राेटरि क्लव अर्घाखाँची काे जिल्ला अधिवेशन सम्पन्न

हिम लेकाली: श्रावण १७, अर्घाखाँची

राेटरि क्लव अर्घाखाँची काे १४ औ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । राेटरि क्लब अर्घाखाँची का अध्यक्ष हरी दमासेकाे अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय सहायक गभर्नर राजेन्द्र ढकालले राेटरि बिपन्न ,असहाय काे दुखकाे साथि बनेकाे बताउँदै राेटरि जनतामा माझमा असल काम गरेर चिनिनु पर्ने बताउनु भएकाे छ ।उहाँले अर्घाखाँची मा किड्नी डाईलाेसिस केन्द्र अावस्यकता भएकाे बताउँदै यस्काे स्थापनाकाे निम्ति संस्था काे तर्फबाट सहयाेग रहने बताउनु भयाे ।अधिवेशनमा राेटरी क्लब दमाैलिका पूर्व अध्यक्ष महेन्द्र अधिकारिले संस्था काे गतिबिधिहरू बारे प्रकाश पार्नु भएको थियाे ।



कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा ,सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले समेत कार्य समितिलाई शुभकामना दिनु भएकाे थियाे । राेटरिका मानार्थ सदस्य समेत रहनु भयका उहाँहरूले संस्था लाई साथ सहयाेग प्रदान गर्ने समेत बताउनु भएकाे छ ।अधिवेशनले हरि प्रसाद दमासेकाे अध्यक्षताकमा २५ सदस्यीय जिल्ला कार्य समितिकाे गठन गरेकाे छ ।


जस्काे उपाध्यक्षमा गाेविन्द राज पाैडेल ,सचिव मा गाेपाल प्रसाद पन्थि ,काेषाध्यक्षमा तिर्थराज घिमिरे रहनु भएकाे छ ।कार्यक्रममा स्वागत राेटरि पूर्व अध्यक्ष लीलाराम गाैतम र सन्चालन सचिव गाेपाल पन्थीले गर्नु भएकाे थियाे ।

उच्चपदस्थको तलब १८ प्रतिशत वृद्धि

साउन १८, २०७६ काठमाडौं  : 

सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार मन्त्रिपरिषदको बैठकले साउन १ देखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको समाचार कान्तिपुर दैनिकमा छ। सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो।

सहकारीको पनि ब्याजदरको सीमा तोकियो, अब १६ प्रतिशत बढी लिन नपाउने

साउन १८, २०७६ काठमाडौं :

सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ। सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाको पनि ब्याजदरको सीमा तोकी दिएको हो।

बैंक तथा वित्तिय संस्थाको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिसअनुसार सहकारी संस्थाको पनि कर्जाको ब्याजदर १६ प्रतिशतभन्दा बढी लिन नपाउने निर्णय गरिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले साउन १९ गते आइतबारबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने व्यवस्था पनि गरिएको स्पष्ट पारे। सरकारले सहकारी संस्थाको ब्याजदर निर्धारणका लागि रजिष्ट्रार पाण्डको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको थियो।

सहकारी विभागले सहकारी क्षेत्रको सुशासनका लागि आवश्यक कार्यविधि र निर्देशिका बनाउने कार्यलाई पनि अघि बढाइएको जनाएको छ। विभागका रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रको सुशासनका लागि पनि कार्यविधि र निर्देशिका आवश्यक रहेको पनि स्पष्ट पारे ।source:thahakhabar