राष्ट्रिय तेक्वान्दो संघ अर्घाखाँची द्धारा खेलाडी सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सम्पन्न । (तस्बिर सहित)

श्याम घिमिरे
साउन २५ अर्घाखाँची

राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा खेलाडी सम्मान तथा कलर वेल्ट ग्रेडिङ्ग कार्यक्रम सुक्रबार सन्धिखर्कमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिष्णु परियारको अध्यक्षता उपाध्यक्ष साजन वलिको स्वागत मनतब्य र सचिब मनिष सिंहको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले जिल्ला र देशलाई चिनाउन खेलाडीहरूको महत्त्वपूर्ण भुमिका रहने भन्दै अनुशासित र लगनशील भई अगाडि बढ्न सबै खेलाडीहरूलाई आग्रह गर्नुभयो । नगर प्रमुख भुसालले खेलकुदको समग्र बिकासकोलागि सन्धिखर्क नगरपालिका सधैभ सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा मनतब्य राख्दै नगरउपप्रमुख ठाकुर कुमार बिकले खेल र खेलाडीहरूको प्रोत्साहनको लागि नगरपालिका सहयोग गर्न तयार बताउनु भयो ।

कार्यक्रममा सनपा वडानम्बर १ का का.बा अध्यक्ष लक्ष्मण पराजुली ,वडानम्बर २ का का.बा अध्यक्ष शुश्मा श्रेष्ठ ,पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकाली ,प्रदेश सदस्य शोभाखर पंन्थी,वडानम्वर १ कि सदस्य शुमित्रा मुखिया, तेक्वान्दो संघका महासचिब प्रेम आले लगायतले शुभकामना मनतब्य राख्दै समग्र देश बिकाशमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको भन्दै खेलकुदलाई माथि उठाउन सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा तेक्वान्दो खेलाडी आकाश आले र किसनसिंह नेपालीलाई सम्मान समेत गरिएको थियो । पछिल्लो समय जिल्लामा तेकवान्दो प्रति बिद्यालय उमेरका समुहका बालबालीकाहरुको बढ्दो आर्कषण बढेको छ ।

This image has an empty alt attribute; its file name is 67810911_1057049044499371_4118882381417414656_n.jpg

सडक दुर्घटनाबाट अर्घाखाँचीमा एक वर्षमा १६ को ज्यान गयो ,३७ लाख राजश्व संकलन ।


श्याम घिमिरे
अर्घाखाँची २२ साउन –

आ.व २०७५/०७६ मा अर्घाखाँचीमा २१ वटा सवारी दुर्घटना भएका छन । जसमा बस १, ट्रक १ , जिपकार १२ , ट्याक्टर २ र मोटरसाईकल ५ वटा दुर्घटना भएका हुन । दुर्घटना भएका सवारी साधनबाट १६ जनाको मृत्यु भएको छ भने ४७ जना गम्भीर घाईते र १९ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । गतवर्ष भन्दा ५ वटा सबारी साधन दुर्घटना कम भएपनि मृत्यु हुनेको संख्या भने बढेको छ । गतवर्ष ११ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको कार्यालयले जनाएको छ । ग्रामिण कच्ची सड्क, धेरै यात्रु सवार हुनु, तिव्र गति,ओभर ट्याक लगायतका कारणबाट सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी जवान नारायण पराजुलीले जानकारी दिए ।

सवारी साधन कारबाही बाट करीब ३७ लाख राजश्व संलकन –

आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सवारी साधन कार्वाहीबाट ३६ लाख ८४ हजार ५ सय रुपैया राजश्व संलकन गरेको छ । ट्राफिक नियम पालना नगरेका ५ हजार ९ सय ४९ बिभिन्न सवारी साधनहरु कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख राजिप श्रेष्ठले जानकारी दिए । सवैभन्दा धेरै कार्वाही पर्नेमा मोटरसाईकल रहेका छन । २ हजार ४ सय १७ वटा मोटरसाईकल कारबाहीमा १५ लाख १४ हजार रुपैया राजश्व संलकन भएको हो । २ हजार १ सय ४६ वटा जिपकार कारबाहीबाट १२ लाख ८६ हजार ५ सय राजश्व संकलन भएको छ । यस्तै ३ सय २३ वटा बस कारबाहीबाट १ लाख ७९ हजार ७ सय ८५ रुपैया राजश्व संकलन भएको हो । यस्तै ७ सय ८५ वटा ट्रक कारबाहीबाट १२ लाख ७१ हजार र २ सय ७८ वटा ट्रयाक्टर कावाहीबाट १ लाख ६३ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष भन्दा यस वर्ष ७ लाख ७२ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको ट्राफिक प्रहरी अर्घाखाँचीले जनाएको छ । अघिल्लो बर्षको तुलनामा यसवर्ष १३ सय २० वटा सबारी साधनले ट्राफिक नियम उल्लंघन गरेको ट्राफिक प्रहरी जवान पराजुलीले जानकारी दिए ।

