
भदौ ८, २०७६ आइतबार चितवन – पत्रकार शालिग्राम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ ।बाँकी रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो । source:ujyaaloonline