
घनश्याम पौडेल
अर्घाखाँची, १० भदौ । प्रतिनिधी सभा सदस्य तथा नेकपाकी नेतृ नेता अन्जना विसुङखले दलितको अधिकारका लागी कुनै पार्टी नभनी सबै एकजुट भएर लड्नुपर्ने बताईन । निर्वाचित महिला जनप्रतिनिधीहरुका सवालमा अन्तरपार्टी दलित महिला सञ्जाल तथा सांसदहरुसँग अन्तरक्रिया कार्यक्रममा अर्घाखाँची जिल्लाबाट दलित महिला सदस्यले उठाएका आवाजहरु संसदमा बुलन्द गर्ने बताईन ।
प्रतिनिधी सभा सदस्य तथा काँग्रेसकी नेतृ लक्ष्मी परियारले दलितको हितका लागी हरेक आन्दोलनमा लड्दै आएको बताईन । संसदमा अझै दलितको अधिकारका लागी एकजुट भएर अगाडी बढ्ने बताईन । देशमा छुवाछुत र विभेदको अन्त्य गर्नका लागी सबै महिलाहरु एकजुट हुनुको कुनै विकल्प नरहेको बताईन ।
कार्यक्रममा पुर्व दलित आयोगका अध्यक्ष तथा नेकपा अर्घाखाँचीका सहईन्चार्ज शुसिला श्रीपाली, सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार विक, काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, समाजवादी पार्टीका टोपबहादुर बलाल, जनमोर्चाका गोविन्द विसी, नेपाल दलित संघका प्रितम दलित, दलित संगठनका विष्णु परियार, जातिय समता समाजका राजेन्द्र जिसी, समाजवादी दलितका दिनेश सुनार, अन्तरपार्टी महिला सञ्जालका शुसिला गैरे, महिला संघका जानका बन्जाडे, अखिल नेपाल महिला संघका मिना विसी, पत्रकार घनश्याम पौडेल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा दलित वडा सदस्यहरुले वडा अध्यक्ष, पालिका अध्यक्षबाट विभेदका परेको गुनासो बताएका थिए । कार्यक्रम दलित महिला केन्द्र नेपालका अध्यक्ष गौरा नेपालीको अध्यक्षता र जिल्ला प्रतिनिधी राधा नेपालीको सञ्चालन सम्पन्न भएको हो ।