जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन, कानूनको सबैले पालना गर्नुपर्छ – महान्यायाधिवक्ता खरेल

श्याम घिमिरे
पौष २० अर्घाखाँची –

महान्यायाधिवक्ता अग्नी प्रसाद खरेलले कानून भन्दा माथी कोहि नहुने भएकाले कानूनको सबैले पालना गर्न बताउनु भएको छ । सन्धिखर्कमा निर्माण भएको जिल्ला सरकारी वकिल कार्यालय भवनको शुक्रबार उद्घाटनगर्दे खरेलले यस्तो बताउनु भएको हो । अनुसन्धानलाइ प्रभावित पार्ने काम कसैले पनि गर्न नहुने बताउदै महान्यायाधिवक्ता खरेलले अपराधी उम्कने र निर्दोष फस्ने वातावरण कसैले बनाउन नहुनेमा जोड दिनुभयो । खरेल संघिय संरचनासंगै स्थानीय तहलाइ बलियो बनाउन सकेमा दलोकतन्त्र पनि बलियो हुने बताउनु भयो ।

Image may contain: one or more people and people standing

कार्यक्रममा मनतब्य राख्दै नायव महान्यायाधिबक्ता पदम प्रसाद पाण्डेले स्थानीय सरकार र सरकारी कार्यालयले सरकारी वकिलसंग समन्वय र सहकार्य गरेर अगाडी बढेमा मुद्धाको संख्यामा कमी आउने बताउनु भयो । पाण्डेले विभिन्न जिल्लाका १५ वटा भवनहरु उद्घाटन भैसकेको र ११ वटा सरकारी वकिल कार्यालयका भवन निर्माणाधीन अबस्थामा रहेको बताउनु भयो । भवन निर्माणको जिल्ला सह न्यायाधिवक्ता हरी प्रसाद घिमिरेले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

Image may contain: 1 person, standing

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेस सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमरा विक, जिल्ला न्यायाधीस बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, अर्घाखाँची वार एशोसिएसनका का.बा अध्यक्ष विजय खत्री लगायतले मन्तब्य राख्नु भएका थियो ।

Image may contain: 4 people, people sitting and people standing

सुबिधा सम्पन्न भवन महादेव खिम्ती श्रेष्ठ कन्ट्रक्सन जेभी तम्घास गुल्मीले २ करोड ३२ लाख ५० हजार ५ सय १४ रुपैयाको लागतमा निर्माण गरेको जिल्ला सह न्यायाधिवक्ता हरि प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Image may contain: 15 people, including Prakash Bista and Hari Ghimire, people smiling, people standing
Image may contain: 4 people, including Bijayaraj Poudel, Hari Ghimire and Vijaya KC

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.