एनएमबीद्वारा १० प्रतिशत लाभांश दिने घोषणा

साउन १२, २०७६ काठमाडौं : एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशतमाथि लाभांश दिने भएको छ। पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबी बैंकले आफ्नो म्युचुअल फण्डअन्तर्गत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीलाई १० प्रतिशतमाथि लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ का ईकाई धनीलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ का ईकाई धनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो घोषणा आगामी कार्तिक ३ गते लागू गरिने पनि जानकारी गराइएको छ। ७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ ५ वर्षे योजना हो।

त्यसैगरी, ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ ले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। एनएमबी क्यापिटलले प्रवर्द्धन गरेको यी दुई सामूहिक योजना सातवर्षे योजना हो। दुवै योजनाको पूँजीको आकार १ अर्ब रहेको छ।
source:thahakhabar

स्कुल विभागमा अड्कियो नेकपा, दुई अध्यक्षसँग तीनवटा विकल्प-सचिवालय सोमबार बस्ने

साउन १२, २०७६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ । स्कुल विभागमा कुरो नमिलेपछि नेकपाको आइतवार बस्ने भनिएको सविचलाय बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ।  स्कुल विभागमा देखिएको विवाद र पार्टी एकतामा देखिएको गतिरोध मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड शनिबार र आइतवार दुई दिन लगातर छलफलमा जुटे।  दुई अध्यक्षको छलफल निचोडमा नपुगेपछि सचिवालय बैठक पनि सोमबारसम्मका लागि सरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षबीचको छलफल निर्णयमा नपुगेपछि सचिवालय बैठक सरेको हो। 

स्कुल विभागका तीन विकल्प

तत्कालीन नेकपा एमालेका नेता इश्वर पोखरेल र तत्कालीन केकपा माओवादी (केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले दाबी गरेपछि स्कुल विभागको विवाद बढेको हो। दुई नेताले आफ्नो बलियो दाबेदारी प्रस्तुतत गरेपछि नेकपाका ३२ विभागमध्ये सबैभन्दा अफ्ठेरो गाँठो यसमै परेको हो।

यस्ता छन् तीन विकल्प

नेकपाले स्कुल विभागमा देखिएको विवाद मिलाउन तीनवटा विकल्पमा छलफल गरिरहेको छ। दुई अध्यक्षले स्कुल विभागबारे तीन विकल्पमा छलफल गरेका हुन् । जसमा यो विभागलाई आफैँले राख्ने, अर्को विकल्पमा विभाग साटेर इश्वर पोखरेललाई दिने र तेस्रो विकल्पमा दुईजना नेतालाई नदिएर तेस्रोलाई दिने गरी छलफल भइरहेको छ ।  यी विकल्पमध्ये यसअघि दुई नेतालाई छाडेर स्कुल विभाग वरिष्ठ नेता झलनाथ खनाललाई दिनेबारे दुई अध्यक्षबीच छलफल भएको थियो । तर त्यसमा पनि निचोड निस्किएन।

एक नेताका अनुसार यी तीनमध्ये उयुक्त एउटा विकल्पमा सहमति निकालेपछि सोमबार नेकपा सचिवालयको बैठक बस्नेछ। ‘स्कुल विभागमा देखिएको विवादको आजसम्म दुई अध्यक्षले टुंगो लगाउने छन्’, तीन नेताले भने, ‘त्यसपछि भोली दिउँसो सचिवालय बैठक बसेर यसको टुंगो लगाउन सक्छ।
source:thahakhabar

ग्लोबल आईएमई बैंकको खिल्जीमा पनि शाखा रहित बैंकिङ सेबाको शुभारम्भ ।

Image may contain: 10 people, including Dhanishwar Pandey and Pralhad Neupane, people smiling

