शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग चाहीन्छ – प्रजिअ पौडेल

श्याम घिमिरे
अर्घाखाँची, ३ भदौ –

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले समृद्ध पूर्ण जिल्ला निर्माण गर्न र जिल्लामा शान्ति सुरक्षा कायम गर्न सबै पक्षको सकरात्मक सहयोगको आबश्यकता रहेको बताउनु भएको छ । भर्खर मात्र सरुवा भई अर्घाखाँची आउनुभएका प्रजिअ पौडेलले कानुन विपरित कुनैपनि कार्य गर्ने अधिकार कसैलाई पनि नभएकोले त्यस्तो देखिएमा कानुन अनुसार कारवाही गर्ने समेत बताउनु भयो ।

जिल्ला स्थित क्रियाशिल पत्रकारहरुसंग मंगलबार भेटघाट गर्दे पौडेलले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने बताउनु भयो । उहाँले जिल्लाको विकास निमार्णमा आफु जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको समेत बताउनु भयो ।


यस्तै पौडेलले जिल्लामा रहेका मुख्य समस्याहरुको समाधान गर्न आफुले पहल गर्ने भन्दै गत वर्ष सञ्चालन भएका सकारात्मक कार्यलाई निरन्तरता दिदै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । प्रजिअ पौडेलले सञ्चारकर्मी र प्रशासनको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनुपर्नेमा जोड समेत दिनु भएको थियो ।

This image has an empty alt attribute; its file name is 68957131_2411702285542389_2586472405648015360_n.jpg

राजमो सनपा ४ द्धारा शोक सभा सम्पन्न ।

श्याम घिमिरे भाद्र ३ अर्घाखाँची –
सन्धिखर्क नगरपालीका ४ वाङला निबासी स्व. कमला खनालको नबौं दिनको पुण्य तिथिको दिन पारेर राजमो सन्धिखर्क ४ को आयोजनामा आज शोक शभा सम्पन्न भएको छ । राजमो नेता कमलप्रसाद भुसालको सन्चालन र स्व. कमलाका श्रीमान गंगाराम खनालको अध्यक्षतामा सम्पन्न शभामा मनतब्य राख्ने बक्ताहरुले स्व. कमला खनालको असामयिक निधनले सिङ्गो पार्टी र गाउँलाई अतुलनिय क्षेती पुगेको भन्दै खनालले देखाएको बाटोमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।


यसरी मनतब्य राख्नेहरुमा राजमो पुर्ब केन्द्रीय सदस्य शेरबहादुर बिसी,अनेम संघ केन्द्रीय उपाध्यक्ष शकुन्तला राना,नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल,नेकपा वडानम्बर ४ का अध्यक्ष गोबिन्द सुनार,राप्रपा नेता समसुधिन मियाँ,स्थानिय संस्थाहरुको तर्फबाट कमलप्रसाद भट्टराई लगायतले शोक मनतब्य राख्नु भएको हो ।

स्व. खनालको गत साउन २७ गते ५१ बर्षको उमेरमा काठमाण्डौमा उपचारको क्रममा निधन भएको थियो । उहाँ निकै सरल,सक्षम,ईमान्दार र कर्मठ महिला नेतृको रुपमा संगठनमा कामगर्ने नेता भएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले बताउनु भयो । स्व.खनाल राजमो सनपा ४ को अध्यक्ष पदमा रहेर काम गर्दे आईरहनु भएको पार्टीले जनाएको छ ।

अर्घाखाँचीमा सञ्चारकर्मी र सुचना अधिकारी बिच अन्तरक्रिया गरी मनाईयो सुचना दिवस

अर्घाखाँचीमा सञ्चारकर्मी र सुचना अधिकारी बिच अन्तरक्रिया गरी मनाईयो सुचना दिवस

घनश्याम पौडेल
अर्घाखाँची, ३ भदौ । १२ औँ राष्ट्रिय सूचना दिवसको अवशरमा सूचना अधिकारी र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम गरी अर्घाखाँचीमा सम्पन्न भएको छ ।

Basanta Shrestha को फोटो।

दिवशको अवसरमा अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना तथा पारष्परिक जवाफदेहिता परियोजना, सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल र एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको सहयोग तथा समन्वयमा सूचना अधिकारी र सञ्चारकर्मीहरुबीच अन्र्त्क्रिया सम्पन्न भएको हो ।

Basanta Shrestha को फोटो।

कार्यक्रममा बोल्ने सहभागीहरुले सूचनाको हकको कार्यान्वयमा सबै आफ्नो ठाउबाट एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले सूचनाको हक मौलिक हक भएको भन्दै यसको कार्यान्वयन गर्न जिल्लास्थित सूचना अधिकारीलाई निर्देशन दिनुभयो ।

Basanta Shrestha को फोटो।

पौडलले सूचना अधिकारीलाई कुनै समस्या भएमा जानकारी गराउनुपर्ने बताउदै ऐन बमोजिम माग गरिएको सूचना दिनु सूचना अधिकारीको प्रमुख दायित्व भएको बताए ।

