
सन्धिखकए एफएम
भाद्र ८ अर्घाखाँची –
नेपाली महिलाहरूको महान चार्ड हरितालिका तिजको अवसरमा महिला चेतना सम्बन्धि खुल्ला तिजगित प्रतियोगिता भुमिकास्थानको धनचौरमा सन्बिार सम्पन्न भएको छ । नेपाल महिला संघ धनचौरको आयोजनामा भएको कार्यक्रमको उद्वघाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले भड्किलो नभई सभ्य रूपले चाडपर्व मनाउँनुपर्ने बताए ।

कार्यक्रममा महिला संघका अध्यक्ष शान्ता भण्डारी, भुमिकास्थान नगर उपप्रमुख खडानन्द बेल्बासे, जिल्ला सदस्यद्वय संगिता बेल्वासे, चन्द्रा गैरे,पुर्व काँग्रेस जिल्ला कोषाध्यक्ष हरि खड्का, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष शेषकान्त घिमिरे, नेविसंघका अध्यक्ष भरतमणि भट्टराई, भुमिकास्थान काँग्रेस संयोजक अशोककुमार श्रेष्ठ, काँग्रेस धनचौरका सभापति हेमराज भट्टराई, प्रेस युनियनका केन्द्रीय प्रतिनिधि घनश्याम पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।


१२ टिमको सहभागीता रहेको कार्यक्रममा न्यु संघर्ष्शिल युवा क्लव प्रथम, सुपादेउराली महिला समूह दृतिय, सुस्मिता दर्लामीको समूह तृतिय र डाँफे महिला समूह सान्त्वना भए । प्रथम, दृतिय, तृतीय, सान्त्वनालाई क्रमश ५ हजार, ३५ सय, २५ सय र १५ सय र प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रम नेपाल महिला संघ धनचौरका अध्यक्ष सीता गैरेको अध्यक्षता, गोमा रायमाझीको स्वागत मनतब्य र धर्मराज भट्टराई तथा झमकला पुलामिको संयुक्त सञ्चालन सम्पन्न भएको हो ।