श्याम घिमिरे
साउन ११ अर्घाखाँची

ग्लोबल आईएमई बैंक अर्घाखाँचीले भुमिकास्थान नगरपालीका वडानम्बर ६ को खिल्जीमा शाखा रहित बैंकिङ सेबाको शुभारम्भ गरेको छ । बैंकले खिल्जीको बेलबोटमा सनिबार एक कार्यक्रमको आयोजना गरि शाखा रहित बैंकिङ् सेबाको शुभारम्भ गरेको ग्लोबल आईएमई बैंक अर्घाखाँची शाखा प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिए । शाखा रहित कार्यालयको उद्घाटन गर्दे वडानम्बर ६ का वडाअध्यक्ष झबिलाल बन्जाडेले जनताकोलागि सेबा सुबिधा दिन अगाडि बढेको बैंकलाई वडाको तर्फबाट धन्यवाद दिदै आगामि दिनमा बैंकलाई भरपुर सहयोग गर्ने बताए । सन्धिखर्कमा पाईने सेबा सुबिधाहरू आफ्नै घर आगनमा आएको भन्दै बन्जाडेले बैंकको पहुँच नपुगेको ठाउँमा शाखा रहित कार्यालयको स्थापनाले सबै जनताहरू हर्षित भएको बताए ।

कार्यक्रम बैंकका शाखा प्रबन्धक प्रल्हाद न्यौपानेको अध्यक्षता, धनेश्वर पाण्डेको स्वागत मनतब्य र लेखनाथ पाण्डेको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा कार्यपालिका सदस्य बसन्ता क्षेत्रि,रामबहादुर नेपाली वडासदस्य निमबहादुर बस्नेत , साना किसान सहकारी सन्चालक समिति अध्यक्ष प्रेमनारायण बेल्बासे, स्थानिय समाजसेबि मित्रलाल पोख्रेल,प्रहरी चौकि खिल्जीका प्रमुख देबिबहादुर केसी ,शाखा रहित बैंक बलकोटका प्रतिनिधि बिष्णु भुसाल, ठुलापोखराका प्रतिनिधि धनिश्वर पाण्डे ,वाङ्लाका प्रतिनिधि पशुपति भट्टराई, लगायतले शुभकामना मनतब्य राखेका थिए । अर्घाखाँची जिल्लामा विभिन्न ७ स्थानमा ग्लोलबल आईएमई बैंकले शाखा रहित सेबाको बिस्तार गरेको बैंकका सन्धिखर्क प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिए ।

ग्लोबल आईएमई बैंकका एकै दिन दुईवटा शाखा रहित बैंकिङ सेबाको शुभारम्भ ।

श्याम घिमिरे
साउन ८ अर्घाखाँची –

ग्लोबल आईएमई बैंक अर्घाखाँचीले एकै दिन दुईवटा शाखा रहित बैंकिङ सेबाको शुभारम्भ गरेको छ । बैंकले जिल्लाको पाणिनि गाउँपालिका वडानम्वर ८ को पालि र सोही पालीकाकै वडानम्वर ४ पटौतिको निगालीमा बुधबार एक कार्यक्रमको आयोजना गरि शाखा रहित बैंकिङ् सेबाको शुभारम्भ गरेको ग्लोबल आईएमई बैंक अर्घाखाँची शाखा प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिए ।

Image may contain: 9 people, including Dhanishwar Pandey, people sitting

पालिको शाखा रहित कार्यालयको उद्घाटन गर्दे वडानम्बर ८ का वडाअध्यक्ष मिनराज आत्रेयले जनताकोलागि सेबा सुबिधा दिन अगाडि बढेको बैंकलाई वडाको तर्फबाट धन्यवाद दिदै आगामि दिनमा बैंकलाई भरपुर सहयोग गर्ने बताए । आत्रेयले बैंकको पहुँच नपुगेको ठाउँमा शाखा रहित कार्यालयको स्थापनाले सबै जनताहरू हर्षित भएको भन्दै जनतालाई भरपुर सेबा सुबिधा दिन बैंकलाई आग्रह समेत गरे ।

Image may contain: 8 people, including Bishnu Bhusal, Pitambar Bhusal and Pralhad Neupane, people sitting

कार्यक्रम बैंकका शाखा प्रबन्धक प्रल्हाद न्यौपानेको अध्यक्षता, खबरमियाँ अन्सारीको स्वागत मनतब्य र ईन्सु मियाँको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा वडाअध्यक्ष रिषीराम खनाल,नेपाली काँग्रेसका वडाउपाध्यक्ष मकबुलमोहमत मियाँ, शिवमदन माबिका प्राचार्य राजेन्द्र पौडेल,प्रहरी चौकि पालिका प्रमुख रामनारायण चौधरि,शाखा रहित बैंक बलकोटका प्रतिनिधि बिष्णु भुसाल, ठुलापोखराका प्रतिनिधि धनिश्वर पाण्डे ,वाङ्लाका प्रतिनिधि पशुपति भट्टराई,पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मनतब्य राखेका थिए ।

