अखिल नेपाल महिला संघ द्धारा तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

Image may contain: 4 people, including Kamala Bhandari, people smiling, people on stage, people sitting and indoor

श्याम घिमिरे
भाद्र १३, अर्घाखाँची –

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले हरितालिका तिज पर्ब २०७६ को अबसरमा सामुहिक रुपमा दर खाई तिजको शुभकामना आदानप्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सकुन्तला रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका बिभिन्न पालीकाबाट महिलाहरुको सहभागिता रहेको थियो ।

Image may contain: 2 people, people standing and indoor

शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले लामो समयको संघर्षपछि प्राप्त भएका महिलाका हकअधिकारहरु सुरक्षित गर्नपर्नेमा जोड दिनुपर्ने भन्दै महिला माथी हुने सबैखाले अन्याय अत्यचारको बिरुद्घमा लड्न सबै महिलाहरु एकजुट हुनु पर्ने धारणा ब्यक्त गरेका थिए । पछील्लो समय देशमा महिलामाथी हुनेगरेका ज्याजतीहरुलाई शक्तिको भरमा बचाउ गर्ने परिपाटी हावी भएकोले लैङ्गिक हिंसाका घटनाहरु बढेर गएको बताउदै अपराधीलाई कसैले पनि आफ्नो मान्छे भनेर संरक्षण गर्नु बिडम्बना भएकोले सबै पक्ष सचेत हुनुपर्नेमा उनिहरुले जोड समेत दिएका थिए ।

Image may contain: 2 people, people smiling, food
Image may contain: 6 people, people smiling, people standing and indoor
Image may contain: 6 people, including Kamala Bhandari, people smiling, people sitting and indoor
Image may contain: 5 people, people sitting and indoor

कार्यक्रममा अ.ने.म.संघ कि केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,राजमो जिल्ला अध्यक्ष थम्मन केसी, नेकपा निकट अखिल महिला संघ जिल्ला सहईन्चार्ज कमला भण्डारी भुसाल, अन्तर पार्टी महिला संजाल अर्घाखाँचीकी सचिब शुसिला गैरे,पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा तिजको गितमा सहभागीहरु छमछमी नाची सबैलाई मनोरञ्जन समेत दिलाएका थिए । कार्यक्रम अनेमसंघ जिल्ला सदस्य सिता भट्टराईको अध्यक्षता कोषाध्यक्ष मिना बिसीको स्वागत मनतबय र सचिब कल्पना पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 5 people, people sitting and indoor
Image may contain: 6 people, including Kamala Bhandari, Kalpana Pokhrel and Thamman Kc, people standing and indoor
Image may contain: 4 people, including Thamman Kc, people sitting and indoor
Image may contain: 8 people, including Mina Bc, people smiling, people standing and indoor
Image may contain: 2 people, people standing and indoor
Image may contain: 4 people, including Kamala Bhandari, people smiling, people on stage, people sitting and indoor

शिबमदन माबिमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न ।


श्याम घिमिरे सन्धिखर्क एफएम
भाद्र १३ अर्घाखाँची-

शिबमदन माबि पाणीनि ७ सत्तिनेटा अर्घाखाँचीमा हरीतालीका तिजको अबसर पारी बुधबार अन्तरसदनात्मक तिजगित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा सितगंगा सदन प्रथम,सन्धिखर्क सदन द्धतिय र छत्रदेव सदनले तृतिय स्थान हासील गरेका थिए । बिजयी सदनलाई बिद्यालयले पुरस्कार समेत बितरण गरेको छ । कार्यक्रम बिद्यालयका प्रअ राजेन्द्र पौडेलको अध्यक्षता र शिक्षिका सीता बन्जाडेको सन्चालनमा सम्पन्न भएको हो ।

यस्तै प्रतियोगीतामा सिता बन्जाडे पौडेल,सिता पाण्डे,र धुब्रराज सुबेदिले निर्णायक मण्डलको भुमिका निर्बाह गर्नु भएको थियो । कार्यक्रममा स्थानिय मातृका प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको बिद्यालयकी शिक्षिका सीता बन्जाडेले जानकारी दिनुभयो ।

धरमपानीमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न ।


सन्धिखर्क एफएम
भाद्र १३ अर्घाखाँची –
आदर्श आधारभुत बिद्यालय सन्धिखर्क १० धरमपानीमा बालक्लबको आयोजनामा बुधबार सरसफाइ बिषयक अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सन्धिखर्क सदन प्रथम, भुमिकास्थान सदन द्वितीय र सितगङ्गा सदन तृतीय भएका छन् । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने सदनलाई नगद पुरस्कार प्रदान गरीएको हो ।

कार्यक्रममा बलदेव भुसाल, पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत नगरपालिका संयोजक मेलिना सिंह ठकुरी, १० नं वडा सहजकर्ता हिमाली भुसाल,बिद्यालयका शिक्षकहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम आदर्श बालक्लबको आयोजना, यु.एन ह्याबिटाटको आर्थिक सहयोग र प्रकाश सचेतन समूह (प्राग)को सहजीकरण सम्पन्न भएको हो ।

कार्यक्रम बालक्लबका अध्यक्ष सन्तोष विकको अध्यक्षता, बालकृष्ण थापाको प्रमुख आतिथ्यता र शिक्षक ठाकुर प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको मेलिना सिंह ठकुरीले जानकारी दिनुभएको छ ।