रामबाण गुल्म द्धारा माईन जोखिम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

श्याम घिमिरे
भाद्र ५ अघाँखाँची –

सन्धिखर्कको म्यालपोखरीमा रहेको नेपाली सेनाको रामबाण गुल्मले युवाबर्ष रविचित्र जनता मावि हटारीनेटा र भगवती मावि शंखेटारीमा अध्ययनरत करबि ३ सय ३५ जना विद्यार्थीहरुलार्ई माईन जोखिम सम्बन्धी सचेतनामुलक कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । कार्यक्रममा गुल्मका उपसेनानी गोकुल जंग थापाले माईन रिक्स एजुकेशन सम्बन्धी बिशेष कक्षाको सहजीकरण गर्नु भएको गुल्मले जनाएको छ ।

यस्तै गुल्मले आजै सनपा ९ अर्घामा अवस्थित अर्घा भगवती मन्दिर र दरवार परिषर भित्र सरसफाई गरेको छ । गुल्मका सहायक गुल्मपति सह–सेनानी पञ्चराम तामाङ्गको टोलीले सरसफाई गरेको गुल्मका गुल्मपति सुमन थापाले जानकारी दिनुभयो ।

यो संगै नेपाली सेनाले जिल्लामा बिपद् र दैबिप्रकोपको अबस्थामा सराहनीय काम गर्नुको साथै जिल्लाका बिभिन्न स्थानमा बृक्षारोपण,सरसफाई तथा चेतनामुलककार्य र सामाजीक कार्यमा अग्रहणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

Advertisement