लुम्विनी वाङ्मय प्रतिष्ठान गुल्मीकाे अध्यक्षमा पन्थी

हरि प्रसाद भुसाल साउन ३२ गुल्मि – लुम्विनी वाङ्मय प्रतिष्ठान गुल्मीकाे विशेष भेला तम्घासमा सम्पन्न भएकाे छ । भेलाले दिन पन्थीकाे अध्यक्षतामा नयाँ कार्य समितिकाे सर्वसम्मत गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा बाेम अर्याल, उपाध्यक्ष लक्ष्मी अर्याल, सचिवमा गाेपाल पन्थी, काेषाध्यक्ष राम प्रसाद पन्थी, सह सचिव हरि प्रसाद पन्थी , सदस्यहरुमा ढुण्डिराज पाेख्रेल, लक्ष्मीप्रसाद रिजाल, हिरा एसी, नमाेनारायण पन्थी, ईश्वर बिक, सरस्वती अाचार्य, बिष्णुकान्त पन्थी, वेद प्रसाद पन्थ, सुरेश अर्याल कान्छाे लगायत रहेका छन् ।

त्यसैगरि सावित्रा अाचार्य र हिमकला रानालाई प्रदेश सदस्य समेत चयन गरिएकाे छ भने चन्द्रकान्त पन्थी, भुवनप्रसाद अर्याल र राधा पन्थीलाई सल्लाहकार सदस्य चयन गरेकाे छ । कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले भाषा, कला संस्कृती संरक्षणा चिन्ताकाे बिषय रहेकाे बताएका थिए । यद्यपि कला संस्कृती तथा साहित्यकाे बिकास बिस्तारकाे लागि प्रतिय्ठानले खेलेकाे भूमिकाकाे उनले उच्च प्रशंसा गरेका थिए ।

सहित्य र राजनिति तरकारी र नुनजस्तै रहेकाे भन्दै साँसद श्रेष्ठले राजनिति बिनाकाे साहित्य नुन विनाकाे तरकारी जस्तै हुने बताए । तर नुन धेरै हुन नहुने बताएका थिए । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भिमलाल ज्ञवाली, केन्द्रीय महासचिव ऋषि अाजाद, केन्द्रीय उपाध्यक्ष शशी पन्थी, अर्घाखाँची अध्यक्ष पिताम्वर बन्जाडे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम गाेपाल पन्थीकाे संचालन, हरी पन्थीकाे स्वागत मन्तव्य र जिल्ला अध्यक्ष दिन पन्थीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा विशाल पन्थी, नमनारायण पन्थी, राम प्रसाद पन्थी, सरु सुधा, सुरेस प्रसाद अर्याल, सावित्रा अाचार्य, बिष्णुकान्त पन्थी, बेद प्रसाद पन्थ, कृष्ण प्रसाद ज्ञवाली, मणि ज्ञवाली, कमल पाेखरेल, बुद्धी गैरे लगायतका साहित्यकारहरुले रचना बाचन समेत गरेका थिए ।

खनदहमा हाटबजार संचालन


शोभाखर पन्थी
अर्घाखाँची /श्रावण ३२ –
अर्घाखाँची जिल्लाको मालारानी ३ खनदहमा हाट बजारको सुरुवात गरिएको छ । स्थानीय तहमा उत्पादनदित बस्तुहरुको सहजरूपमा बिक्रीवितरण गर्ने उद्देश्यले हाट बजार संचालनमा ल्याईएक‍ो हो । हाट बजारको एक समारोहका बीच प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले बिकास र समृद्धिको पहरेदार स्थानीय बासिन्दा भएको बताउनुभयो । स्थानीय बासिन्दा सँग जोडिएको बिकास निर्माण दिगो र टिकाउ हुने भन्दै उहाँले जनचाहना अनुसार आफुहरु अघि बढ्ने बताउनु भयो ।

गाउँमा बाटो ,विजुली लगायतका पुर्वाधार पुगेको भएपनि जनताको जिबनस्तरमा कुनै सुधार हुन नसकेको भन्दै उहाँले प्रत्येक नागरिक लाई उत्पादनमूलक काममा लगाएर आत्मनिर्भर बनाउने अभियानमा आफु लागेको बताउनु भयो । ग्रामीण क्षेत्रका पाखा पखेरामा फलफूल ,जडिबुटी ,पशुपालन र कृषि गर्नको निम्ति प्रदेश सरकार मार्फत बिशेष कार्यक्रम ल्याउने तयारी भएको उहाँको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष समेत रहेका आचार्यले वर्तमान सरकार जनताको सेवामा समर्पित भएको भन्दै केन्द्र र प्रदेश सरकार बाट बिनियोजित बजेट र बिकासको काममा जनताले निग्रानी गर्नुपर्नेमा जोड दिनुभयो । किसान द्वारा उत्पादित कृषि उपजले बजार नपाउँदा कृषकमा निराशा छाएको भन्दै उहाँले हाट बजार संचालनले कृषकलाई राहत पुग्ने बताउँदै गाडीका गाडी कृषि उपज बाहिर पठाउने तयारीमा जुट्न सबैपक्षको ध्यानाकर्षण गराउनु भयो ।


