गंगा जवुना महिला कृषि सहकारी संस्था लिमिटेड ढिकुराको चौथो बार्षीक साधारण सभा सम्पन्न

विन्दु घिमिरे सन्धिखर्क एफएम पुष २०
अर्घाखाँची – गंगा जवुना महिला कृषि सहकारी संस्था लिमिटेड भुमिकास्थान नगरपालीका ९ ढिकुराको चौथो बार्षीक साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रेमकला खत्रीको अध्यक्षता, गायत्रा थापाको स्वागत मन्तव्य र सचिब भगवता चुँदालीको सन्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापा, वडा अध्यक्ष नारायणप्रसाद खनाल, वडा सदस्य देबिप्रसाद पोख्रेल, संगीता परीयार, जनचेतना सरोकार मञ्चका मीनबहादुर थापा, सामाजीक परीचालीका आकृती भट्टराई, ढिकुरा बचत ऋ्ण सहकारी संस्थाका मतीराज भट्टराई, महाभारत कृषक सहकारी संस्थाकी उपाध्यक्ष मुना पोख्रेल, साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष नमकला चुदाली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

गँगा जवुना महिला कृषि सहकारी संस्था लिमिटेड ढिकुराको चौथो बार्षीक साधारण सभा सम्पन्न

कार्यक्रममा सहकारीका जेष्ठ सदस्य लिला कुमारी शाहलाई सम्मान समेत गरीउको हो । कार्यक्रममा सहकारीका अध्यक्ष रेमकला खत्रीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष सीता थापाले आर्थिक प्रतीबेदन प्रस्तुत गरेका थिए ।

अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारिलाई कर्मचारी मिलन केन्द्रद्धारा विदाई

हिम लेकाली पुष २०
अर्घाखाँची । 
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा अर्घाखाँची अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारिलाई बिदाई गरिएको छ । सोही कार्यक्रममा रामबाण गणका क्याप्टेन फत्ते बहादुर क्याछाकी मगर, अर्घाखाँची अस्पतालका मेडिकल अधिकृत डा. कपिल गौतम र डा.जगदीश शर्मा लाई स्वागत गरिएको छ ।

डा.तिवारि लाई मायाको चिनो खादा, माला र सम्मान पत्र सहित बिदा गरिएको थियो । नव आगन्तुक राष्ट्र सेवकहरूलाई खादा र टीका प्रदान गरिएको थियो ।

बिदाई तथा स्वागत कार्यक्रममा मन्तव्य राख्दै कर्मचारी मिलन केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेलले डा. तिवारीले ६ बर्ष सम्म अर्घाखाँचीको स्वास्थ्य क्षेत्रमा रहि पुर्‍याउनु भएको स्वास्थ्य सेवाको उच्च प्रशंसा गर्दै सुन्दर भविष्यको कामना व्यक्त गरे । उनले नव आगन्तुक हरूलाई सफल कार्यकालको सुभेच्छा समेत प्रकट गरे । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले शुभकामना मन्तव्य राखेका थिए ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा विशेष नापी कार्यालय प्रमुख खिम बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरेको स्वागत र कर्मचारी मिलन केन्द्रका सहसचिव शिला पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।