वडा अध्यक्ष कृष्ण आचार्यको कृषि क्रान्ति मोह

वडा अध्यक्ष कृष्ण आचार्यको कृषि क्रान्ति मोह !

घनश्याम पौडेल
अर्घाखाँची, २० साउन – बिहान ५ बजे उठेर भैसीको स्याहार सुसारमा व्यस्त हुन्छन्, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ६ जगतका कृष्णबहादुर आचार्य । बिहानको समयमा घरमा पालेका उन्नत जातका दुई भैसीको दुध विक्री गर्न मोटरसाईकलमा लिएर नरपानी बजारमा पुग्छन् ।

बिहानको समयमा दुध विक्री गर्नु उनको दैनिकी हो । २०७४ असारमा भएको स्थानिय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी समेत भएका आचार्य समाज सेवामा सक्रिय छन् । दिनभर जनताको काममा व्यस्त हुने आचार्यको बारीमा काउली, गोभी, सिमी, ट्माटर, बन्दा, आलु, ब्रोकाउली, साग लगाएतका तरकारी खेती गर्दै आएका छन् ।

उनले अहिले हप्तामा १ क्वुईन्टल गोभी उत्पादन गर्छन । प्रतिकिलो ८० रुपैँयामा सदरमुकाम सन्धिखर्कका तरकारी पसलमा विक्री गर्छन । आचार्यले मासिक दुधबाट मात्रै ३० हजार आम्दानी गर्छन । वडा कार्यालयमा जागीर माग्न आएका युवाहरुलाई तरकारी खेतीमा लाग्न प्रेरीत गर्छन ।

‘गाउँमै तरकारी खेतीमा लाग्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ, ५०/६० हजार रुपैँया आम्दानी गर्नका लागी विदेश जानुपदैँन, सरकारी कर्मचारीले कमाउँने रुपैँया गाउँमै आम्दानी गर्छु, आचार्यले सुनाए । नरपानी जगतका गुणनिधि न्यौपानेले पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । दिनभर शिक्षण पेशामा व्यस्त हुने न्यौँपाने बेलुका, बिहान तरकारी विक्री गर्न सन्धिखर्क पुग्छन् । शिक्षण पेशासँगै तरकारीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

Image may contain: 1 person, standing, plant, tree, outdoor and nature

तरकारी खेतीमा लागी उपयुक्त मानिएको नरपानी, जगतका अधिकांश घरमा टनेलमा व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । नरपानीका करिब १२० घरधुरी व्यवसायीक तरकारी खेती, पशुपालनमा लागेका छन्, वडा अध्यक्ष आचार्यले भने । नरपानी धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले पनि उत्पादन गरेको तरकारी, दुध, फलफुल विक्री गर्नका लागी गाहृो छैन । यहाँका बासिन्दाहरुले फुल, टिमुर, काफल विक्री गरेर घरखर्च चलाएका छन् ।

Image may contain: plant, flower, outdoor and nature

अर्घाखाँची जिल्ला पछिल्लो समयमा कृषि तथा पशुपालन व्यवसायमा लाग्ने कृषकहरुको संख्या बढ्दै गएको छ । न्युनतम ५० हजार देखी १५ लाख वार्षिक आम्दानी गर्ने कृषकहरु सयौँ रहेका छन् । स्थानिय सरकारले पनि कृषिमा अनुदान बढाएको छ । प्राथमिकतामा कृषि र पशुपालन राखेका छन् । प्रविधिको विकास सँगै कृषकहरुलाई हाते ट्याक्टर अनुदानमा वितरण गरेका छन् । जिल्लाका ६ वटै स्थानिय सरकारले हाते ट्याक्टर वितरण गरेका छन् । हाते ट्याक्टर पाएसँगै कृषकहरु खुसीभएका छन् । हाते ट्याक्टरले जोत्न छिटो छरितो हुनाले पनि कृषकहरु प्रविधिमा आकर्षित भएका छन् । source:hindukhabar.com

Image may contain: 2 people, including Laxmi Narayan Chudali, people standing, plant, flower, outdoor and nature

