योग संगै, स्वास्थ्य एवं खुसीयाली जिबन अनुभुति सम्बन्धी प्रशिक्षण पनि (तस्विर सहित)

श्याम घिमिरे
साउन ३१ अर्घाखाँची –

गरौं योग, रहाै‌‌‍‌ ‍‍निरोग भन्ने मुख्य नाराका साथ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित शिद्धेश्वर शिबालयको परीषरमा सञ्चालीत नियमित योग शिबिर कक्षामा व्रह्मकुमारी ईस्वरीय बिश्व बिद्यालय अर्घाखाँची केन्द्रको समन्वयमा सन्चालीत स्वास्थ्य एवं खुसीयाली जिबन अनुभुति सम्बन्धी पाँच दिने शैद्धान्तीक शिबीर सम्पन्न भएको । व्रह्मकुमारी ईस्वरीय बिश्व बिद्यालय अर्घाखाँची केन्द्रकी प्रमुख कृतिको मुख्य सहजीकरणमा सम्पन्न शिबिरको सुक्रबार एक कार्यक्रमको आयोजना गरी समापन गरीएको हो ।

पतञ्जली योग समितिका केन्द्रीय सदस्य शान्ता खत्रीको अध्यक्षता,कमलप्रसाद घिमिरेको स्वागत मनतब्य र श्याम घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रमा जडिबुटी प्रभारी तथा बरीष्ठ योग प्रशिक्षक डिलाराम भुसाल, पतञ्जली योग समिति सन्धिखर्क नगरअध्यक्ष पार्बता श्रेष्ठ, व्रह्मकुमारी ईस्वरीय बिश्व बिद्यालयका नन्दराम भट्टराई लगायतले शुभकामना मनतब्य राख्दै स्वस्थ्य र सुखि जिबन जिउनकोलागी योग गर्नुको बिकल्प नभएको भन्दै पाँच दिनको शैद्धान्तीक शिबिर अत्यन्तै प्रभाबकारी र जिबनपयोगी भएको बताउनु भयो ।


शिबिरमा व्रह्मकुमारी कृतिले उपयुक्त खानपान रहनसहन ,शारीरीक एवं मानसिक स्वास्थ लाभ, सकारात्मक सोचको माध्यम द्वारा तनाब र क्रोधमुक्त जीवनयापन , परमात्मको सम्बन्ध, राजयोग मेडिटेसन द्वारा कार्यकुशलता एवं कार्यदक्षतामा वृद्धि , मनलाई सकारात्मक दिशा दिन कर्म सिद्धान्तको रहस्य द्वारा सुमधुर पारीबारिक तथा सामाजिक सम्बन्ध, आन्तरिक खुशी तथा उच्च स्तरीय जिबनशैली लगायत बिभिन्न जिबनोपयोगी कुराहरुको बारेमा केन्दीत रहेर शैद्धान्तीक मुलक प्रशिक्षण दिनु भएको थियो ।


कार्यक्रममा शिबिरमा मुख्य प्रशिक्षकको रुपमा सहभागी कृति लगायत व्रह्मकुमारी बिश्व बिद्यालयका सहभागीहरुलाई दोसल्ला र खादा ओढाई मायाको चिनो प्रदान गरीएको थियो ।
योगाले ब्यक्तीलाई स्वस्थ्थ,खुसी र रोगबाट मुक्त रहन महत्वपूर्ण भुमिका निर्बाह गर्ने भन्दै पछील्लो समय जिल्लामा योग गर्नेको संङ्ख्या बढ्दै गएको र नियमित योगले दैनिक जिबनयापनमा सकारात्मक प्रभाब पारेको योग कक्षामा उपस्थित सहभागीहरुले बताएका छन ।

Advertisement