अल्मुनाई एशोसियसन जिल्ला कार्य समिति गठन ।

This image has an empty alt attribute; its file name is img_8697.jpg


श्याम घिमिरे
भाद्र १२ अर्घाखाँची-
नेपाली सेना द्धारा सन्चालन गरीदै आईरहेको विगतमा एनसीसी तालिम लिएका क्याडेटहरुलाई सहभागी गराई सन्धिखर्कको म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले मंगलबार एक कार्यक्रमको आयोजना गरी अल्मुनाई एशोसियसन जिल्ला कार्य समिति अर्घाखाँचीको गठन गरेको छ । रामबाण गुल्मका गुल्मपति सुमन थापाको विशेष उपस्थितीमा सम्पन्न भेलाले १७ सदस्यीय अल्मुनाई एशोसियसन जिल्ला कार्य समितिको गठन गरेको गुल्मले जनाएको छ । जसमा ९ जना छात्रा र ८ जना छात्र रहेका छन । नेपाली सेनाले जिल्लामा केही बर्ष देखी बिभिन्न बिद्यालयहरुमा एनसीसी तालीम सन्चालन गर्दे आईरहेको छ ।

नेपाली सेनाले पछील्लो समय जिल्लामा बिद्यार्थीहरुलाई माईन रिक्स एजुकेशन सम्बन्धी बिशेष कक्षा सन्चालन गर्नुका साथै बिभिन्न मठमन्दीर लगायतका स्थानमा सरसफाई, बृक्षारोपण तथा सचेतनामुलक कार्यहरु गर्दे आईरहेको छ । यस्तै सेनाले बिभिन्न सामाजीक कार्यमा अग्रहणी भुमिका निर्वाह गर्नुको अलबा बिपद् र दैबिप्रकोपको समयमा समेत सराहनीय काम गर्दे आईरहेको छ ।

ट्राफिक नियम मिचेपछि मन्त्री महासेठकाे गाडीमा ‘ह्वील लक’

भदौ ११, २०७६ काठमाडौं : यातायात  नियम उल्लंघन गरेपछि  मन्त्री चढ्ने मोटरमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरेको तस्बीर सामाजिक सञ्जालमा भाईरल बनेको छ । बानेश्वर क्षेत्रमा नियम विपरित पैदलयात्रु हिड्ने पेटीमा पार्किङ गरेर राखेको सो मोटर मन्त्री रघुवीर महासेठ गरेको मोटर भएको थाहा भएको छ । सो बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले हिजो ‘ह्वील लक’ मा परेको बतायो। पार्किङ निषेधित क्षेत्रका पार्किङ गरेर नियम मिचेको पाइएपछि प्रहरीले झण्डावाला गाडीको ह्विल लक गरेको थियो। गाडी आधा सडक र आधा फुटपाथमा रोकिराखिएको थियो।

उक्त गाडीमा ह्विल लक गर्ने समयमा भने मन्त्री महासेठ नरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। प्रहरीका अनुसार उक्त गाडीका चालकलाई १ हजार रुपैयाँ जरिवाना तिराएर छोडिएको थियो। यसअघि अनाधिकृत रूपमा पार्किङ गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा सिंहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो।
source:thahakhabar.com

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

भदौ १२, २०७६ काठमाडौं : आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ।  केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो। कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ। 

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताएको खबर नेपाल समाचारपत्र दैनिकमा छ। हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण यही भदौं १८ गते नेपाल आउन लागेका छन्।  नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल नेपाल आउन लागेका हुन्। 
source:thahakhabar.com