शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग चाहीन्छ – प्रजिअ पौडेल

श्याम घिमिरे
अर्घाखाँची, ३ भदौ –

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले समृद्ध पूर्ण जिल्ला निर्माण गर्न र जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबै पक्षको सकरात्मक सहयोगको आबश्यकता रहेको बताउनु भएको छ । भर्खर मात्र सरुवा भई अर्घाखाँची आउनुभएका प्रजिअ पौडेलले कानुन विपरित कुनैपनि कार्य गर्ने अधिकार कसैलाई पनि नभएकोले त्यस्तो देखिएमा कानुन अनुसार कारवाही गर्ने समेत बताउनु भयो ।

जिल्ला स्थित क्रियाशिल पत्रकारहरुसंग मंगलबार भेटघाट गर्दे पौडेलले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने बताउनु भयो । उहाँले जिल्लाको विकास निमार्णमा आफु जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको समेत बताउनु भयो ।


यस्तै पौडेलले जिल्लामा रहेका मुख्य समस्याहरुको समाधान गर्न आफुले पहल गर्ने भन्दै गत वर्ष सञ्चालन भएका सकारात्मक कार्यलाई निरन्तरता दिदै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । प्रजिअ पौडेलले सञ्चारकर्मी र प्रशासनको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनुपर्नेमा जोड समेत दिनु भएको थियो ।

This image has an empty alt attribute; its file name is 68957131_2411702285542389_2586472405648015360_n.jpg
Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.