पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर

पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर

श्रावण २२, काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । 

निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ ।

जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल रु १०९ प्रतिलिटर र डिजेल र मट्टितेलमा रु ९७ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको हकमा) रु एक हजार ३७५ प्रतिसिलिण्डर कायम गरिएको छ । 

हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । source:ehimalayatimes

मिडिया काउन्सिल विधेयक खारेज गर्नुपर्छ –अध्यक्ष शर्मा

This image has an empty alt attribute; its file name is pragatisil-patrakar-sang-2nd-jilla-vela-4-21-image-1.jpg


श्याम घिमिरे
साउन २२ अर्घाखाँची –

प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष नारायण शर्माले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै उक्त बिधेयक खारेजीको विकल्प नभएको बताएका छन । प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको दोस्रो जिल्ला भेलाको सदरमुकाम सन्धिखर्कमा मंगलबार उद्घाटन गर्दे शर्माले यस्तो बताएका हुन ।

राष्ट्रको हित बिपरित हुने जुनसुकै गतिबिधि आफुहरुलाई मान्य नहुने बताउदै अध्यक्ष शर्माले राष्ट्रियता र जनजिविकाको पक्षमा निष्पक्ष रुपमा कलम चलाउन सबै पत्रकारहरुलाई आग्रह गरे । आफुहरु सधै श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको भन्दै शर्माले तोकिएको न्युनतम पारिश्रमिक मिडियाहरुले कडाइका साथ लागु गर्नुपर्नेमा जोड समेत दिए । भेलाले पत्रकार जितेन्द्र खत्रीको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समितिको निर्माण गरेको छ ।

This image has an empty alt attribute; its file name is pragatisil-patrakar-sang-2nd-jilla-vela-4-21-image-1.jpg

प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको दोस्रो जिल्ला भेला सम्पन्न, अध्यक्षमा खत्री चयन

श्याम घिमिरे
साउन २२ अर्घाखाँची-

प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा जितेन्द्र खत्री निर्वाचित भएका छन । मंगलबार सदरमुकाम सन्धिखर्कमा सम्पन्न दोस्रो जिल्ला भेलाले खत्रीको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्य समितिको सर्वसहमतीले चयन गरेको हो । समितिको उपाध्यक्षमा गोपाल प्रसाद भट्टराई,सचीव भगवता पाण्डे, सह–सचीव विष्णु गैरे र कोषाध्यक्षमा बसन्त खड्का चयन भएका हुन । यस्तै समितिको सदस्यमा श्याम घिमिरे,देवेन्द्र कुवँर,दामोदर केसी र माधव खनाल रहेका छन । भेलाले टेक बहादुर थापा,इन्द्रमणी भुसाल र विनोद गैरेलाई सल्लाहकार सदस्यमा चयन गरेको छ ।

यस अघि भेलाको उद्घाटन गर्दै संघका केन्द्रिय अध्यक्ष नारायण शर्माले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै खारेजीको विकल्प नभएको बताए । राष्ट्रको हित बिपरित हुने जुनसुकै गतिबिधि आफुहरुलाई मान्य नहुने बताउदै अध्यक्ष शर्माले राष्ट्रियता र जनजिविकाको पक्षमा निष्पक्ष रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । आफुहरु सधै श्रमजीवी पत्रकारहरुको पक्षमा रहको भन्दै शर्माले मिडियाहरुले तोकिएको न्युनतम पारिश्रमिक कडाइका साथ लागु गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेताहरू शेर बहादुर वि.सी.,झविलाल थापा,थम्मन केसी,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपती ढकाल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसि लेकाली,प्रदेश सदस्य प्रेमनारायण आचार्य,प्रेस सेन्टरका जिल्ला अध्यक्ष गणेश खनाल,प्रेस चौतारीका नवीन केसी,प्रेस युनियनका का.बा अध्यक्ष रुद्रमणी भुसाल,स्वतन्त्र पत्रकार संघका सचिब शिव वेल्वासे,अखिल नेपाल जनजाति सम्मेलनकि नेत्री उषा पुन र अन्टुक जिल्ला सदस्य खिम प्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Image may contain: 13 people, including Devendra Kunwar, Shyam Ghimire, Binod Gaire, Narayan Sharma and Gopalprasad Bhattarai, people smiling, people standing

मेयर र उपमेयर पक्षबीच झडप, २ जना घाइते

unn.prixa.net

साउन २१, २०७६ मंगलबार काठमाण्डाै – कार्यालय सार्ने विषयमा धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच झडप भएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको साविककाे कार्यालय वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको हो । साविकको कार्यालय नै यथावत रहनुपर्ने पक्षमा उपमेयर झा हुनुहुन्छ भने बेल्हीमा भर्खरै लिएको भाडाको घरमा कार्यालय सार्ने पक्षमा मेयर मण्डल लाग्नु भएकाे छ ।

मेयरले प्रहरी लिएर कार्यालयको समान लिन आएपछि उपमेयर झा पक्षले अवरोध गर्दा झडप भएको थियो । झडपलाई तत्कालै प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको छ ।

घटनामा उपमेयर झालगायत ६ जना घाइते भएको जनाइएको छ । तर प्रहरीले मात्र २ जना समान्य घाइते भएको पुष्टि गरेको छ । source:ujyaaloonline

भारतकी पूर्व विदेशमन्त्री स्वराजको निधन

unn.prixa.net

साउन २२, २०७६ बुधबार – भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ वर्षको हुनुहुन्थ्यो ।

स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मंगलबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्‍याउनुभएको थियो । उहाँले मंगलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहनुभएको बताइएको छ ।

स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुग्नुभएको थियो ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउँसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै यो कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको थियो ।  

‘प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिएँ’ स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतितिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उहाँलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।

विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो । 

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, ‘भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरिब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।’

भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । source:ujyaaloonline