माघे संक्रान्तिमा दुईदिन विदा दिने प्रदेश ५ सरकारको निर्णय

पुस २१, २०७६ बुटवलः प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले दुईदिन बिदा दिने निर्णय गरेको हो।  सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइनुका साथै २ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिए। गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा दुईदिन बिदा दिएको थियो। 

यस्तै मन्त्रिपरिषद बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म तीनदिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताए। बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ।

बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो। बैठकले रुपन्देहीका ईन्द्रप्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाइएको छ। बैठकले प्रदेश पदक नियमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ। 
source:thahakhabar.com

नेपालमा संघियता असफल भैसक्यो –राजमो केन्द्रीय सदस्य खड्का


माधब खनाल
पौष २१ प्युठान –
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्काले नेपामा बिदेशिको मन बुझाउनको लागि जबरजस्ती लादिएको संघियता असफल भैसकेको बताएका छन । मल्लरानी गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई आईतबार सम्बोधन गर्दै खड्काले यस्तो बताएका हुन । खड्काले बर्तमान सरकार देशको सिमा मिचिदा समेत कानमा तेल हालेर बसेका आरोप लगाए । कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा प्रदेश नं ५ का अध्यक्ष बोम बहादुर खत्रीले बर्तमान सरकारलाई कम्युनिष्ट को सरकार भनेर भन्न पनि लाज लाग्ने दिन आइसकेको बताए ।

भेलामा मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज राना , उपाध्यक्ष सरिता जिसि, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल, जातिय समता समाजका केन्द्रिय सदस्य रुमान नेपाली, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य खगा राना , अखिल (छैठौं )का रमेश बिक लगायतले शुभकामना मनतब्य राखेका थिए ।

भेलाले सुर्य बहादुर नेपालीको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँकमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा डोर प्रसाद पोख्रेल , सचीव जीवन केसी र कोषाध्यक्षमा पबित्रा पोख्रेल चयन भएका छन । यस्तै समितिको सदस्यमा क्रमशः कमल पौडेल, रुमान केसी , रुमान नेपाली, भुमा जिएम , गणेश जिसि, सत्यमोहन राना, आत्मराम केसी, भक्त बहादुर भट्ट, वसन्त केसी , गिरिराज पौडेल , बोदिप्रसाद पोख्रेल, शोब बहादुर नेपाली, ओबबहादुर पुन , तेजबहादुर श्रेष्ठ, बोमबहादुर पुन , सरस्वती थापा , दामोदर शर्मा , भरत श्रेष्ठ , उजेली बिक, नारायण पाण्डे , चेतबहादुर पुन र सीता पुन रहेका छ्न । समितिको एक स्थान रिक्त राखिएको छ । कार्यक्रम सुर्य बहादुर नेपालीको अध्यक्षता जीवन केसीको स्वागत मनतब्य र कमल पौडेलको संचालनमा सम्पन्न भएको हो ।