पुडासैनी आत्महत्या प्रकरण : अस्मिताको बयान सकियो, रवि र युवराजको लिइँदै

भदौ २, २०७६ चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम जारी रहेको छ। सोमबार दिउँसोसम्म पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न प्रयोग भएकी युवती अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको स्रोतले बताएको छ। अहिले रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको स्रोतले बताएको छ। बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुने बताइएको छ। तीनैजनालाई पाँच दिनका लागि म्याद थपिएको थियो। उक्त म्याद आज राति १२ बजे सकिनेछ।
source:thahakhabar.com

अब गाँउबाटै देउराली यातायातको हाईस सेवा

 

This image has an empty alt attribute; its file name is DY%202.jpg

सन्धिखर्क एफएकम सम्बादाता भदौ २ – अर्घाखाँचीदेउराली यातायात अर्घाखाँची प्रालिले जिल्लाको छत्रदेव गाउँपालिका-५, छत्रगन्ज देखि बुटवल सम्म हाईस सेवा सञ्चालन गरेको छ । समितिले अाइर्तबार एक कार्यक्रमका बिच उक्त सेवा आरम्भ गरेको हो । सेवाको शुभारम्भ गर्दै छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले हाईस सेवाले प्रदेश राजधानी र सन्धिखर्क लाई जोडेकोमा आफु खुशी रहेको बताउनु भयो । भोलिको दिनमा काठमाडौँ सम्म यात्रा जोड्ने लक्ष्य राखिएको भन्दै अध्यक्ष पोख्रेलले यात्रुहरूलाई अझ सुविधा दिने लक्ष्य सहित आफुहरु लागेको बताउनु भयो । गाउँपालिकाले बाटोको स्तरोन्नति गर्ने र कुनै पनि बेला यातायात अवरोध हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष योगेन्द्र खड्काले गाउँपालिका तथा स्थानीयवासिको भरपुर सहयोगको अपेक्षा गर्दै सबैको साथ सहयोगमा आगामि दिनमा सम्भवहुने स्थानहरूमा यातायातका साधन सनञ्चालन गर्ने बताउनु भयो ।
प्रत्येक दिन बिहान साढे ६ बजे छत्रगंन्ज बाट केरूङ्गा, बल्कोट, वाङ्गला, सन्धिखर्क हुँदै बुटवलका लागि हाईस छुट्ने छ भने दिउँसो साढे १२ मा बुटवल बाट छत्रगञ्जका लागि छुट्ने समितिले जनाएको छ ।

कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सा देवि श्रेष्ठ, ५ नम्बर वडाका अध्यक्ष बालकृष्ण श्रेष्ठ ,सन्धिखर्क नगरपालिका-१२ का वडा अध्यक्ष नारायण खड्का, कार्यसमितिका पदाधिकारीहरु, यातायात व्यवसायी, समाजसेवि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता र सदस्य सचिव प्रेम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो

This image has an empty alt attribute; its file name is DY%202.jpg

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको निधन

unn.prixa.net

भदौ २, २०७६ सोमबार – बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको नयाँ दिल्लीको एक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको छ । 

जगन्नाथ मिश्र पछिल्लो केही महिनापछि बिरामी थिए । उनी बिहारमा तीन पटक मुख्यमन्त्री बनेका थिए । जगन्नाथ बिहारमा कांग्रेसका अन्तिम मुख्यमन्त्री थिए । उनी केन्द्रमा पनि मन्त्री भैसकेका छन् । 

जगन्नाथका भाइ ललित नारायण मिश्र इन्दिरा गान्धीको सरकारमा रेल मन्त्री थिए । राजनीतिमा आउनुअघि मिश्र बिहार विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक थिए ।

उनले केही किताब पनि लेखेका छन् । कांग्रेस कमजोर भएको अवस्थामा मिश्रले राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) लाई सम्हालेका थिए । उनी एनसीपीपछि जनता दल युनाइटेडमा पनि गएका थिए । 

जगन्नाथ मिश्र करोडौँ रुपैयाँको बहुचर्चित चारा घोटालाका अभियुक्त पनि रहेका थिए । हालै मात्र राँची उच्च अदालतले मिश्रलाई यो मुद्दामा विमुक्त गरेको थियो । 

जगन्नाथ मिश्रका छोरा नीतीश मिश्र  बिहारका मुख्यमन्त्री नीतीश कुमारको मन्त्रिमण्डलमा मन्त्री रहेका छन् । जगन्नाथको निधनलाई लिएर नेताहरुले दु:ख व्यक्त गरेका छन् । 

उनकाे निधनलाई लिएर बिहारमा तीन दिन शाेककाे घाेषणा गरिएकाे छ । source:ujyaaloonline