालमा रहेकाे अमेरिकी दूतावासले समेत इन्डो प्यासिफिक रणनीति अनुरुपकै परियोजना भएको बताइसकेकाले अहिले फरक अवस्था आएको बताउनुभयो ।

उहाँले फरक परिस्थिति आइसकेकाले पार्टीले विचार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा एमसीसी अन्तर्गत हुने सम्झौता असमान रहेको मात्र नभइ नेपालको भूमिमाथि कब्जा गर्ने रणनीति अनुरुप लागू गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा नेता लिलामणि पोखरेलले सामान्य लगानी गर्ने प्रकृया र एमसीसीको प्रकृया भिन्न रहेको बताउनुभयो । उहाँले सम्झौता सर्त नै सर्तको भारी भएको समेत बताउनुभयो । सम्झौतामा राखिएका प्रावधानहरुले नेपालको संविधानलाई नै तल पारेकोले राष्ट्रिय स्वाधिनता माथि एमसीसीले घात गर्ने उहाँले बताउनुभयो ।

उहाँले एमसीसीमा भएका कतिपय कुराहरु आखामा नदेखिने तर पछाडिबाट भइराखेको बताउनुभयो । त्यसैले संसदबाट एमसीसी समबन्धमा अनुमोदन नहुँदै कार्यान्वयनमा आइसकेकोले यसको बजेट व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत भएको पुष्टि अमेरिकी निकायहरुले नै गरिसकेकोले यसको कार्यान्वयनमा जान नहुने बताउनुभयो ।

पछिल्लो समय नेपालमा रहेकाे अमेरिकी राजदूतावासका प्रवक्ताले नै यस क्षेत्रमा जे हुन्छ त्यो अमेरिकाको सैन्य रणनीति (इन्डो प्यासिफिक) अन्तर्गत नै हुन्छ र एमसीसी पनि त्यसै अन्तर्गत भएको स्पस्ट पारिसकेको नेताहरुले बताउनुभयो ।

त्यस्तै अ‍ेमरिकी रक्षा सहायक मन्त्री र विदेश सहायक मन्त्रीले पनि यस विषयमा स्पस्ट पारिसकेकाले एमसीसी इन्डोप्यासिफिक रणनीति अनुरुप नै भएको प्रमाणीत भइसकेकोले नेपालले कार्यान्वयन गर्न नहुने उहाँहरुले बताउनुभयो । source:ujyaaloonline

अखिल छैठौं अर्घाखाँचीले सांगठनिक अभियान तीब्रता दिदै

सन्धिखर्क एफएम पौष २६ अर्घाखाँची- आसन्न चैतको पहिलो हप्ता संघियता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने योजना बनाएको अखिल छैठौंले देश ब्यापी तयारी थालेको छ । काठमाडौं केन्द्रित आन्दोलनलाई सफल पार्न अर्घाखाँचीमा पनि तयारी थालिएको अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन नेपालीले जानकारी दिनुभएको छ । जस अन्तरगत अखिल छैठौंले सनिबार भुमिकास्थान नगरपालिकाको दोस्रो नगर भेला सम्पन्न गरेको छ ।

नगर अध्यक्ष आकाश भाटको अध्यक्षता,प्रकाश चुंदालीको स्वागत मन्तव्य र शुस्मा भुसालको संचालनमा सम्पन्न कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा र जिल्ला अध्यक्ष पुरन नेपालीले प्रशिक्षण मन्तव्य राख्दै राष्ट्रियताको पक्षमा र सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ । भेलाले प्रकाश चुंदालीको अध्यक्षतामा १५ सदस्यिय अखिल छैठौं भुमिकास्थान नगर समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा विश्व घ.म.,सचिव सुस्मा भुसाल,सह–सचिव अशोक अधिकारी र कोषाध्यक्षमा असल सुनार सर्वसहमत निर्बाचित हुनुभएको छ ।

भैरव बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न (तस्बिर सहित)

विनाेद गैरे, २०७६ पाैष २६, अर्घाखाँची – भैरव बचत तथा ऋण सहकारी संस्था लि। भूमिकास्थान नगरपालिका नुवाकोट अर्घाखाँचीको चोधौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन भूमिकास्थानको नुवाकोटमा सम्पन्न भएको छ ।

चोधौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनको व्यानर वाचन गरेर उद्धाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा भूमिकास्थान नगरपालिकाका नगर उप–प्रमुख खडानन्द बेल्वासेले ग्रामिण क्षेत्रको दिगो विकाशको मेरुदण्डको रुपमा रहेका सहकारीहरुको बृद्धि विकास र स्तरउन्नतीको लागि भूमिकास्थान नगरपालिका सदा सकारात्मक भएको उल्लेख गर्दै सहकारीहरुले दैनिक तथा मासिक बचत संग-संगै आर्थिक उर्पाजनमा टेवा पुग्ने खालका कार्यक्रमहरु अगाडी बढाउनु पर्नेमा जोड दिदै सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई सहकारी माध्ययमवाट उत्पादनमुखी व्यबसायमा लाग्न आग्रह गर्नु भएको थियो । उँहाले नगरपालिकाले उत्पादनमा आधारित अनुदानको ब्यबस्था सुरु गर्न नगरले गुरु योजना वनाई राखेको पनि जानाकारी दिनुभएको थियो ।