कार्यक्रममा मन्तव्य राख्दै मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्यले पशुपालन र कृषिको माध्यम बाट जनताको जिवनस्तर माथि उठाउने दाबी गर्दै अब कामको लागि बिदेश होइन बैदेशिक रोजगारीको निम्ति बिदेशीएका युवालाई गाउँमै बोलाएर रोजगारी दिलाउने प्रतिबद्धता जनाउनु भयो ।


पालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले कृषिउपज,पशुपालन र घरेलु तथा कुटिर उद्योगको बिकास लाई गाउँ पालिकाले बिशेष महत्व दिएको बताउनु भयो ।


खनदह बजार व्यवस्थापन समिति का अध्यक्ष ईश्वरी खनालको अध्यक्षता र सचिव रमेश बि.क.को संचालनमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासिनी ,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश कमिटीका सदस्य नरेन्द्र कुमार क्षत्री ,नेता जनार्दन खनाल ,वडा नं.३ का का.वा.अध्यक्ष दिपा पोख्रेल ,वडा नं. ४ का अध्यक्ष विष्णुप्रसाद पोख्रेल ,नेपाली कांग्रेसका गाउँपालिका अध्यक्ष शोभाखर खनाल ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका वार्ड अध्यक्ष दण्डपाणि पोख्रेल ,हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बलाराम खनाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै हाट बजार लाई व्यबस्थित गर्दै स्थानीय बासिन्दा लाई आयआर्जनमा जोड्नु पर्नेमा जोड दिनुभयो ।


गाउँ पालिकाको २ लाख ५० हजारको लागतमा संचालित हाट बजार हप्ताको एकदिन शनिबार संचालन हुनेछ ।


यसैबीच
प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले शनिवार ज्ञानज्योती पुस्तकालयको उद्घाटन गर्नुभएको छ । मालारानी गाउँपालिका वडा नं.३ मा संचालित पुस्तकालयले स्थानीय बासिन्दाको चेतना अभिबृद्धिमा सहयोग पुर्‍याउने जनाएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै आचार्यले मानिसले जिवनभर नयाँ कुरा सिक्नुपर्ने जरुरी रहेको बताउँदै पुस्तकालय लाई थप व्यबस्थित गरि जीवन उपयोगि बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले नयाँ सीप र प्रविधि अनुसार व्यक्तिले आफुलाई रुपान्तरण गर्नुपर्ने मा जोड दिनुभय‍ो ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन खनाल को अध्यक्षता र आदर्श माध्यमिक बिद्यालयका प्रधानाध्यापक भेषराज खनालको संचालनमा सम्पन्न कार्यक्रममा मालाराननी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो ।

अड्गुरीमा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न

घनश्याम पौडेलले साउन ३२ अर्घाखाँची – स्थानिय उत्पादनको उपभोग आधुनिकिकरणको विस्तार, अड्गुरीको कृषि व्यावसाहिकरणको आधार भन्ने मुल नाराका साथ पाणिनी गाउँपालिका वडा नं. ७ अड्गुरीमा खुल्ला तिजगित प्रतियोगिता सम्पन्न भएको छ । अड्गुरी कृषि सहकारी संस्था लिमिटेड एवम् अड्गुरी तरकारी संकलन केन्द्र र हाटवजार व्यवस्थापन समितीको आयोजनामा भएको तिजगित कार्यक्रममा ६ समुहको सहभागिता रहेको थियो ।

जसमा नमुना स्वस्थ आमा समुह मौलीपोख्रा प्रथम, सृजनशिल आमा समुह द्धितिय, राधाकृष्ण स्वस्थ आमा समुह तृतिय र अमिनडाडाँ स्वस्थ आमा समुह सान्तव्ना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तत्वना हुनेलाई क्रमश नगद पच्चीस सय, प्रन्ध सय, एक हजार, पाचँ सय, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

तिजगितको उद्धघाटन गर्दै पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले विकृतिको अन्त्य गरी चाडपर्व मनाउनुपर्ने बताईन । कार्यक्रममा वडा अध्यक्ष गुनाखर अधिकारी, कार्यपालिका सदस्य टोपकला कव्दार, कृषि शाखा प्रमुख मेगराज पौडेल, जर्नादन न्यौपाने, युवाराज पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । तिजगित कार्यक्रममा कमल घिमिरे, देवि प्रसाद घिमिरे र सुनिता अधिकारी निर्णायक मण्डलमा रहेका थिए । उत्कृष्ट नृत्य र उत्कृष्ट लयलाई पनि १÷१ हजार पुरस्कार दिईएको थियो ।

कार्यक्रम अड्गुरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, सचिव लक्ष्मण न्यौपानेको सञ्चालन र उपाध्यक्ष करुणा न्यौपानेको स्वागतमा सम्पन्न भएको हाे ।

‘पार्टी एकता नगरेको भए ठीक हुने थियो भन्ने अनुभूति हुन थाल्यो’

साउन ३२, २०७६ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुरामा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्।  राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताए। कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उनले अहिले पनि केही गर्न नसके इतिहासले धिक्कार्ने बताए। अध्यक्ष प्रचण्डले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। प्रचण्डले चिकित्सकहरुले आफ्नो पेशालाई मानवतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए। उनले  विश्वमै स्वास्थ्य क्षेत्र पुँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौती रहेको बताए। नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड बताए। sour:thahakhabar.com