सफल दूध संकलन समूह पाणिनि- ५ मैदान नेटाको दोस्रो वार्षिक उत्सव सम्पन्न

सफल दूध संकलन समूह पाणिनि- ५ मैदान नेटाको दोस्रो वार्षिक उत्सव सम्पन्न

घनश्याम पौडेल
अर्घाखाँची, २० साउन । सफल दूध संकलन समूह पाणिनि ५ मैदान नेटाको दोश्रो वार्षिक साधारण सभा अाइतबार सम्पन्न भएको छ । बार्षिकउत्सवको उद्वघाटन गर्दै प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले प्रदेश सरकारले कृषि र पशुपालन केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेशका जनता सुखि र समृद्ध बन्नका लागि कृषि र पशुपालनबाट मात्रै सम्भव रहेको बताए ।

कार्यक्रममा पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले गाउँपालिका दुधमा आत्मनिर्भर बनेको बताईन । उनले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था अनुसार प्रतिलिटर दुई रूपैयाँ दुधमा अनुदान गतवर्ष दिएको बताईन ।

कार्यक्रममा पाणिनि ५ का अध्यक्ष जिवलाल घिमिरे, नेकपाका नेता जिवनारायण कोईराला, काँग्रेस मैदानका सभापति शालिकराम घिमिरे, नेकपाका पाणिनि अध्यक्ष कमल घिमिरे, समाजसेवी रामप्रसाद घिमिरे, पाणिनिका कृषि अधिकृत मेगराज पौडेल, पशु प्राविधिक कृष्ण घिमिरे, उद्योग वाणिज्य संघ पाणिनिका अध्यक्ष शंकर घिमिरे, पत्रकार महासंघका प्रदेश पार्षद घनश्याम पौडेल, देउराली छुर्पीका अध्यक्ष तिलक गैरे, पाणिनि कल्याणकारी कलाकार समाजका डिआरजी सुमन, पोख्रेल डेरीका हरि पोख्रेल, श्रीकृष्ण डेरीका हरि घिमिरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट कृषक नारायण अधिकारी, कमला बेल्बासे, चिन्तामणि बेल्बासे, फर्सुराम न्यौपाने, माधव घिमिरेलाई सम्मान गरिएको छ । कार्यक्रम सफल दुग्ध डेरीका अध्यक्ष देविलाल न्यौपानेको अध्यक्षता, युवा कृषक कृष्ण गैरेको सञ्चालन र कृषक शिव खनालको स्वागतमा सम्पन्न भएको हो ।

भो अहिल्यै ननाच ‘फूलमती’

नारायण शर्मा

निर्मला पन्तका आमाबाबाहरुको आँखाबाट अहिले पनि बलिन्द्रधारा आँसु बगिरहेका छन् । अरु कैयौ निर्मला पन्तहरु दिनडहाडै बलात्कृत हुने क्रम अहिले पनि रोकिएको छैन ।  एकथरी  आमा, दिदीबहिनीहरु यसरी आँसुको पोखरीमा डुबिरहेका बेला मैले कसरी भनु तिमीलाई  छमछमी नाच भनेर !!! अहँ, फुलमती म भन्न  सक्दिन ! त्यसैले त भन्न बाध्य छु– भो अहिल्यै न नाच फुलमती ! तिमी खुलेर  नाच्ने ब्यवस्था अझै आइसकेको छैन ।

फूलमती ! तिमी छमछमी नाचेको हेर्ने रहर मलाई नि थियो । तर मनमा पिरको  पहाड बोकेकी तिमीलाई अहिल्यै खुरुक्क छमछमी नाच म कसरी भनुँ ? अहँ, म सक्दिन फूलमती तिमीलाई नाच भनेर निर्देशात्मक आदेश जारी गर्न म पटक्कै  सक्दिन ।

