मानव बेचबिखन विरुद्धको १३ औं राष्ट्रिय दिवसको अबसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।


श्याम घिमिरे
भाद्र १४ अर्घाखाँची –

मानव बेचबिखन विरुद्धको १३ औं राष्ट्रिय दिवसको अबसरमा सदरमुकाम सन्धिखर्कमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत सनिबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानिय निकायका प्रतिनिधि,सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि,सञ्चारकर्मी कानुन व्यवसाथी,उधोगी व्यबसायी लगायतको सहभागिता रहेको थियो ।

Image may contain: 2 people, including Prakash Bista, living room and indoor


कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालले आर्थिक सबलीकरणको माध्यमबाट मानव बेचबिखनलाई न्यूनीकरण गर्दे लैजानुपर्ने कुरामा जोड दिनुभयो । उहाँले विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दे लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो ।

Image may contain: 7 people, including Adhikari Parsad Thakur, people sitting and indoor


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टको अध्यक्षता र प्रहरी नायब निरीक्षक भिर्माजुन अधिकारीको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्ने बक्ताहरुले मानव बेचबिखन अन्त्य गर्न सरकारले गरिबी हटाउने कामलाई विशेष जोडदिने नीति लिनुपर्ने,सचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्नुपर्ने र मानव बेचबिखन अन्त्य गर्न भएका कानूनलाई कडाईका साथ कार्यान्वयनमा लैजानुपर्ने लगायतका कुराहरुमा जोड दिनुभएको थियो ।


यसरी मनतब्य राख्नेहरुमा सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,अर्घाखाँची उधोग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,अर्घाखाँची बारका अध्यक्ष टंक प्रसाद पोख्रेल,सामुदायीक प्रहरीका रामबहादुर चौहान,अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक कुमार श्रेष्ठ,सनपा ८ का बडाअध्यक्ष ईश्वरी प्रसाद भुसाल,पुर्ब प्रहरी डिलाराम पाण्डे,स्थानिय सुनिता श्रेष्ठ,पत्रकार नबिन केसी लगायतलका रहनुभएको थियो ।


अर्घाखाँची जिल्लामा हाल सम्म ३ जना ब्यक्तीहरु मानब बेचबिखनमा परेको प्रहरीको भनाई रहेको छ । नेपालमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

Image may contain: 3 people, people sitting, living room and indoor
Advertisement

गंगा आधारभुत बिद्यालयमा शिक्षा र सरसफाइ बिषयक अन्तरकक्षात्मक तीजगीत प्रतियोगिता


सन्धिखर्क एफएम
भदौ १४ अर्घाखाँची –

गंगा आधारभुत बिद्यालय सन्धिखर्क नगरपालिका २ गंगा बालक्लबको आयोजनामा सुक्रबार शिक्षा र सरसफाइ बिषयक अन्तरकक्षात्मक तीजगीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ स्वास्थ्यका लागि पनि अति जरुरी रहेको हुदा र बिद्यार्थीलाई नै नेतृत्व गराउदा नयाँ सृजनात्मक कुराहरु आउने हुदा बाल क्लबकै आयोजना गराई उनै बाट कार्यक्रम गराइएको बिद्यालयका प्रधानाध्यापक प्रदिप भण्डारीले बताए ।

प्रतियोगितामा ७ समुहको सहभागिता रहेको थियो जसमा सन्दिप सुनारको समुह प्रथम, मोनिका पौडेलको समूह द्वितीय,अन्जना खनालको समुह तृतीय र बिन्दु नेपालीको समुह सान्तोना भएका थिए । प्रतियोगीतामा बिजेता टिमलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत नगरपालिका संयोजक मेलिना सिंह ठकुरी, मधु पाण्डे मुखिया, बिद्यालयका शिक्षकहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गंगा बालक्लबको आयोजना, युएनह्याबिटाटको आर्थिक सहयोग र प्रकाश सचेतन समूह (प्राग) को सहजीकरण सम्पन्न भएको हो ।

कार्यक्रम बालक्लबका अध्यक्ष सरिता खनालको अध्यक्षता,बिद्यालयका प्रअ प्रदिप भण्डारीको प्रमुख आतिथ्यता र बालक्लबकी सचिव अनिसा खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

