मंसिर २०, २०७६ दाङ : मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघका प्रदेश-५ का सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ। महासंघले शुक्रबार रिजाललाई नगद सहयोग गरेको हो। उपचार सहयोगार्थ पत्रकार महासंघ दाङले एक लाख २५ हजार ६५ रुपैयाँ हस्तान्तरण गरिएको हो।
पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पूर्वअध्यक्ष केवी मसाल, सचिव भुपेन्द्र वली, कोषाध्यक्ष आरके शीतलको उपपस्थितिमा सहयोग हस्तारन्तरण गरिएको हो। रिजालको उपचारका लागि पत्रकार महासंघ दाङले सहयोग संकलन अभियान थालेको थियो।
जसमा पत्रकार महासंघको केन्द्रीय पार्षद्, प्रदेश पार्षद्, कार्यसमिति, साधारण सदस्य, सञ्चनर माध्यम, विभिन्न संघसंस्थाले सहयोग गरेका थिए। पत्रकार महासंघले सहयोग अभियानमा जोडिनु भएका जिल्लाका सम्पूर्ण पत्रकार तथा शुभचिन्तकमा कृतज्ञता व्यक्त गरेको अध्यक्ष सवीन प्रियाशनले बताए। साथै रिजाललाई थप सहयोगको लागि समेत आग्रह गरेका छन्।
source:thahakhabar.com