मनैमा पिर कति–कति
नाचौं कि न नाचौं चनमती…

जबदेखि तिम्रो त्यो साङ्गीतिक प्रश्न सुने । म घोत्लिरहेको छु । त्यही प्रश्नको भुमरीमा । हुन त सिधा हेर्दा प्रश्न चनमतीलाई गरेझै  देखिन्छ तर म बुझ्छु त्यो प्रश्न मात्र चनमतीलाई होइन ।  त्यो मलाई नि हो । त्यो उसलाई नि हो । त्यो उहाँलाई नि हो । त्यो प्रश्न हामी सबैलाई हो । हेर्दा प्रश्न सरल जस्तो देखिन्छ तर त्यो प्रश्न साँच्चैमा सरल भने छैन । के  नारीहरु स्वतन्त्रतापूर्वक बाँच्न, हाँस्न र नाच्न पाउने ब्यवस्था देशमा आइसकेको हो ? बिभेदका सबै  खाडलहरु पुरिएर देशमा के समतामूलक समाज निर्माण भइसकेको छ त ?   के देशमा आमा, दिदी, बहिनीहरु सुरक्षित तरिकाले हिडडुल गर्नसक्ने अवस्था आइसकेको छ त ? तिम्रो त्यो प्रश्नले यस्ता अनगिन्ती प्रश्नहरु उब्जाइदिएको छ फुलमती ! जब म यी सबै प्रश्नहरुभित्र घोत्लिदै गए अनि निष्कर्षमा भन्न  बाध्य छु ः भो अहिल्यै न नाच फुलमती, तिमी खुलेर नाच्ने समय अझै  आइसकेको छैन ।

फुलमती ! देशले अहिले जुन पीडा खेपिरहेको छ । त्यसले पनि तत्काल  हामीलाई  खुलेर नाच्ने अनुमति दिँदैन । बाढीको चपेटामा परी तराई डुबेको छ । पहिरोले पहाडलाई क्षतविक्षत पारेको छ । बाढीपहिरोमा परी कैयौँले ज्यान  गुमाएका छ्न् । अरबौंको भौतिक सम्पत्ति ध्वस्त भएको छ । गुल्मी, बाग्लुङको  चहराइरहेको घाउमा मलम लगाउने बेला हो यो । रौतहट, सर्लाही जलाम्मे  भएर डुब्दा काठमाडौं, भक्तपुर हाँस्न सक्दैनन् । प्राकृतिक विपत्तिको सामना  मिलेर गर्नु छ । हिमाल, पहाड र तराईबीचको एकतालाई अझै कसिलो र दरिलो पार्नुछ । देशमा विपत्ति आइलागेका बेला, देश दर्दनाक पीडामा  छट्पटाइरहेका बेला हामी खुशी मनले कसरी नाच्न सकिन्छ ? सकिँदैन !  त्यसैले त भन्दैछु– भो अहिले न नाच फुलमती ! त्यसरी नाच्ने परिस्थिति   अहिले छैन ।

फुलमती ! यतिबेला गाउँहरु शून्य छन् । देशभित्रै रोजगारीको अवसर नपाएसी लाखौंलाख युवाहरु घरगाउँ छोडेर प्रदेशिन बाध्य छन् । श्रीमानहरु देश छोडेर प्रदेश लागेपछि तिनका श्रीमतीहरु कोखिलामा नानीबाबु च्यापेर शहर पसेका छन् । पिढी कुर्ने बुढा बाउआमाले खेती  गर्नसक्ने कुरै भएन । पाखो बारीहरु  बाँझै  छन् । गाउँमा बृद्ध बाउआमाको आँखा ओभानो छैन । उता विदेशको  पीडा झनै कहालीलाग्दो छ । पचास÷पचपन्न डिग्रीको तातो घाममा अरबको खाडीमा पसिना बगाइरहेको छ छोराले । चाडवाडका बेला आफ्ना जहान, लालाबालाहरुसङ्गै बसेर रमाउन कसलाई मन हुँदैन र ? तर बाध्यताले गर्दा  प्रदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य छन् लाखौलाख नेपाली नौजवानहरु ।

