पाणिनीको दुर्गाफाटमा तिज, प्यापार तथा सांस्कृतिक मेला आजदेखी सुरु

पाणिनीको दुर्गाफाटमा तिज, प्यापार तथा सांस्कृतिक मेला आजदेखी सुरु

घनश्याम पौडेल
अर्घाखाँची, ९ भदौ । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारी अगाडी सारेको सुखि नेपाली, समृद्ध नेपाल बनाउँनका लागी तिनै सरकार मिल्नुको विकल्प नभएको बताएका छन् । स्थानिय, प्रदेश र संघिय सरकार एकजुट भएर विकास निमार्णका काममा अगाडी बढेमा मात्रै सबै नेपाली समृद्ध बन्न सक्ने बताएका हुन ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा प्रथम पाणिनी तिज, प्यापार तथा सांस्कृतिक मेलाको उद्धघाटन गर्दै रायमाझीले आर्थिक, सामाजिक र सांस्कृति विकासका लागी मेलाले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको आयोजना, पाणिनी पर्यटन समाज र पाणिनी कल्याणकारी समाजको सहआयोजनामा सुरु भएको मेलामा नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सासंद नजिर मियाँले अब आर्थिक क्रान्ति गरेर देशलाई सम्वृद्धि बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले पाणिनी गाउँपालिकाको विकासका लागी प्रदेश सरकारले विद्युत, शिक्षा, खेलकुद, खानेपानी, मोटरबाटो लगाएतका क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।

पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले स्थानिय जनतादेखी स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार एकजुट भएमात्रै विकास निमार्णमा टेवा पुग्ने बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बढ्दो विकृतिको अन्त्य गरी सभ्य रुपले मेलापर्व मनाउँनुपर्ने बताईन । कार्यक्रममा नेकपाका नेताहरु जिवनारायण कोईराला, कमल घिमिरे, काँग्रेसका फर्सवहादुर श्रेष्ठ, वडा अध्यक्ष मिनराज आत्रेय, पत्रकार घनश्याम पौडेल, दुर्वावेश्वर गुफाका कुशलानन्द सरस्वती लगाएतले मेलाले पाणिनीको विकासमा टेवा पुग्ने बताए । मेला भदौ १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रम पाणिनी पर्यटन समाजका उपाध्यक्ष धुर्व घिमिरेको अध्यक्षता, अध्यक्ष झविन सुनमको सञ्चालन र जिवन भट्टराईको स्वागतमा सम्पन्न भएको थियो ।

पाणिनीको दुर्गाफाटमा तिज, प्यापार तथा सांस्कृतिक मेला आजदेखी सुरु

रवि पाँच लाख र युवराज तीन लाख धरौटी बुझाएर रिहा -अस्मितालाई साधारण तारेखमा छोडियो

भदौ ९, २०७६ काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल पोखरेलले जानकारी दिए।

थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो आदेश सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा तीनजना वकिलले बहस गरेका थिए।  जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरूले नाम टिपाएका जिल्ला अदालतले जानकारी दिएको छ। 
source:thahakhabar.com

This image has an empty alt attribute; its file name is chitawan_adalat_dbuytsc8kl.jpg

रविसहित तीनै अभियुक्तको थुनछेक बहस सकियो, आजै निर्णय

भदौ ९, २०७६ चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को मुद्दामा चितवन जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै सोमबारै साँझ यस मुद्दामा जिल्ला अदालत चितवनले निर्णय सुनाउने भएको छ। सरकारबाट जना सरकारी वकिलले सोमबार बहस गरेका थिए। यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले यसमा बहस गरेका थिए।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमनी गिरिका अनुसार तीनैजनाविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा अदालतमा बहस सकिएपछि निर्णय दिन बाँकी छ। बहस सकिएपछि जिल्ला अदालतले उनीहरुलाई रिहा गर्न वा कारागार चलान गर्न आदेश दिने भएको छ। जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरुले नाम टिपाएको जिल्ला अदालतले जानकारी दिएको छ ।
source:thahakhabar.com

भरतपुरमा निषेधित क्षेत्र तोडे कडा कारबाही

भदौ ९, २०७६ चितवन : चितवनको शुरक्षा अवस्था सोमबार कडा बनाइएको छ। केही दिनयता भरतपुरमा जारी प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र अदालत वरपरको सुरक्षा अवस्था कडा गरिएको हो। हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै सोमबार अन्य दिनको तुलनामा कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले अदालत वरपरको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

निषेधित क्षेत्रमा विशेष परिस्थितिबाहेक हिँडडुलमा समेत कडाइ गरिएको छ। बिहानैबाट निषेधित क्षेत्रमा माइकिङ गर्नुका साथै प्रेस, व्यवसायी, कार्यालयको काम, कर्मचारी, बिरामी लगायतबाहेकलाई सो क्षेत्रमा प्रवेश निषेध गरिएको छ। विप्लव नेतृत्वको नेकपाको चितवन बन्दलाई मध्यनजर गर्दै समग्र जिल्लाको सुरक्षा अवस्था मजबुद बनाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। बन्द भए पनि सवारीसाधन भने निर्वाध रुपमा चलिरहेका छन्।

निषेधित क्षेत्र घोषणा गरेपछि जिल्ला अदालत वरपरका क्षेत्र निक्कै शान्त देखिन्छ। प्रदर्शन गर्ने, समुहमा हिँडडुल गर्न बिहान ६ बजेबाटै प्रतिबन्ध गरेकाले शान्त देखिएको हो। कसैले निषेधित क्षेत्र तोड्न खोज्नेलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ। सबैलाई संयमित हुन आग्रह पनि गरेको छ।  
source:thahakhabar.com

रविसहित तीनैजनाको बयान सकियो, केहीबेरमै बहस

भदौ ९, २०७६ चितवन : पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेसहित तीनै जनाको बयान सकिएको छ। लामिछाने र युवराज कँडेलको बयान भर्खरै सकिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले बताए।

अस्मिता कार्कीको बयान भने हिजो नै लिइएको हो। अबको केहीबेरमा थुनछेक बहस सुरु हुने गिरीले बताए। थुनछेक बहसपछि आजै उनिहरुलाई धरौटीमा रिहा गर्ने, सुद्ध तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलानका लागि आदेश दिनेछ।

बहस लम्बिए अदालतको आदेश आज पनि नआउने सम्भावना रहेको जनाइएको छ। उनीहरू तीनै जनालाई आज बिहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको हो। पुडासैनी मृत्यु प्रकरणमा उनीहरु तीनैजनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्धा दर्ता भएको छ। मुलुकी अपराध संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरीमानाको माग गर्दै हिजो अदालतमा मुद्धा दर्ता गराएको हो।

पुडासैनी गएको साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनले रेकर्ड गराएको भिडियोमा रवि, युवराज र अस्मिताका कारण आफूले आत्महत्या गरेको आरोप लगाएपछि तीनैजनालाई साउन ३० गत्ते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइएको थियो।
source:thahakhabar.com