रवीन्द्र अधिकारीको उत्तराधिकारी भएर आएँ, उहाँका अपुरा काम पूरा गर्नेछु : पर्यटन मन्त्री भट्टराई

unn.prixa.net

साउन १५,  काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको छ ।

बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग लिएसँगै उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्नु भएको हो ।

कार्यकक्षमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले आफू काम लगाउनभन्दा पनि सिक्न आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘म काम लगाउन आएको होइन, सिक्न आएको हो ।’ उहाँले सबैले मिलेर काम गरेमा अघि बढ्ने सकिने बताउनुभयो । 

त्यस्तै उहाँले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँका अपुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो । 

लामो समय सुखदुःखमा अधिकारीसँगै रहेको बताउँदै नवनियुक्त मन्त्री भट्टराईले भन्नुभयो, ‘घनिष्ट मित्र गुमायाैँ । म सम्झन चाहन्छु । लामो समय बिताइयो, सुख दुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, तर घटनालाई जित्न सकेनौँ ।’

त्यस्तै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीकै रुपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसो भन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’

त्यस्तै उहाँले रवीन्द्र अधिकारीले अगाडि सारेका कामहरु पूरा गर्ने बताउनुभयो । ‘म यहाँ एउटा परिस्थितिले आकस्मिक रुपमा आएँ, रवीन्द्र अधिकारीका अपुरा काम पूरा गर्नेछु ।’

नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा विभागीय मन्त्री नहुँदा कामकारबाहीमा समस्या उत्पन्न हुँदै आएको थियो ।  रिक्त रहेको सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त गर्न पार्टी भित्रैबाट दबाब थियो । प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्री बनाउने विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग छलफल नै गर्नुभएको थियो ।

नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

यसअघि चुनावका बेला ताप्लेजुङमा भएको चुनावी सभामा ओलीले ‘योगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेरो भयो’ भन्ने अभिव्यक्ति नै दिनुभएको थियो ।

भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । भट्टराईको १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउनुभएको थियो । source:ujyaaloonline

पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथ

unn.prixa.net

साउन १५, २ काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको सपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाई सपथ गराउनुभएको हो ।गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो । 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले बुधबारदेखि नै कार्यभार सम्हाल्नु भएको छ ।

नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा रिक्त रहेको सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त गर्न पार्टी भित्रैबाट दबाब थियो । प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्री बनाउने विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग छलफल नै गर्नुभएको थियो ।नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।  

यसअघि चुनावका बेला ताप्लेजुङमा भएको चुनावी सभामा ओलीले ‘योगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेरो भयो’ भन्ने अभिव्यक्ति नै दिनुभएको थियो । भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजार भन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । भट्टराईको १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउनुभएको थियो ।  source:ujyaaloonline

पत्रकार आचार्यलाई प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार

सन्धिखर्क एफएम, साउन १४ काठमाण्डौ –यस बर्षको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्यलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु २० हजार राशीको पुरस्कार आचार्यलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले नगद २० हजार सहित सम्मान पत्रले पुरस्कृत गर्नु भएको हो ।

अर्घाखाँची जिल्लामा रही विगत १२ बर्ष देखि व्यवसायीक रुपमा सक्रिय पत्रकार आचार्यले , अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक , एभिन्युज टेलिभिजन, उज्यालो नेटवर्क र रेडियो देउराली लगायतका मिडियामा कार्यरत हुनुहुन्छ ।