चाडवाडका बेलामा पनि आफ्ना बृद्ध बाबा, आमा, जहानबाला र इष्टमित्रसङ्ग सङ्गै बस्न नपाउने यस्तो दुष्ट चलन देशमा विद्यमान रहँदासम्म हामी कसरी रमाई रमाई नाच्न सक्छौ ? सकिँदैन फुलमती सकिँदैन ! त्यसैले त भन्दैछु ः भो  अहिल्यै न नाच फुलमती ! त्यसरी नाच्ने बेला आएको छैन ।

कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक बर्ष बितिसकेको छ । तर हाम्रो सरकारले अहिलेसम्म त्यो बलात्कारी हत्यारालाई पक्राउ  गर्न सकेको छैन । तथ्यहरुले स्पष्ट सङ्केत गरेका छन्– त्यो बलात्कारी, हत्यारा को को हुन् भनेर, तर फुलमती, हाम्रो सरकार मुकदर्शक भएको छ ! अझ बिडम्बना ! देशको शान्तिसुरक्षाको मुख्य जिम्मा भएका  गृहमन्त्री नै भनिरहेछ्न् ः निर्मला हत्याकाण्ड जस्ता घटनाहरु देशमा हिजो पनि घटेका थिए, आज पनि घटिरहेका छन् र भोलि पनि घटिरहने छन् … । यस्ता  लाचार गृहमन्त्री भएको देशमा बलात्कारी÷हत्याराहरुले सजाय पाउँछन् भनेर कसरी विश्वास गर्नु फुलमती ? अहँ, म त विश्वास गर्न सक्दिन । निर्मला पन्तका आमाबाबाहरुको आँखाबाट अहिले पनि बलिन्द्रधारा आँसु बगिरहेका छन् । अरु कैयौ निर्मला पन्तहरु दिनडहाडै बलात्कृत हुने क्रम अहिले पनि रोकिएको छैन ।  एकथरी  आमा, दिदीबहिनीहरु यसरी आँसुको पोखरीमा डुबिरहेका बेला मैले कसरी भनु तिमीलाई  छमछमी नाच भनेर !!! अहँ, फुलमती म भन्न  सक्दिन ! त्यसैले त भन्न बाध्य छु– भो अहिल्यै न नाच फुलमती ! तिमी खुलेर  नाच्ने ब्यवस्था अझै आइसकेको छैन ।

फुलमती ! देशमा दण्डहीनता मौलाउँदै गएको छ । न्यायालयबाट न्याय पाउने  आशा मर्दै मर्दै गइरहेको छ । निर्दोष आफ्नो छोराको हत्यारालाई कारवाही गर भन्दै अनशन बसेकै अवस्थामा गोर्खाको फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भयो । बर्ष दिन बित्यो । उनको लाश अझसम्म अस्पतालको मुर्दाघरमै छ । आमा गङ्गामायाले अहिले पनि न्यायको भीख माग्दै सरकार, न्यायालय, मानवअधिकारकर्मी र शीर्ष नेताहरुको दैलो चहारिरहेकी छिन् । तर हाम्रो सरकारले अहिलेसम्म उनीहरुलाई न्याय दिन सकिरहेको छैन । त्यो त एक प्रतिनिधि घटना मात्र हो फूलमती ! न्याय नपाएर छटपटाइरहेका जनहरु यहाँ  असंख्य छन् । बलात्कारी, हत्यारा, भ्रष्टाचारी, लुटेरा, अपराधीहरु खुलेआम छाती  फर्काएर हिडिरहेका छन् । न्याय मर्दै मर्दै गइरहेका बेला डण्डहीनता मौलाउँदै  गएका बेला म कसरी भन्न सक्छु  तिमीलाई छमछमी नाच भनेर ?? अहँ,  फूलमती ! म भन्न सक्दिन । त्यसैले त भन्दैछु– भो अहिल्यै न नाच फूलमती । तिमी हामी खुलेर नाच्नसक्ने, निर्धक्कसाथ बाँच्नसक्ने समय अझ आइसकेको छैन ।

