सुरक्षित यात्राको शुभकामना सहित फूलमाला र अबिरले सम्मान (तस्बिर सहित)

Image may contain: 7 people, including Kamal Prasad Bhusal, people smiling, people standing


श्याम घिमिरे
असोज १२ अर्घाखाँची –

ट्राफिक प्रहरीले सुरक्षित यात्राको शुभकामना सहित चालक सम्मान कार्यक्रम सुरु गरेको छ । ट्राफिक प्रहरीले आइतबार सन्धिखर्कको शान्तिबगैचामा दशैका यात्रु बोकेर गएका बिभिन्न सबारी साधनका चालक,सहचालक र यात्रुहरुलाई सुरक्षित यात्राको शुभकामना सहित फूलको माला र अबिर लगाएर सम्मान गरेको हो । चालकहरुलाई सुरक्षित यात्राको शुभकामना सहित सम्मान गर्दै प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामना सहित सम्मान कार्यक्रम गरिएको बताउनु भयो ।

Image may contain: 4 people, including Thakur Kumar BK

कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल भुसाल, उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल,प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट, जिल्ला ट्राफीक कार्यालयका प्रमुख राजिप श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Image may contain: 4 people, including Yubraj Banjade and Kamal Prasad Bhusal, people standing and outdoor
Image may contain: 6 people, including Thakur Kumar BK, Ram Bdr Basnet and Krishna Bhusal, crowd
Image may contain: 5 people, including Yubraj Banjade, Vinay Chaturvedi and Prakash Bista, people standing
Image may contain: 5 people, including Yubraj Banjade and Bijayaraj Poudel
Image may contain: 10 people, including Yogendra Bahadur Khadka, Thakur Kumar BK, Prakash Bista, Keshav Raj Belbase and Santosh Gaire, people smiling, people standing and outdoor

मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै

श्याम घिमिरे
असोज १२ अर्घाखाँची –

माया गर्नेहरु एक अर्कालाई मुटु पनि दिन तयार हुन्छन् । तर आफ्नै मुटुलाई भने धेरैले माया गर्न जानेका हुँदैनन् । डाक्टरहरुको भनाइ अनुसार धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा मुटु रोग लाग्ने सम्भावना धेरै हुन्छ । ‘अस्वस्थ्यकर खानपान र जीवनशैलीका कारण हिजो आज सबै उमेरका मानिसलाई मुटु रोग लाग्ने गरेको छ, त्यसैले आफ्नो मुटुलाई माया गर्ने हो भने यो कुरामा ध्यान दिनुपर्ने नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य एवं मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेको भनाई रहेको छ ।

Image may contain: Krishna Bhusal, standing and outdoor
Image may contain: Suman Banjade, standing and outdoor
Image may contain: 5 people, including Susma Shrestha, people smiling, crowd and outdoor

हाम्रो मुटु प्रण ः स्वस्थ्य मुटु भन्ने मुल नारा सहित विश्व मुटु दिबस १०१९ को अबसरमा सदरमुकाम सन्धिखर्कमा आयोजित प्रभातफेरी तथा प्रवचन कार्यक्रमलाई आईतबार सम्बोधन गर्दे बन्जाडेले यस्तो बताउनु भएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान अर्घाखाँची शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै डा.बन्जाडेले पछिल्लो समय अधिक मात्रमा तयारी खानेकुरा खाने, चिल्लो र बोसोयुक्त खानेकुराकासाथै रक्सी, चुरोट खाने, अनाबस्यक तनाव गर्ने तर व्यायाम नगर्ने कारणले मुटुका रोगीहरु बढेको उहाँको भनाइ छ । चिल्लो तथा बोसो भएका खानेकुराहरु कम खाने, धुम्रपान मध्यपान जस्ता हानीकारक पदार्थहरु सेबन नगर्र्नेे, नुन कम खाने र दैनिक रुपमा शारीरीक ब्यायम गरेमा मुटु रोग लाग्नबाट केही हदसम्म बच्न सकिने बन्जाडेको भनाइ छ ।

unn.prixa.net

प्रतिष्ठानका सचिब कृष्ण भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरपालीकाका प्रमुख कमल प्रसाद भुसालले पछील्लो समय देशमा मुटुरोगीहरुको संङ्ख्या बढेको भन्दै यसबाट बच्नको लागी दैनिकरुपमा शारीरीक ब्यायम गर्नुको साथै खानपानमा बिशेष ध्यानदिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालीका उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल,प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट,डा.किसन कुश्वा,जनप्रतिनिधि,सञ्चारकर्मी, संस्थाका आजिवन सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।

Image may contain: Kamal Prasad Bhusal, standing
Image may contain: 8 people, including Lila Gautam, Bishnu Bhusal, BasantaMani Poudel, Susma Shrestha and Prakash Bista, people smiling, crowd, tree and outdoor

