शालिग्राम पुडासैनी आत्महत्या प्रकरण: अस्मिता कार्कीको बयान सकियो, लामिछाने र कँडेलको बयान सोमबार

unn.prixa.net

भदौ ८, २०७६ आइतबार चितवन – पत्रकार शालिग्राम पुडासैनीकाे आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ ।बाँकी रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो । source:ujyaaloonline

पत्रकार पुडासैनी मृत्यु प्रकरण : रविसहित तीनै जनालाई आज फेरि अदालत लगिँदै, मुद्दा दायर गर्ने कि म्याद थप्ने भन्नेमा अन्योल

unn.prixa.net

 भदौ ८,  चितवन  – सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार फेरि अदालतमा पेश गरिँदैछ । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । 

उनीहरुलाई अझै हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन । अनुसन्धान सकिएको वा बाँकी नै रहेको भन्नेबारे चितवन प्रहरीले केही बताएको छैन । ‘हामी सरकारी वकिललाई बुुझाउँछौँ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर मल्लले भन्नुभयो ‘यो विषयमा अरु केही भन्न मिल्दैन ।’

रविको तर्फबाट बयान गर्दै आएका कानुन व्यवसायीले भने बयानको कुन व्यहोराले म्याद थप गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको भन्दै फेरि हिरासतमै राखिरहनुपर्ने कारण नभएको बताउँदै आएका छन् । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग पुर्‍याउन काठमाण्डौबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ । 

काठमाण्डौबाट आएको चारजनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिक लगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।  

यसैबीच नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलसहित पत्रकारको टोलीले चितवन पुगेर बिना पूर्वाग्रह घटनाको अनुसन्धान गर्न आग्रह गरेका छन् । टोलीले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र हिरासतमा रहेका रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पनि भेटेको छ ।

साउन २० गते राति नारायणगढको होटल कङ्गारूमा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो । शालिकरामले आत्महत्या गर्नुपुर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट  लामिछाने, कँडेल र कार्कीलाई काठमाण्डौबाट पक्राउ गरि चितवन लगिएको हो । भिडियोमा उनले तीनैजनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् । आत्महत्यामा दुरूत्साहन दिएको कसुर प्रमाणित भए २०७५ भदौ १ देखि जारी मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । source:ujyaaloonline

सुनको भाउले बनायो अर्को रेकर्ड : तोलाको ७२ हजार ५ सय रुपैयाँ

unn.prixa.net

भदौ ८, काठमाण्डौ – सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको भाउले आइतबार अर्को रेकर्ड बनाएको हो । अमेरिका र चीनले एकअर्काको सामानमा कर बढाउने निर्णय गरेको तथा डलर मजबुत भएकाले अन्तर्राष्ट्रिय भाउमा नै भाउ महंगो भएको हो ।

यसकै असर नेपालमा पनि परेको महासंघले जनाएको छ । चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ । 

स्वास्थ्यकर्मी संघ द्धारा तिजमिलन कार्यक्रम सम्पन्न


सन्धिखर्क एफएम
भाद्र ८ अर्घाखाँची –

नेपाल ट्रेड युनियन काँग्रेस सँग आबद्व नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सनिबार तिजमिलन तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू एक होऔ, स्वास्थ्य सेवा सवैको पहुँचमा पुर्याऔ भन्ने मुल नाराका साथ सुरू भएको कार्यक्रमको उद्वघाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले सरकार अधिनायकवादको बाटोमा हिडेपनि आत्तिनु नपर्ने बताएका छन् ।

Image may contain: 2 people, people standing and indoor

गाउँ, जनताको घरघरमा पुगेर सेवा दिनका लागि स्वास्थ्यकर्मीलाई आग्रह गरे । कार्यक्रममा काँग्रेस पुर्वसभापती प्रमुख कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडान्नद बेल्वासे, शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे ,नेविसंघका अध्यक्ष भरतमणि भट्टराई, ट्रेड युनियन काँग्रेसका प्रदेश सचिव नन्दराम भट्टराई, नेपाल निजामती कर्मचारी युनियन संघकम अध्यक्ष शेषकान्त घिमिरे,पत्रकार सुर्य भुसाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Image may contain: one or more people and indoor

कार्यक्रम जिल्ला अध्यक्ष गणेशराज पौडेलको अध्यक्षता उपाध्यक्ष वुद्विराम न्यौपानेको स्वागत मनतब्य र सचिव भविश्वर खनालको सञ्चालन रसम्पन्न भएको हो ।

Image may contain: Lekhnath Pokhrel, smiling, sitting

धनचौरमा तिजगित प्रतियोगीता सम्पन्न ।

Image may contain: 9 people, including Oseen Sheshkanta, Sangeeta Ghimire Belbase and शान्ता भण्डारी, people sitting and indoor

सन्धिखकए एफएम
भाद्र ८ अर्घाखाँची –

नेपाली महिलाहरूको महान चार्ड हरितालिका तिजको अवसरमा महिला चेतना सम्बन्धि खुल्ला तिजगित प्रतियोगिता भुमिकास्थानको धनचौरमा सन्बिार सम्पन्न भएको छ । नेपाल महिला संघ धनचौरको आयोजनामा भएको कार्यक्रमको उद्वघाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले भड्किलो नभई सभ्य रूपले चाडपर्व मनाउँनुपर्ने बताए ।

Image may contain: 12 people, people standing

कार्यक्रममा महिला संघका अध्यक्ष शान्ता भण्डारी, भुमिकास्थान नगर उपप्रमुख खडानन्द बेल्बासे, जिल्ला सदस्यद्वय संगिता बेल्वासे, चन्द्रा गैरे,पुर्व काँग्रेस जिल्ला कोषाध्यक्ष हरि खड्का, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष शेषकान्त घिमिरे, नेविसंघका अध्यक्ष भरतमणि भट्टराई, भुमिकास्थान काँग्रेस संयोजक अशोककुमार श्रेष्ठ, काँग्रेस धनचौरका सभापति हेमराज भट्टराई, प्रेस युनियनका केन्द्रीय प्रतिनिधि घनश्याम पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

Image may contain: 14 people, including Oseen Sheshkanta, Sangeeta Ghimire Belbase and शान्ता भण्डारी, people smiling, people sitting
Image may contain: 9 people, people smiling, people sitting, people standing and outdoor

१२ टिमको सहभागीता रहेको कार्यक्रममा न्यु संघर्ष्शिल युवा क्लव प्रथम, सुपादेउराली महिला समूह दृतिय, सुस्मिता दर्लामीको समूह तृतिय र डाँफे महिला समूह सान्त्वना भए । प्रथम, दृतिय, तृतीय, सान्त्वनालाई क्रमश ५ हजार, ३५ सय, २५ सय र १५ सय र प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रम नेपाल महिला संघ धनचौरका अध्यक्ष सीता गैरेको अध्यक्षता, गोमा रायमाझीको स्वागत मनतब्य र धर्मराज भट्टराई तथा झमकला पुलामिको संयुक्त सञ्चालन सम्पन्न भएको हो ।