खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

unn.prixa.net

प्रेम आचार्य
अर्घाखाँची, २८ साउन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन्।

भुमिकास्थान नगरपालिक वडा नंं. ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका वडा नं. ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए।

खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन्। घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटबल पठाइएको थियो।

बुटबलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ। पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

२, ३ वर्ष पहिलेदेखि श्रीमान– श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए। दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो। मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन्। फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिवालय सदस्य गंगाराम खनाललाई पत्नीशोक

Image may contain: 1 person


गोपाल प्रसाद भट्टराई
साउन–२८,अर्घाखाँची –

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिवालय सदस्य गंगाराम खनाललाई पत्नीशोक परेको छ । नेकपा मसालको पार्टी सदस्य समेत रहनुभएकी सन्धिखर्क–४ वाङ्ला निवासी कमला खनाल (गंगा)को ५२ बर्षको उमेरमा निधन भएपछि नेता खनाललाई पत्नी शोक परेको हो । बिगत लामो समयदेखी स्वास्थ्य समस्या झेल्दै आउनुभएकी कमलाको सिभिल हस्पिटल काठमाण्डौंमा उपचारकै क्रममा हिजो दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

Image may contain: one or more people

मृतक कमलालाई अन्तिम श्रदान्जली दिएपछि हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।दाहसंस्कार गर्नुपूर्व मृतक कमलाको पार्थिव शरीरमा ने.क.पा मसालका केन्द्रिय प्रवक्ता राम प्रकाश पुरीले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहांलाई श्रदान्जली दिंदै प्रवक्ता पुरीले एक शाहसिक महिला नेतृ तथा मसालको एक असल कार्यकर्ता गुमाउंदा पार्टीलाई ठुलो क्षती पुगेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीकी नेतृ समेत रहनुभएकी कमला खनालको निधनप्रती राजमो केन्द्रिय नेताहरु कृष्णराज पौडेल,मनोज भट्ट, अनेम संघ केन्द्रीय अध्यक्ष मिना पुन,शेर बहादुर वि.सी.यमलाल पोख्रेल लगायतले दुःख व्यक्त गर्दै श्रदान्जली व्यक्त गर्नुभएको छ । शोक कार्यक्रममा राजमो नेता कमल भुसालले नेपालको सामाजिक परिवर्तनमा मृतक कमलाले पु¥याएको भुमिकाको बारेमा चर्चा गर्नुभएको बताइएको छ ।

Image may contain: 1 person

कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित कोही ‘फिल्ड’ लेखेर बिदामा

कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित कोही ‘फिल्ड’ लेखेर बिदामा

श्रावण २८, २०७६ स्याङ्जा । जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला  प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए । अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् ।  जिल्ला अस्पतालका डा सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित रहनुभएको छ भने अस्पतालका प्रमुख डा अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ । 

जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । डा मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डा पोखरेल दुईहप्ते बिदामा रहेका निमित्त प्रमुख रञ्जु पोखरेलले बताए । त्यस्तै आयोजना कार्यान्वय एकाइ (शिक्षा) मा १० कर्मचारी रहेकामा सबै कर्मचारी काज लिएर बसेको भेटिएको प्रजिअ निरौलाले बताए । 

यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा नौ कर्मचारी ‘फिल्ड’ लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयलकट्टा हुने बताउँदै प्रजिअ निरौलले गयलकट्टा हुने कर्मचारीको गयल बराबर सेवाअवधि कम हुने सरकारी नियम रहेको बताए ।

 कार्यालय छड्केमा कृषि ज्ञान केन्द्रमा पाँच, जिल्ला स्वास्थ्यमा दुई, कोष तथा लेखा नियन्त्रकको कार्यालयमा एक, विद्युत्मा एक, हुलाकमा सात, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा चार, आयुर्वेदमा दुई, राष्ट्रिय पुनःनिर्माणमा आठ, जिल्ला समन्वयमा चार, डिभिजन वनमा सात, शिक्षा विकास तथा समन्वय एकाइमा एक, भेटेरिनरी अस्पतालमा तीन, मालपोतमा एक, सुन्तला जोनमा छ जना कर्मचारी अनुस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । source:ehimalayatimes