अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी लामीछानेको सरुवा ।


श्याम घिमिरे
साउन २९ अर्घाखाँची –

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको सरुवा भएको छ । गत मंसीर १९ गते जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका लामिछानेको सरुवा भएको हो ।
काठमाण्डौमा रहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अध्यागमन बिभागमा सरुवा भएर जान लाग्नुभएका लामिछानेलाई बुधबार एक कार्यक्रमका बिच मिलन केन्द्र अर्घाखाँचीले विदाई गरेको हो । करिब साढे ८ महिनाको अर्घाखाँची बँसाइपछि सरुवा हुनुभएका लामिछानेलाई खादा अबिर र माला लगाएर जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसाल,मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष तथा विशेष नापी कार्यालयका प्रमुख खिम राना, बिभिन्न सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मि लगायतले विदाई गरेका थिए ।

Image may contain: 2 people, people standing and indoor


विदाई कार्यक्रममा मन्तव्य राख्दै प्रजिअ लामीछानेले आत्मीय र पारीबारीक बाताबरणमा आफु जिल्लामा बसेको भन्दै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण जिल्लाबासीलाई धन्यबाद दिनुभयो । यस्तै लामीछानेले सम्पुर्ण राष्ट्रसेबक कर्मचारीलाई आफु बसेको ठाउँमा सगर्भका साथ काम गर्न आग्रह गर्दे जनताको मन जित्ने गरी काम गर्नु पर्नेमा जोड समेत दिनुभयो । लामीछानेले आफु पारिवारिक कारणले सरुवा हुन लागेको बताउनु भएको थियो ।


यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले बिधिको शासनलाई पालना गरेर राष्ट्रसेबक कर्मचारीले काम गर्नु पर्ने भन्दै सक्षम प्रशासनको कारण जिल्लामा शान्तीसुरक्षा कायम गर्न सफल भएको बताउनु भयो ।
कार्यक्रम मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष खिम रानाको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको सन्चालनमा सम्पन्न भएको हो ।

पाणिनी र छत्रदेव गाउँपालिकामा भोली जनैपुर्णिमा तथा रक्षाबन्धनको दिन सार्वजनिक विदा

No photo description available.

सन्धिखर्क एफएम साउन २९ अर्घाखाँची – अर्घाखाँचीका पाणिनि गाउँ पालिका र छत्रदेब गाउपालिकाले भाेलि जनै पुर्णिामा र रक्षाबन्धनकाे अबसरमा सार्वजनिक विदा दिएका छन । दुवै गाउँ पालिकाले स्थानिय सरकारको अधिकार कार्यनयन गर्दै रक्षा बन्धनका दिन सार्बजनिक बिदा दिने निर्यण गरेको पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गाैतमले जानकारी दिनु भयाे । हिन्दुहरुकाे महान पर्व रक्षाबन्धन तथा जनैपुर्णिामाकाे अबसरमा भाेलिकाेलागि सार्वजनिक विदा दिने निर्णय गरेकाे छत्रदेव गाउँ पालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले जानकारी दिनुभयो ।

No photo description available.

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सार्वजनिकीकरण एवं सर्वपक्षीय बैठक सम्पन्न ।


श्याम घिमिरे
साउन २९ अर्घाखाँची

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा मंगलबार सदरमुकाम सन्धिखर्कमा आ.व २०७५\०७६ मा सम्पादित कार्यहरूको सार्वजनिकीकरण, सर्व पक्षीय बैठक एवं जिल्ला विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । जिल्ला स्थीत स्थानिय निकायका प्रमुख,राजनितिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख,सञ्चारकर्मि लगायतको उल्लेखनिय सहभागीता रहेको कार्यक्रमको सहजीकरण प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले गर्नु भएको थियो ।

Image may contain: 10 people, including Lekali Him and Topbahadur Balal, people sitting and indoor

उहाँले जिल्ला प्रशासन कार्यालयको चालु आ.ब.को बार्षिक कार्यप्रतिबेदन,जिल्लामा सरकारी कार्यालयको बिद्यमान अबस्था लगायतका बिषयहरुकोबारेमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न कार्यालयले प्रदान गर्ने सेबा सुबिधा सम्बन्धी सहभागीहरुबाट उठेका प्रश्नहरुको जबाफ समेत सम्बन्धीत कार्यालयका प्रमुखहरुले दिएका थिए । यस्तै कार्यक्रममा बिपद् व्यबस्थापन सम्बन्धी बिबिध बिषयमा समेत सर्बपक्षीय बैठक सम्पन्न भएको प्रजिअ लामीछानेले जानकारी दिनु भएको छ ।

Image may contain: 8 people, including Topbahadur Balal, Prem Thapa and Yash Thapa, people sitting and indoor
Image may contain: 5 people, people sitting, table and indoor
Image may contain: Surya Adhikari, sitting, living room and indoor
Image may contain: indoor