
श्याम घिमिरे पौष २३ अर्घाखाँची – जनपत्रकार संगठन नेपालका केन्दीय अध्यक्ष प्रकाश डुम्रेले देशमा अहिलेपनी बिभिन्न बाहानामा पत्रकारहरुलाई झुटा मुद्धा लगाउने कुटपिटगर्ने अपहरण गर्ने जस्ता गैर न्यायिक कृयाकलाप भएको भन्दै सरकारलाई त्यस प्रकारको गतिबिधि रोक्न आग्रह गरेका छन । जनपत्रकार संगठन नेपाल अर्घाखाँचीको आयोजनामा मंगलबार सदरमुकाम सन्धिखर्कमा आयोजित मानवअधिकार प्रेस तथा अभिव्यक्त स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम तथा जनपत्रकार संगठन नेपाल अर्घाखाँचीद्धारा प्रकाशित मुखपत्र जनआबाज अंक दुईको सनिबार सन्धिखर्कमा बिमोचन गर्दे अध्यक्ष डुम्रेले उक्त कुरा बताएका हुन ।
डुम्रेले पत्रकारले निर्धक्क भएर समाचार लेख्ने अबस्था छ कि छैन भन्ने प्रति प्रश्न गर्दे आफुहरुले जनताको मुद्दा उठाउदा अशान्ति भयो भनेर जेल नेल र यातना भोग्नुपरेको बताउदै यस प्रकारको अबस्थाको अन्त्य हुनुपर्ने बताए । उनले पत्रकारहरुलाई समाजमा न्यायपुर्ण रुपमा सकारात्मक सन्देश जाने भुमिका खेल्न अपिल समेत गरे । यस्तै आसन्न पत्रकार महासंघको चुनावप्रति लक्षित गर्दे डुम्रेले महासंघ सबैको साझा हुनुपर्ने बताए । पत्रकारले जनताका मुद्दा उठाउनुपर्ने भन्दै सबै पत्रकारहरुको हितको निम्ति संगठन सधै संगै रहने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले पछिल्लो समय राज्यले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पारेको जिकिर गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबाउन राज्य उद्त भएको दाबी गरे ।

जनपत्रकार संगठन नेपालका केन्द्रिय महासचिव हिम बिष्टले संगठनले देसव्यापी रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा बहस उठाईरहेको भन्दै मिडियाहरुले उठाउनुपर्ने बिषय लुकाउने गरेकोप्रती आपत्ति जनाए । उनले जनपत्रकार संगठन नेपाल पत्रकार महासघसगै हातेमालो गर्दै अगाडी बढेको बताए ।

कार्यक्रममा मनतब्य राख्दै नेपाली काँग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारीले पत्रकारहरुले स्वतन्त्रतापुर्वक सुचना प्रबाह गर्न पाउने हक समेत राज्यले कुन्ठित गर्न लागेको बताईन, उनले पार्टीले प्रतिपक्षको भुमिका पुर्ण निभाउन नसकेको स्विकार गर्दै पार्टी मानवअधिकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताईन ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार जिवनारायण खनालले मानवअधिकार निकै दयनीय अबस्थामा छ, राज्यबाट मुठ्ठीभरका मान्छेहरुले सुविधा लिने गरेको र धेरै जनताले दमन खप्नुपरेको बताए ।

यस्तै अर्घाखाँची बार यसोशियसनका निवर्तमान अध्यक्ष अधिवक्ता केवि भुसालले नेपालका राजनीतिक पार्टीहरु सत्तापक्ष र प्रतिपक्ष दुबैले आफ्नो राजनीति स्वार्थको लागि जे पनि सम्झौता गर्न तयार रहेको बताए । उनले अमेरिकी एमसिसिले नेपाललाई ईरानिकरण गर्न खोजेको आरोप समेत लगाए ।

नेपाल पत्रकार महासघ प्रदेश सदस्य शोभाखर पन्थीले राज्य पछिल्लो समय पत्रकारहरुबाट आवश्यकता भन्दा बढी डराएको भन्दै पत्रकारबाट आतंकित नहुन आग्रह गरे । पछिल्लो राजनीति संकट र समस्यालाई वार्ताका माध्यमबाट निकास निकाल्नुपर्ने बताए ।

नेपाल पत्रकार महासघ अर्घाखाँचीका अध्यक्ष हिम जिसि लेकालिले पत्रकारहरुले कुनै पार्टीमा विचार वा आस्था राखेपनी समाचारमा स्वतन्त्रता राख्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका सम्बन्धमा हरेक आन्दोलनहरुमा अगुवाई गरेको बताउदै उनले पत्रकारका समस्याहरुमा एकाकार भएर अगाडी बढ्ने बताए । विद्रोहिहरुलाई राज्यले दमन गरेर समस्याको समाधान ननिस्कने भन्दै उनले वार्ताको माध्यमबाट सबैलाई राज्यले अभिभावकको भुमिका निभाउनुपर्ने लेकालिले बताए ।


कार्यक्रममा जनपत्रकार संगठन अर्घाखाँचीको बार्षिक मुखपत्र जनआवाज बिमोचन समेत गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानवअधिकारबादी, नागरिक समाजका अगुवा, पत्रकार संघसंगठनका प्रतिनिधि तथा मिडियाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम जनपत्रकार संगठनका जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षता र सदस्य अयान विकको संचालनमा सम्पन्न भएको हो ।