३ बर्षको सम्मको ट्राफिक कारवाही तथा राजश्व संकलनको डाटा हेर्दा वर्षेनी सवारी साधन कारबाहीको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ४ हजार ५ सय ६३ सवारी साधन कारबाहीमा २६ लाख ६४ हजार राजश्व संकलन भएको थियो । यस्तै आ.व २०७४/०७५ मा ४ हजार ६ सय २९ सवारी साधन कारबाहीमा २९ लाख १२ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवैभन्दा बढी सवारी साधन जेष्ठ महिनामा कारवाहीमा परेका छन् । जेष्ठमा ९ सय ५० सवारीसाधन कारबाहीमा ६ लाख ९५ हजार राजश्व संकलन भएको हो ।

Image may contain: outdoor and text

उता ट्राफिक प्रमुख श्रेष्ठले ट्राफिक नियम विपरीत चलाइने सवारीसाधनलाई नियमपुर्बक कारबाही गर्ने गरेको बताए । उनले सडकको लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, क्षमताभन्दा बढी सामाग्री ढुवानी गर्नेे, आबश्यक कागजात नभएका,मादक पदार्थ सेवन गरी ड्राईभिङ्गर्ने लगायत नियम बिपरीत कार्यगर्ने जोसुकैलाई पनी कारबाही गर्ने बताए ।

Image may contain: 1 person, standing and outdoor
Image may contain: car and outdoor

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक सम्बन्धी बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यस्तै बिद्यालयका विद्यार्थी, सबारीचालक सह–चालक,गाडी धनि, यात्रु लगायत अन्य सर्बसाधारण नागरीकहरुलाई सचेतनामुलक कार्यक्रम सन्चालन गर्दे आईरहेको छ ।

Image may contain: one or more people, people walking, people standing, sky and outdoor
Image may contain: one or more people, people standing and outdoor
Image may contain: 3 people, people standing, tree, plant, outdoor and nature
Image may contain: 1 person, outdoor


पछिल्लो समय ट्राफिक कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानहरुमा होरीङ बोर्ड,पार्किङ सम्बन्धी सडक बोर्ड लगायतका सन्देशमुलक कार्यलाई तिब्रता दिएको छ । ट्राफिक प्रहरीको प्रशंसनिय कार्य संगै आम नागरीकको ट्राफिक नियम सम्बन्धी कुराहरुमा यथोचित रुपमा ध्यान जानेहो भने पक्कैपनी सभारी दुर्घटनाबनाट सुरक्षित हुन सकिन्छ ?

Image may contain: 2 people, people smiling
Image may contain: 5 people, including Laxman Parajuli, people standing
Image may contain: 11 people, people sitting


पछिल्लो समय ट्राफिक कार्यालय अर्घाखाँचीले जिल्लाका बिभिन्न स्थानहरुमा होरीङ बोर्ड,पार्किङ सम्बन्धी सडक बोर्ड लगायतका सन्देशमुलक कार्यलाई तिब्रता दिएको छ । ट्राफिक प्रहरीको प्रशंसनिय कार्य संगै आम नागरीकको ट्राफिक नियम सम्बन्धी कुराहरुमा यथोचित रुपमा ध्यान जानेहो भने पक्कैपनी सभारी दुर्घटनाबनाट सुरक्षित हुन सकिन्छ

Image may contain: 1 person, standing, sky, outdoor and nature
Image may contain: 3 people, people standing and outdoor
Image may contain: 5 people, people smiling, people standing, outdoor and nature
अर्घाखाँचीमा साप्ताहिक ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न
Image may contain: 1 person, text
Image may contain: 2 people, people smiling, crowd and outdoor
Image may contain: 8 people
Image may contain: 11 people, people smiling, crowd and outdoor
Image may contain: 11 people, including Kamal Prasad Bhusal, Laxman KC, Navraj Malla, Prem Lamichhane and BheshRaj Pandey, people smiling, people standing and outdoor
Image may contain: 4 people
Image may contain: 11 people, people smiling, crowd and outdoor

Image may contain: 1 person, outdoor

तस्बिर-नारायण पराजुलिकाे वालबाट