Image may contain: 6 people, outdoor

कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राज कुमार श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष पार्वता भुसाल, भूमिकास्थान नगरपालिका वडा नं. ८ का वडा सदस्य कल्पना भुसाल, वडा नं. ७ का वडा सदस्य हुम बहादुर सिंह ठकुरी, नेपाल पत्रकार महासंघका अर्घाखाँची शाखाका कोषाध्यक्ष विनोद गैरे, नुवाकोट गर्भे खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिलामणि उपाध्याय, नेपाल रेडक्रस शाेसाइटी नुवाकोट उप–शाखाका प्रतिनिधि डिल्लीराज शर्मा गैरे, देउराली कृषि तथा सहकारी संस्थाका चन्द्रमणि गैरे, सेन्चुरी कमर्सियल बैंक भूमिकास्थान नगरपालिका शाखाका प्रमुख सुरज कडेल लगायतको उपस्थिती रहेको थियो ।

Image may contain: 2 people, outdoor

कार्यक्रममा ७५ वर्ष माथीका शेयर सदस्यहरु गुरु प्रसाद खनाल, उमाराम आचार्य, कुल प्रसाद श्रेष्ठ र हिम बहादुर के.सी,त्यस्तै शैक्षिक सत्र २०७५/०७६ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी मध्येवाट उत्कृष्ट नतिजा ल्याउने सुष्मा श्रेष्ठ र मुनाल श्रेष्ठ र असल ऋणि तर्फ कमला वि.क. र जीवन मर्साही मगरलाई फुलमाला, अविर, दोसल्ला र प्रमाण-पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७५/०७६ को रु. १ करोड २८ लाख ९ हजार ५ सय ५६ रुपैयाकको आर्थिक आय व्यय संस्थाका कोषाध्यक्ष चन्द्र प्रसाद श्रेष्ठले र संस्थाको आगामी आर्थिक वर्ष २०७६/०७७ को रु. १ करोड ५३ लाख ७ सय ३४ रुपैयाको वार्षिक कार्ययोजना संस्थाका प्रवन्धक पुष्प श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

Image may contain: 1 person, crowd, sky, cloud and outdoor

कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, संस्थाका ऋण समिति संयोजक बलराम पौडेलको स्वागत मन्तव्य साथै संस्थाका संचालक समितिका सचिव केशव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Image may contain: one or more people, people standing, mountain, sky, outdoor and nature
Image may contain: 4 people, sky, cloud, shoes, outdoor and nature
Image may contain: 7 people, including Raj Kumar Shrestha, outdoor

ज्योतिष सञ्चार प्रालिको दोस्रो वार्षिक उत्सव काठमाडौंमा सम्पन्न


शिवलाल पौडेल २६ पुष  काठमाडौं – ज्योतिष सञ्चार प्रालिको दोस्रो वार्षिकोत्सब कार्यक्रम काठमाडौको जोरपाटीमा एक भव्य समारोहका बिच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै हिन्दुजागरण नेपालका केन्द्रीय अध्यक्ष अध्यात्मशिरोमणि पण्डित रामकृष्ण उपाध्यायले आफू ज्योतिष शास्त्रको ज्ञाता नभएपनी तर समयसमयमा ज्योतिषिहरुको लापरबाहीले आज सम्पुर्ण हिन्दु संस्कृती धरापमा परेको बताए ।

उनले कथाव्यासहरुको सम्मेलन सम्पन्न गरिसकेको र अब छिट्टै कर्मकाण्ड सम्मेलन गर्ने घोषणा गर्दै सम्पुर्ण हिन्दुधर्मावलम्बि ज्योतिषी,पण्डित र कथाव्यासहरुलाई आफ्नो आचरणमा रहन आग्रह गरे ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय कोषाध्यक्ष ज्योतिषी भुपेन्द्रराज घिमिरेले हाम्रो संस्कार संस्कृतिको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्दै ज्योतिषिय क्षेत्रमा विकृती ल्याउनेलाई नेपाल सरकारले कार्वाही नगरे नेपाल ज्योतिष परिषद्ले नै कार्वाही गर्ने चेतावनी दिए । ।

कार्यक्रममा संस्थाको उद्देश्य र कार्यप्रगती विवरणबारे संस्थाका संचालक ज्योतिषी पण्डित प्रमोद भट्टराईले प्रकाश पार्नुभयो भने हिन्दु जागरण नेपालका केन्द्रीय सदस्य मुकुन्द नेपाल,नेपाल पुरोहित संघका प्रतिनिधिहरु पण्डित कैलाश दाहाल,देवि लम्साल,टीका सुवेदी लगाएतले शुभकामना मन्तव्य दिए ।

कार्यक्रम संस्थाका सल्लाहकार ज्योतिषी हरिप्रसाद पौडेलको अध्यक्षता, संचालक ज्योतिषी प्रमोद भट्टराईको स्वागत मन्तव्य एवम् शिवलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

source:hindukhabar.com