फूलमती, एक्काइसौं शताब्दीको यो वैज्ञानिक युगमा पनि हाम्रो समाज भने १६ औं शताब्दीको मध्ययुगीन कुसँस्कारमा अल्झिरहेको घटनाहरु यत्रतत्र देख्न  सकिन्छ । श्रम चल्ने, सीप चल्ने, रगत चल्ने तर उसले छोएको पानी नचल्ने !! छुवाछूत जस्तो घृणित प्रथा हाम्रो समाजमा अझै जीवित छ । बोक्सीको  आरोपमा प्रताडित भएका, छाउपडी प्रथाका कारण अकालमै ज्यान गएका घटनाहरु अहिले पनि समाजमा घटी नै रहेका छन् । समाजको चेतनास्तर  अझै नि उठ्न सकिरहेको छैन । हाम्रो मनमष्तिष्कमा डेरा जमाएर बसेको  पितृसत्तात्मक सोच अझै नि निर्मूल हुनसकेको छैन । नारीलाई पैतलाको धुलो र दासी ठान्ने सामन्ती सोच अझै नि हाम्रो समाजमा विद्यमान छ । एउटी नारी जीवनभरि डरैडरमा बाँच्नुपर्ने थिति अझै नि उस्तै छ । बाल्यकालमा बाउको अधिनमा, यौवन अवस्थामा पतिको अधिनमा, बृद्धावस्थामा छोराको अधिनमा !!  जीवनभरि पुरुषकै अधिन र डरमा बाँच्नुपर्ने ! मनुस्मृति नामक हाम्रो धार्मिक  ग्रन्थले खिचिदिएको विभेदको त्यो रेखा अझै जीवित छ । आफ्नै भन्नेहरु बाट नारी जाति लुटिँदै, दमित हुँदै आएका असंख्य घटनाहरु छन् । हाम्रो समाजमा  युगौंदेखि विद्यमान सामन्ती सँस्कृतिबाट नारीहरु शोषित, पीडित हुँदै आइरहेका  छन् । अर्कोतर्फ साम्राज्यवादी पाश्चात्य छाडा सँस्कृतिले पनि नारीलाई खेलौना र विज्ञापनको साधन बनाइरहेको छ । ती दुबैखाले घातक सँस्कृतिलाई परास्त  नगरिकन हामीले समतामूलक समाजको निर्माण गर्न सक्दैनौ फूलमती । त्यो समतामूलक समाज, त्यो विभेदमुक्त समाज अझै निर्माण भइसकेको छैन । त्यसकारण पनि म भन्न बाध्य छु– भो अहिल्यै न नाच फूलमती ! त्यो समतामूलक समाज, त्यो पूर्ण स्वतन्त्रतायुक्त समाज अझै निर्माण भइसकेको  छैन ।

