सनराईज् ईङ्ग्लिश बोर्डिङ्ग स्कुलमा शुक्रवारीय कार्यक्रम सम्पन्न ।


समान्ता पाण्डे
साउन २५ अर्घाखाँची –

सनराईज् ईङ्ग्लिश बोर्डिङ्ग हाई स्कुल सन्धिखर्क नगरपालिका वडा न १२ मा शुक्रवारीय कार्यक्रम अन्तर्गत प्रा.बी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ५ को आयोजनामा कक्षा १ देखि कक्षा ४ सम्मका बिद्यार्थीहरुको बौद्धिक बिकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतितोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा १० समुहको सहभागिता रहेको थियो । जस मध्य सक्षम आचार्यको समूह प्रथम , अनिश पौडेलको समूह द्वितीय र बबिता श्रेष्ठको समूह तृतीय भएका थिए । उत्कृष्ट समुहलाई पुरस्कार प्रदान गर्दै बिद्यालयका प्रीन्सिपल नारायण प्रसाद पौडेलले अतिरिक्त कृयाकलापले बिद्यार्थीहरुको सिकाईलाई अझ बलियो बनाउने बताउदै बिद्यार्थीहरुले पाढ्यक्रमले तोकेका विषय संगसंगै बाहिरी कुराको ज्ञान पनि हासिल गर्नु पर्ने बताए

श्रद्धाञ्जली सभा सम्पन्न

समान्ता पाण्डे
साउन २५ अर्घाखाँची –

नेपाली काँग्रेस सन्धिखर्क नगरपालीका वडानं. १२ ले स्वर्गीय देवकी थापा क्षेत्रीको नवौं दिनको पुन्य तिथि पारेर सुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसका कृयाशिल सदस्य धनप्रसाद थापाकी श्रीमती ,कृयाशिल सदस्य बिष्णु थापा , शोभाखर थापा , मधु थापाकि पुजनिय माता तथा धनकला थापा र सुनिता थापाकी सासू आमा देवकी थापाको नवौं दिनको पुन्य तिथि पारेर काङ्ग्रेसले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस क्षेत्र न १ का सभापती केशवराज कुवर , तरुण अध्यक्ष तथा सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्का ,पुर्व पार्टी कोशाध्यक्ष हरी बहादुर खड्का , क्षेत्रीय प्रतिनिधि छन्दलाल श्रेष्ठ , नारायण पौडेल , कृष्णा खड्का लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताले स्वर्गीय थापाको निधनले सिङ्गो पार्टी मर्माहत भएको बताउदै स्वर्गीय थापाले पार्टीमा रहेर खेलेको भुमिका र योगदानको प्रसंशा गरेका थिए । कार्यक्रम नेपाली काँङ्ग्रेस वडा सभापति लिलाधर बस्यालको सभापतित्व तथा सचिव तारा बस्यालको संचालनमा सम्पन्न भएको हो ।

सनपा ९ मा एकल महिलाहरुलाई बाख्रा बितरण ,एकल महिलालाई तनमनका साथ सहयोग गर्ने नगर उपप्रमुख बिक काे भनाइ ।

श्याम घिमिरे
साउन २४ अर्घाखाँची –

सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले नगरपालीकाले एकल महिलाहरुलाई तनमनका साथ सहयोग गर्ने बताउनु भएको छ । सन्धिखर्क नगरपालीकाको सिप तथा व्यवसायीक प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तरगत सुक्रबार सनपा ९ को अर्र्घामा आयोजित एकल महिलाहरुलाई बाख्रा बितरण कार्यक्रममा मनतब्य राख्दै बिकले यस्तो बताउनु भएको हो ।

बिकले बाख्रा पालनबाट एकल महिलाको जिवन निर्वाहमा केही ईटा थपिने भन्दै हौसला स्वरुप रकम हस्तान्तरण गरेको बताउनु भयो । उहाँले अर्घामा बाख्रापालनकोलागी उर्भर भूमि भएकाले व्यवसायीक रुपमा बाख्रापालन गर्न सबैलाई आग्रह समेत गर्नु भएको हो ।

विकले बाख्रापालन सामान्य लगानीबाट गर्न सकिने भएकोले महिलालाई आयआर्जन तर्फ केन्द्रित गराउनको नगरले बाख्रा वितरण गरेको भन्दै यसलाई सार्थक र सफल बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रम वडानं. ९ का वडाअध्यक्ष देबी बहादुर रायमाझीको अध्यक्षता सन्धिखर्क नगरपालिका महिला संयोजक बेलकुमारी परियारको स्वागत मन्तब्य र वडासचिब धर्मराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा २० जना एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको हो ।

बाख्रा प्राप्त गरेपछी स्थानिय एकल महिलाहरुले बाख्रालाई माईति घरबाट लिएको चिनो भन्दा पनी मायाँ गरी पालनपोषण गर्ने बताउनु भयो ।