श्याम घिमिरे
पौष २१ अर्घाखाँची-
अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिले पुर्णता पाएको छ । युवा संघले ६१ सदस्यीय जिल्ला कमिटि र पालिका स्तरीय इन्चार्ज, सह इन्चार्ज, संयोजक र सह संयोजकको जिम्मेवारी दिएसंगै जिल्ला कमिटिले पूर्णता पाएको हो । यो संगै अब पालीका स्तरीय कमिटि बिस्तारको बाटो पनि खुलेको छ ।
नेकपाको पार्टी कार्यालय मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सोमवार पत्रकार सम्मेलन गरी पदीय जिम्मेवारी बाँडफाड गरिएको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष गोबिन्द प्रसाद आचार्यले पत्रकार नब गठित समितिको जिम्मेवारीको बारेमा जानकारी गराउदै अब सांगठनीक गतिबिधीले तिब्रता पाउने बताउनुभयो ।





source:bulandanews.com