तर यसको अर्थ यो होइन कि फूलमती देशमा केही पनि परिवर्तन भएकै छैन ।  देशमा केही परिवर्तन अवश्य भएको छ । पहिले भन्दा अहिले समाज धेरै  चेतनशील हुँदै पनि गएको छ । कुनै बेला यही समाजमा सतिप्रथा जीवित  थियो । लोग्ने मरेपछि त्यही चितामा श्रीमति पनि जिउँदै जल्नुपर्ने प्रचलन यही समाजमा थियो । समयक्रमसङ्गै जनचेतनाले त्यो अमानवीय प्रथा  मिल्काइदियो । नारीलाई अधिकार दिने सन्दर्भमा राज्यकै कानुन विभेदकारी थियो । त्यसमा अहिले धेरै नै सुधार भएको छ । चनमतीले कैयौ कुराहरु ठिकै  भनेकी छिन् । उनको भनाइमा केही सत्यता अवश्य छ । अहिले तिमीले आफ्ना  गुनासाहरु निर्धक्कसङ्ग राख्न सक्छ्यौ । आफ्ना पीडा र वेदनाहरु पोख्न  सक्छ्यौ । पहिलेभन्दा धेरै स्वतन्त्रता अहिले तिमीलाई छ । देशबाट राणा शासन, पञ्चायती शासन, राजतन्त्रात्मक तानाशाही शासन हटिसकेका छन् । देशमा गणतन्त्र आइसकेको छ । तर फूलमती ! तिमी हामीले चाहेको, गरिब दिनदुःखीहरुको ब्यवस्था देशमा अझै आइसकेको छैन । पूर्ण स्वतन्त्रता अझै तिमीलाई प्राप्त छैन । तिमीलाई बाँध्ने जन्जिरहरु अझै नि सबै चुँडिएका छैनन् । सबै काला कानुनहरु अझै नि फेरिएका छैनन् । फेरिएका छन् त केवल कुर्सीमा बस्ने मान्छेहरु । शासन गर्ने मान्छे मात्र फेरिएका छन् । तिमी हामीले  ब्यवहारमा अनुभूति गर्नेगरी कुनै परिवर्तन हुनसकेको छैन अझै । विभेदको  खाडल अझ पुरिएको छैन । विभेदरहित समतामूलक समाज निर्माणका लागि त तिमी हामीले अझ धेरै पसिना बगाउनु जरुरी छ । समतामूलक त्यो समाज सजिलै निर्माण हुने छैन । काँढे तारको कठिनतम बाटो हामीले पार गर्नुपर्ने  हुन्छ । यो व्यवस्थाले त तिमी हामीलाई दिने भनेकै पिरको पहाड हो । त्यो पहाड मनमा बोकेर छमछमी नाच्न को सक्छ र ? तिमी दोधारमा पर्नु  स्वभाविकै हो । त्यसैले फूलमती ! त्यो समतामूलक समाज निर्माणका लागि आऊ हामी हातेमालो गरेर अघि बढौं । एउटा महासमरको यात्रामा । अनि त्यो विभेदरहित, समतामूलक समाजको निर्माणपश्चात नै तिमी नि खुलेर नाच्न सक्नेछौ । खुलेर हाँस्न सक्नेछ्यौ ।

फूलमती ! यो बेला गीत र सङ्गीतमा लागेका तिमीजस्ता कलाकर्मीहरुको कर्तव्य भनेको त्यही विभेदरहित समतामूलक समाज निर्माणका लागि गीत र सङ्गीतका माध्यमबाट पनि जनचेतना जगाउने र राज्यलाइ दवाव सिर्जना  गर्ने हो । देश, समाज र परिवारप्रति जिम्मेवार नागरिक तयार गर्न गीत र सङ्गीतको माध्यमबाट घच्घच्याउने समय हो यो । यस सन्दर्भमा तिमीले चनमती, फूलमतीको माध्यमबाट गरेको प्रयास सराहनीय छ । उत्ताउला, तडक भडक र उच्छृङ्खल गीतहरुको बिगबिगी रहेको बजारमा चनमती, फूलमती  आफ्नो एउटा छुट्टै पहिचान बोकेर आएको छ । यसको शब्द कोर्ने नेत्र अर्याल, लय दिने खेम सेन्चुरी, मीठो स्वर दिने शान्तिश्री परियार, ज्ञानु परियार र खेम सेन्चुरी, भिजुअल निर्देशन गर्ने शिव बिक, अभिनय र नृत्य गर्ने अञ्जली अधिकारी र शान्तिश्री परियार लगायतका कलाकारहरु सबैले आआफ्नो  भूमिकामा न्याय नै गरेका छ्न । सबैको एकीकृत प्रयासबाट एउटा सन्देशमूलक राम्रो गीत बनेको छ । त्यसका लागि ती सबै कलाकारहरुलाई धन्यवाद  नदिइरहन सकिँदैन । र, अझ विशेष धन्यवाद ‘फूलमती’ अर्थात शान्तिश्री परियारलाई । आगामी दिनमा पनि यस्तै सन्देशमूलक गीतहरु सुन्न र हेर्न पाइयोस् । अझ धेरै उन्नति र प्रगतिको हार्दिक शुभकामना !

लेखक प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा रक्तिम साँस्कृतिक अभियानका कलाकर्मी हुन् ।