अर्घा–भगवती विमानस्थलको निर्माण कार्य शुभारम्भ ।

श्याम घिमिरे
साउन २२ अर्घाखाँची

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्बर १० अर्घामा निर्माण हुन लागेको अर्घा–भगवती विमानस्थल आयोजना निर्माण कार्यको बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले रिबन काटेर आयोजना निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । ५ करोड ६९ लाख ६२ हजार ३ सय ३६ रुपैयाको लागतमा विमानस्थलको रनवेको काम सुरु गरिएको हो ।

विमानस्थल निर्माणको जिम्मा अर्घाखाँचीमा रहेको लुम्बिनि –अर्घाखाँची– पुष्पा जेभी कन्स्ट्रक्सनले पाएको छ । बुधबारदेखि निर्माण कार्य सुरु भएको विमानस्थल २०७७ साल कात्तिक ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने बताईएको छ ।

शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभा सदस्य रायमाझी सहित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सभा सदस्य द्वय चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगायतले मनतब्य राख्नुभएको हो । कार्यक्रममा नागरिक उड्यन प्रधिकरणका इन्जिनियर लगायत जनप्रतिनिधि स्थानीय बासिन्दा लगायतको उल्लेखनिय उपस्थिति रहेको थियोे ।

उक्त बिमानस्थलको ५०० मिटर लम्वाई र रनवे स्ट्रीप च्यानेज ०ं३५० देखि ०ं८५० सम्म हुने विमानस्थलको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।