Basanta Shrestha को फोटो।

कार्यक्रममा सुशासन प्रर्बद्धनका निम्ती जिल्ला स्तरीय नागरिक सञ्जाल तथा पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकालीले सूचनाको हकको कार्यान्वयनका सन्दर्भमा सञ्चार क्षेत्रको कमी कमजोरी भए औल्याउनुपर्नेमा जोड दिए । उनले सूचना सुशासन र विकासको मेरुदण्ड भएको पनि बताए ।

Basanta Shrestha को फोटो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी बिष्णुराज बेल्बासे र एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले सूचनाको हकको कार्यान्वयनको अबस्था तथा चुनौतीको बारेमा छुट्टा छुट््टै कार्यपत्र पेश गरेका थिए ।

Basanta Shrestha को फोटो।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो । नेपालमा सूचनाको हकको संबैधानिक व्यवस्था २०४७ बाट भएको थियो । नेपालको संबिधान २०७२ को धारा २७ मा सूचनाको हकको व्यवस्था छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ श्रावण ५ गते प्रमाणीकरण भई भाद्र ३ गते देखि लागु भएको थियो । सोही दिनलाई नेपालमा राष्ट्रिय सूचना दिवशको रुपमा मनाउन थालिएको छ ।

Basanta Shrestha को फोटो।
Basanta Shrestha को फोटो।
Basanta Shrestha को फोटो।
Basanta Shrestha को फोटो।

कर्मचारी मिलन केन्द्रद्धारा अर्घाखाँचीका न्यायाधिस, सिडियो र अनुसन्धान अधिकृतलाई स्वागत

कर्मचारी मिलन केन्द्रद्धारा अर्घाखाँचीका न्यायाधिस, सिडियो र अनुसन्धान अधिकृतलाई स्वागत

हिम लेकाली सन्धिखर्क एफएम
अर्घाखाँची, ३ साउन । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्लाका तिन कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ । नवआगन्तुक जिल्ला न्यायाधीस बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रमुख अनुसन्धान अधिकृत विनय चतुर्बेदीलाई स्वागत गरेको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य चेतनारायण आचार्यले राष्ट्रसेवक कर्मचारीहरूलाई जनमुखि कार्य गर्न निर्देशन दिएका छन् । उनले विकास निर्माणका कार्य समयमै सम्पन्न हुन नसक्दा जनमानसमा भ्रम सिर्जना भएको बताउँदै सबै सरोकारवालाहरूलाई असारमा हतार गरेर लतपत गर्ने नभई बैशाख मसान्तभित्रै बिकास निर्माणको कार्य सक्न आग्रह गरे । नेकपा जिल्ला अध्यक्ष समेत रहनु भएका आचार्यले कार्यालय प्रमुख तथा जन प्रतिनिधिहरूलाई विकास निमार्ण कार्यमा सुस्म अध्ययन गरेर पारदर्शि हिसाबले काम गर्न निर्देशन दिए ।

कार्यक्रममा नवआगन्तुक जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले मन्तव्य राख्दै आफुहरू सुशासन पारदर्शिता र विधिको शासन निर्माण गर्न सधै लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम कर्मचारी मिलन केन्द्र अध्यक्ष खिमबहादुर रानाको अध्यक्षतामा र सचिव नारायण पोख्रलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य खनाललाई मातृशोक


माधव खनाल 
भाद्र २ अर्घाखाँची –

राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला कमिटी सदस्य मेघराज खनाललाई मातृशोक परेको छ । खनालकी ममतामयी माता मोतिकला खनाको सोमबार बिहान ९ बजे आफ्नै निवासमा ८० बर्षको उमेरमा निधन भएको थियो बिगत केही समयदेखि सुगर रोग (मधुमेह ) बाट पिडित खनाल राष्ट्रिय जनमोर्चा कि सक्रिय सदस्य समेत हुनुहुन्थ्यो ।

खनालको पार्थिक शरीरमा आजै राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिती सदस्य बाबुराम खनालले पार्टीको झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा का भुमिकास्थान सदस्य बाबुराम खनाल भुमिकास्थान नगरपालिका वडा न २ का वडा अध्यक्ष बुद्धि थापा भुमिकास्थान नगरपालिका वडा न १ का वडा अध्यक्ष भोजराज खनाल र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कासिराम गमाल लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

उक्त श्रद्धाञ्जली कार्यक्रमा अखिल नेपाल टेडयुनियन अन्टुक भुमिकास्थान नगर सचीव युवराज खनाल अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खन! भुमिकास्थान नगरपालिका वडा न १ वडा सदस्यहरु ओमप्रसाद बेल्वासे र गोपाल नेपाली लगायतको उपस्थिति रहेको थियो भने श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता स्वर्गीय खनालका जेष्ठ शुपुत्र तथा राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य मेघराज खनालको अध्यक्षता र प्रगतिशील पत्रकारसँग का माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो स्वर्गीय खनालका दुई छोरा दुई बुहारी चार छोरी र नातिनातिना हुनुहुन्छ ।

Image may contain: 1 person, sitting and outdoor