अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

साउन १९, २०७६- अमेरिकाको टेक्सासमा बन्दुकधारीले गोली चलाउँदा २० जनाको ज्यान गएको छ। एलपासो शहरमा एक बन्धुकधारीको आत्रमणमा परी अन्य २४ जना घाइते भएका छन्।  एलपासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ परेका छन्। उनी एक्लैले गोली चलाएको  प्रहरीको अनुमान छ। उनको नाम प्याट्रिक क्रुसियस रहेको अमेरिकी अधिकारीले जनाएका छन्। उनी डालास क्षेत्रका बासिन्दा हुन्।

आरोपितलाई पक्राउ गर्न गोली नचलाएको स्थानीय प्रहरी जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद भएको बताएका छन्। अमेरिकी नागरिकलाई हतियार राख्न पाउने अधिकारले यस्ता घटनाहरु बारम्बार हुने गरेका छन्।  व्यक्तिलाई हतियार राख्न दिने कि नदिने भन्नेबारेमा ठूलो बहस हुँदै आएको छ। 
source:thahakhabar.com

वडाध्यक्षको निधन

unn.prixa.net

साउन १९ भोजपुर – पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताउनुभयो ।

निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनासाथ निधन भएको वडा सदस्य सुवेदीले बताउनुभयो ।अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी पर्नुभएको पारिवारिक स्रोतले जनाएको छ । source:ujyaalonline

छत्रदेव गाउँपालिकामा सार्बजनिक सुनुवाई सम्पन्न ।

Image may contain: 10 people, including Lekhnath Pokhrel, Rajesh Panthi, Lekali Him and Shivahari Bhattarai, indoor

श्याम घिमिरे
साउन १९ अर्घाखाँची-

Image may contain: 6 people, including Lekhnath Pokhrel

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । छत्रदेव गाउँपालीकाको आयोजना र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सहजिकरणमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०७५÷७६ मा कार्यान्वयन भएका योजना,आयोजना र क्रियाकलापहरुको बारेमा सार्बजनिक सुनुवाई सम्पन्न भएको हो ।

Image may contain: 8 people, including Vishnu Kc and Lekali Him, indoor

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय जनताहरुले सडक,खानेपानी, शिक्षा, स्वास्थ्य,खेल मैदान लगायतका बिभिन्न बिकास निर्माणका पुर्बाधारहरुलाई स्तरोन्ती गर्नुपर्ने कुरामा जोड दिएका थिए । यस्तै स्थानियहरुले पालीकालाई समृद्ध बनाउनको लागी बिकास निर्माणमा सबैको सहकार्य र सहभागीता हुनुपर्ने भन्दै सोही अनुसार कामगर्न पालीकालाई आग्रह समेत गरेका थिए ।

Image may contain: Lekhnath Pokhrel and Lekali Him, people standing

कार्यक्रममा पालिका अध्यक्ष लेखनाथ पोख्रेलले बिभिन्न सरोकारवाला निकाय र राजनितिकदलहरुले बिकास निर्माणका योजनाको बारेमा राखेका प्रश्नहरुको उत्तर दिदैसबै योजना र मागहरुलाई क्रमशः पुरा गर्ने प्रतिबद्धता ब्यक्त गनु भयो ।

Image may contain: 9 people, people sitting and crowd

नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकालीको अध्यक्षता र उपाध्यक्ष गणेश खनालको सञ्चालन र प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको स्वागत तथा सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा पालीका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य सम्शेरदिन मियाँ, वार्ड नं. १ का वडाअध्यक्ष प्रकाशराज पन्थी, ४ का अशोक कुमार श्रेष्ठ, ५ का बालकृष्ण श्रेष्ठ, ६ का कमल पौडेल, नेकपा नेता रामलाल पराजुली, राष्ट्रिय जनमोर्चाका नेता नेत्र गैरे, पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी लगायत स्थानिय बिभिन्न १५ जना भन्दा बढी सहभागीले मन्तव्य राखेका थिए । कार्यक्रममा १३० भन्दा बढी स्थानिय सरोकारवलाहरुको सहभागिता रहेको थियो ।

Image may contain: 6 people, including Ashok Khanal and Gopalprasad Bhattarai, people sitting and crowd
Image may contain: 4 people, including Bishnu Bhusal and Lekali Him, people sitting and indoor
Image may contain: 6 people, including Lekhnath Pokhrel and Lekali Him, indoor
Image may contain: 6 people, people sitting and indoor
Image may contain: one or more people, crowd and indoor
Image may contain: 8 people, including Ashok Khanal, people sitting, crowd and indoor
Image may contain: 10 people, including Lekhnath Pokhrel, Rajesh Panthi, Lekali Him and Shivahari Bhattarai, indoor