आजदेखि बडादशैँ सुरु

unn.prixa.net

 असोज १२, २०७६ आइतबार – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ ।

बडादशैँको पहिलो दिन आइतबार घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको अध्यक्ष गौतम बताउनुहुन्छ ।

यद्यपी, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य रोप्ने पनि चलन छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रूपमा लिइ पूजा गर्ने चलन रही आएको छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । 

‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम धर्म विशेषको भनी शास्त्रीय रूपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रूपमा मनाइन्छ’, अध्यक्ष गौतम भन्नुहुन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ । 

टीका साइत 

असोज २१ गते मङ्गलबार विजयादशमीका दिन बिहान ८ : ४५ बजे देवी विसर्जन गरेपछि १० : ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

धेरैजसो शैक्षिक संस्थाले घटस्थापनाका दिनदेखि दशैँका अवसरमा बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने सार्वजनिक बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।

source:ujyaaloonline

स्वास्थ्य र शिक्षा क्षेत्रलाई सुधार्ने जिम्मा सरकारले लिनुपर्छ : मन्त्री खनाल

असोज ११, २०७६ अर्घाखाँची : कृषि तथा पशु पंक्षीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले निजीकरण तथा व्यापारीकरण भइरहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले पहुँच पुर्‍याउन नसकेको बताएका छन्। मन्त्री खनालले निजी क्षेत्रमा खोलिएका अस्पताल, विद्यालय जति सरसफाइ र व्यवस्थित छ, उता सरकारी विद्यालय र सरकारी अस्पताल देख्ने लायक नभएको पनि बताए। विश्व मुटु रोग दिवसको अवसरमा लायन्स लियो क्लब अफ काठमाडौं लर्ड बुद्धद्वारा सन्धिखर्क नगरपालिका ५ बलेबाङमा शनिबार आयोजित २ दिने बृहत स्वास्थ्य शिविरका उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन्।

मन्त्री खनालले अहिले निजी अस्पताल र बोडिङहरूमा मनपरी रूपमा शुल्क लिने गर्दासमेत सरकार मुखदर्शक बनिरहेको भन्दै राज्यले योजना बनाउन कन्जुस्याइँ नगरे स्वास्थ्य तथा सरकारी विद्यालयको नाजुकस्थिति सुध्रिने बताए। मन्त्री खनालले सरकारी विद्यालय निजी विद्यालय सरह पठ्नपाठ्नमा जोड दिनु पर्ने औँलाउँदै महिनाको ३०/३२ हजार तलब खाने सरकारी शिक्षक विद्यालयमा फेसबुक चलाएर बस्छ, तर मासिक ८/१० हजार तलब खाने निजी विद्यालयका शिक्षक कक्षामा पढाउन गएन भने भोलि स्कुलबाटै निकालिन्छ भन्दै यस्तो अवस्था सुधार्न राज्यले नसकेको टिप्पणी गरे।  उनले सरकारी विद्यालयमा पठ्नपाठ्न सुधार्नु पर्ने बताए। यस्तै निजी अस्पताल सेवामुखीभन्दा पनि व्यापारमुखी भएको भन्दै मन्त्री खनालले कतिपय निजी अस्पालमा अहिले औषधिको गुणस्तर नभएको, मनपरी शुल्क लिएर सेवाग्राहीलाई दु:ख दिएको प्रति सरकारले नियन्त्रण गर्न नसकेको बताए।

उनले बिषादी हालेर उत्पादन गरेको तरकारी तथा खाद्यान्नले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको, क्यान्सरजस्ता भयानक रोगबाट नागरिक पीडित बन्दै गएकाले सरकारले विषादी प्रयोग गर्न रोक लगाएका बताए। विषादी प्रयोग गरिएको खानाले क्यान्सर रोग निम्तिने र भोलि जन्मिने शिशु अपांग हुने बताउँदै मन्त्री खनालले आफूले धेरै विषादी हटाएको र जीवनासक ऐन सदनबाट पारित भएको पनि उल्लेख गरे। सरकारले स्वीकृति नगरिएका विषादी भारतबाट भित्र्याउने, अनाधिकृत रूपमा बेच्ने, आम जनतालाई रोगी बनाउनेजस्ता विषादी बिक्रीवितरण गरेको पाइएमा कार्वाही हुने मन्त्री खनालको भनाइ छ।
source:thahakhabar.com

लगातारको बर्षा संगै ओरो (सिउँ) ओढेर आफ्नो दैनिक क्रियाकलाप चलाउदै अर्घाखाँचीका एक कृषक

२०७६ असोज ११ अर्घाखाँची-

लगातारको बर्षा संगै ओरो (सिउँ) ओढेर आफ्नो दैनिक क्रियाकलाप चलाउदै अर्घाखाँचीका एक कृषक ।
तस्बिर -श्याम घिमिरे अर्घाखाँची