राजमो जिल्ला अध्यक्ष केसीलाई मातृ शोक ,राजमो द्धारा अन्तीम श्रद्धाञ्जली

Image may contain: 11 people, outdoor


श्याम घिमिरे
पौष १६ अर्घाखाँची –
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसीलाई मातृ शोक परेको छ । सन्धिखर्क नगरपालीका वडानम्वर ६ खाँचीकोट भालुखोला निवासी राजमो अध्यक्ष केसीकी ममतामयी माता तथा राजमो क्रियाशिल सदस्य कुन्तादेबि केसीको ७९ बर्षको उमेरमा आफ्नै निबासमा मंगलबार राति निधन भएको हो । यसैबिच मृतक केसीको पार्थविक शरिरमा राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य तथा जिल्ला सचिब बाबुराम पन्थी सुनारले बुधबार पार्टीको भण्डा ओढाई अन्तीम श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

Image may contain: 14 people, including Mehar Singh KC and Gobinda BC, outdoor

सन्धिखर्कको गच्छेघाटमा आयोजीत श्रद्धाञ्जली सभामा मनतब्य राख्दै सचिब सुनारले समाज रुपान्तरमा सक्रिय भुमिका निर्बाहगर्नुभएकी केसीको निधनले सिंगो पार्टीलाई अतुलनिय क्षती पुगेको भन्दै केसीले देखाएको बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

Image may contain: 16 people, including Mehar Singh KC and Thamman Kc, outdoor

कार्यक्रममा मनतब्य राख्दै ५ नम्वर प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले केसीले नेपालको बामपन्थी आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको भन्दै उहाँका अधुरा सपनाहरु पुरागर्न सबै एकजुटभै लाग्नुपर्नेमा जोड दिनुभयो ।

Image may contain: 12 people, including Jivan Bhattarai, outdoor

राजमो उपाध्यक्ष गोपाल पौडेलको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला सचिब एवं सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिक, नेकपा मसालका प्रबक्ता पशुपति ढकाल, साझा पार्टीका नेता हरीप्रसाद भुसाल,लगायत राजमो नेता तथा कार्यकर्ताहरुले अन्तीम श्रद्धाञ्जली अर्पण गनुभएको हो । केसीका दुई छोरा र एक छोरी रहेका छन ।

Image may contain: 11 people, outdoor