अर्घाखाँची चेम्वर अफ कमर्स द्धारा नवआगन्तुक कार्यालय प्रमुखहरुलाई स्वागत


सन्धिखर्क एफएम
भदौ १४ अर्घाखाँची –

अर्घाखाँची चेम्वर अफ कमर्सले नवआगन्तुक कार्यालय प्रमुखहरुलाई स्वागत गरेको छ । सन्धिखर्कमा सुक्रबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल सहितका कार्यालय प्रमुखहरूलाई स्वागत गरेको हो ।स्वागत कनर्यक्रममा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी पौडेलले निजि क्षत्रसंग हातेमालो गरेर अगाडि बढ्न आफुहरु तयार रहेको भन्दै निजि क्षेत्रलाई उचित वातावरण बनाउन स्थानिय प्रशासन तयार रहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका प्रमुख जयलाल मरासिनि, रामबाण गुल्मका प्रमुख गुल्मपति सुमन थापा, शस्स्त्र प्रहरी ३६ नं गुल्मका प्रमुख माधव रेग्मी समेत लाई चेम्वरले स्वागत गरेको थियो । नवआगन्तुक कार्यालय प्रमुखहरुले निजि क्षेत्रको विकासको लागि आफ्नो कार्यालयले कुनै कसर नराख्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।कार्यक्रम चेम्वरका बरिष्ठ उपाध्यक्ष महेन्द्र सेजवालको स्वागत मन्तव्य, जिल्ला सदस्य हरिप्रसाद भुसालको संचालन र जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

सन्धिखर्क नगरपालिका बडा नं.३ काे अायाेजनामा तिज गित प्रतियाेगिता सम्पन्न

हिम जिसि लेकालि २०७६ भाद्र १४ –

सन्धिखर्क नगरपालिका बडा नं.३ काे अायाेजनामा सन्धिखर्ककाे बराहनेटामा सुक्रबार तिजगित प्रतियाेगिता सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमकाे अध्यक्षता वडा सदस्य श्रृजना बि .क ले गर्नु भएको थियाे । कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले उद्घघाटन मन्तब्य राख्दै बिकास भनेकाे बाटाे घाटाे कुलाे कुलेसाे मात्र नभै कला संस्कृति संरक्षण सम्बर्द्धन पनि भएको बताउनु भएको छ ।

उहाँले तिज सांस्कृतिक पर्बहाे यस्काे यतिहासिक मर्म काे संरक्षण गर्दै तिजलाई भड्किलाे र विक्रत संस्कृतिबाट जाेगाउनु पर्ने बताउनु भयाे । कार्यक्रममा नेकपा वडा नं ३ नं.सचिव चिरन भारति, नेपाली काग्रेस ३ का सभापति गफार मिया ,नगर तरूणदल अध्यक्ष जमशेर मिया ,३ नं .तरूणदल अध्यक्ष सुदिप शाहि ,दुर्गा अाधारभुत बिद्यालय का प्रअ हरि बहादुर खड्का लगायतले तिजकाे शुभकामना मन्तब्य राख्नु भयकाे थियाे ।

प्रतियाेगितामा खापडाडा श्रृजनशिल महिला समूह ले प्रथम स्थान ,स्वास्थ्य अामा समूह छापडाँडा दाेश्राे स्थान ,बराहनेटा महिला कृषक महिला तेश्राे स्थान र बराहनेटा अाधारभुत बिद्यालय ले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजेता टिमलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरियकाे थियाे । उद्घघाटन कार्यक्रमकाे सन्चालन सुदिप के .सि .र स्वागत का बा अध्यक्ष दलिराम साेमैले गर्नु भयकाे थियाे ।

कार्यक्रम काे निर्णायक मण्डल मा लुम्बिनी बाङ्गमय प्रतिष्ठान की राधा अाचार्य, नेपाल सांस्कृतिक संघ का प्रीतम परियार र पत्रकार महासंघ काअध्यक्ष हिम लेकाली ले गर्नु भएको थियाे । कार्यक्रम मा ६ टिमले भाग लियका थिए ।

नेपाली काँग्रेस सनपा १२ द्धारा तीजगीत कार्यक्रम सम्पन्न ।


बिक्रम पाण्डे भदौ १४ अर्घाखाँची –
नेपाली काँग्रेस सन्धिखर्क नगरपालिका वडा न १२ डिभर्नाको आयोजनामा सुक्रबार तीजगीत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मनतब्य राख्दै मुस्कानले देशमा भैरहेको बिकृती बिसङगती , भस्ट्राचार , महङ्गीको विरुद्ध महिला दिदीबहीनीहरुले खबरदारी गर्नु पर्ने बताए । उनले महिला दिदीबहिनीको खबरदारीमा नेपाली काङ्ग्रेसले सदैव साथ दिने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल , जिल्ला समन्वय समिती सदस्य झम्मन कुमारी श्रेष्ठ , नेपाली काङ्ग्रेस जिल्ला सदस्य सीता भुसाल , सनपा १२ वडा अध्यक्ष तथा तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का लगायतको सहभागीता रहेको थियो । कार्यक्रम नेपाली काँङ्ग्रेस वडासभापती लिलाधर बस्यालको सभापतित्व , वडा उपसभापति मेख बहादुर थापाको स्वागत मन्तव्य र सचिव तारा बस्यालको संचालनमा सम्पन्न भएको हो ।