Image may contain: 4 people, including Pralhad Neupane and Bishnu Bhusal, people standing and outdoor

यस्तै निगालीमा आयोजित कार्यक्रममा मनतब्य राख्दै वडा नम्बर ४ का वडाअध्यक्ष स्थानेश्वर घिमिरेले सन्धिखर्क बुटवल पाल्पा लगायतका ठाँउहरुमा पाईने सेबा सुबिधाहरू आफ्नै घर आगनमा आएको भन्दै बैंक परिबारलाई धन्यवाद ज्ञापन प्रदान गरे । घिमिरेले थप सेवा सुबिधाहरू उपलब्ध गराउन बैंकलाई आग्रह पनि गरे ।

Image may contain: outdoor
Image may contain: 5 people, people sitting, crowd and outdoor

अर्घाखाँची जिल्लामा यी दुई सेबा सहित जिल्लाका विभिन्न ६ स्थानमा ग्लोलबल आईएमई बैंकले शाखा रहित सेबाको बिस्तार गरेको बैंकका सन्धिखर्क प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिए ।

Image may contain: 8 people, including Dhanishwar Pandey and ML Kc, people sitting and people eating
Image may contain: 7 people, including Shovakar Pokhrel, people sitting
Image may contain: 9 people, people sitting
Image may contain: 7 people, including Pralhad Neupane, people smiling, people sitting and people standing
No photo description available.
No photo description available.
Image may contain: outdoor
Image may contain: 6 people, people smiling, outdoor
Image may contain: 6 people, including Bishnu Bhusal, Dhanishwar Pandey and Pralhad Neupane, people sitting
Image may contain: 4 people, including Pralhad Neupane and Bishnu Bhusal, people standing

पाणीनी गाउँपालीकामा कृषक समुहलाई बोयर बोका हस्तान्तरण ।

श्याम घिमिरे
साउन ५ अर्घाखाँची –

पाणिनी गाउँपालिका अर्घाखाँचीको आयोजनामा श्रोत केन्द्र स्थापना कार्यक्रम तथा उन्नत जातका बोयर बाख्रा कृषक समुहलाइ हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले किसानहरुलाई कृषि तथा व्यवसायिक पशुपालनमा आत्मनिर्भर बनाउने उद्वेश्यले आइतबार एक कार्यक्रमको आयोजना गरि सत प्रतिशत उन्नत जातका बोयर बाख्राहरु हस्तान्तरण गरेको हो । बोयर बाख्रा हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै गाउँपालिका अध्यक्ष अच्युत गौतमले अबको ५ बर्ष भित्रमा गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए ।

गौतमले किसान लक्षित कार्यक्रमहरु वास्तविक किसान सम्म पु¥याई युवाहरूलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने मुख्य उद्वेश्यका साथ गाउँपालिका अगाडी बढेकोले महान कार्यमा सबैको सहयोग र सर्मथनको आबश्यक रहेको बताए । गाउँपालिकाले बिनियोजन गरेको रु १ करोड ४ लाख मध्ये ८० लाख मात्र खर्च गरेर अस्ट्रेलियाबाट उन्नतजातका १६ वटा पाठी र ८ वटा बोकाहरु खरिद गरिएको अध्यक्ष गौतमले बताए । गौतमले धेरै लामो प्रयास पछि अस्ट्रेलियाबाट बाख्रा ल्याउन सफल भएको भन्दै बाख्रा ल्याउने कार्यमा सहयोग गर्ने सबैलाई निकायलाई धन्यवाद समेत दिए ।

पालीका उपाध्यक्ष लक्ष्मी गौतमले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले विदेशिएका युवाहरूलाई स्वदेशमै फर्कन आग्रह गरिन् । प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले पालीकाले आब ०७६\७७ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेको बताए ।

गाउँपालिकाको मैदान, अड्गुरी र पोखराथोक गरी तिन स्थानमा श्रोत केन्द्र स्थापना गरि बाख्राहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा ३ वटा श्रोत केन्द्र लाई ६\६ र श्रोत केन्द्र स्थापना नभएका वडालाइ १\१ वटाका दरले बोयर जातको बोका बितरण गरिएको पालीकाले जनाएको छ । कार्यक्रम कृषि प्राविधिक दधिराम घिमिरेको सन्चालनमा सम्पन्न भएको हो ।