नेकपाले टुंग्यायो सबै जिल्लाका इञ्चार्ज र सह इञ्चार्ज (नामसहित)

unn.prixa.net

साउन ५, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ । 

बैठकले विभिन्न संगठन, तथा विभागहरुको गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका विषयमा निर्णय लिने भनिएको थियो । तर नेताहरुबीच कुरा मिल्न नसक्दा बैठक मंगलबारसम्मका लागि सरेको स्रोतको दावी छ । 

संगठन विभाग, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान, आर्थिक, प्रचार विभागलगायतमा नेताहरुबीच लगभग सहमति भए पनि पार्टीको स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषय पेचिलो बन्दा आजको बैठक सरेको बुझिएको छ ।  

स्कुल विभाग पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा विवाद कायमै छ । स्कुल विभागमा पूर्व एमालेका ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को दावेदारी छ । 

यसैबीच आइतबार बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा नेकपा नेता बामदेव गौतमले भने आफूले संगठन विभागको नेतृत्व पाउने निश्चित भएको दावी गर्नुभयो । बैठक अपेक्षित सकारात्मक भएको र आफूले नै संगठनको विभाग पाउने पक्का भएको उहाँले दावी गर्नुभयो । 

तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने अहिले विभागको नेतृत्वका बारेमा कुनै टुंगो नलागेको बताउनुभयो । 

बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको भने टुंगो लगाएको छ । यसका साथै जिल्ला कमिटीकै  मान्यता पाएको ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ । 

मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले भने सबै विभाग र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।  

नामावली यसप्रकार छ:अन्तिम अपडेट: 

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.

सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको मृत्यु

unn.prixa.net

 साउन ५,  सोलुखुम्बु – सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको छ । थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो ।घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो । झगडा के कारणले भयो भन्नेबारे पत्ता लाग्न सकेको छैन । भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

नेकपा सचिवालय बैठक आज

साउन ५, २०७६ काठमाडौ : सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबार बस्दै छ।  आज दिउँसो १ बजे  प्रधानमन्त्री निवास बालुवाटारमा  बस्ने बैठकले पार्टी एकता प्रक्रियालाई टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने छ।  नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ। यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ।

यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ। तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ। source:thahakhabar

माइला लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा- नख्खु, घट्टेकुलो र सुकेधारा विस्फोटमा संलग्न भएको अभियोग

साउन ५, २०७६ काठमाडौं : शनिबार मध्यराति काठमाडौंको काँडाघारीबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य माइला लामाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ।  २०७५ फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विस्फोट गराउँदा लमजुङका सिंहबहादुर गुरुङको ज्यान गएको घटनामा लामाविरुद्ध पनि मुद्दा चलाइने भएको छ।  जिल्ला अदालत लतिलपुरमा यसअघि नै दर्ता भएको बम विस्फोट र कर्तब्य ज्यान मुद्दामै लामाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले यसअघि नै दर्ता भइसकेको मुद्दामा लामालाई पनि म्याद थपेर कारबाही अघि बढाइने बताए ।  विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ  एनसेलमा बम विस्फोटन प्रकरणमा प्रहरीले यसअघि विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित ६ जनालाई यही मुद्दा चलाएर नख्खु जेलमा चलान गरिसकेको छ । हेमन्तप्रकाशविरुद्ध प्रहरीले घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा पनि प्रतिवादी बनाएर मुद्दा अघि बढाएको छ।

विप्लवको उपत्यका इन्चार्ज भएकाले प्रहरीले लामालाई नख्खु, घट्टेकुलो र सुकेधारा विस्फोटका प्रमुख योजनाकार मानेको छ । तर नख्खुमा बम विस्फोटको जिम्मेवारी भने हाल जेलमा रहेका वलीले लिएका थिए।  नख्खु विस्फोटपछि उक्त घटनामा संलग्न भएका अभियोगमा पक्राउ परेका सुदर्शनसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार र वीरबहादुर कठायत जेलमा छन्।  फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको विस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङले ज्यान गुमाएका थिए। घट्टेकुलो र सुकेधारामा जेठ ५ गते भएको विस्फोटमा ५ जनाले ज्यान गुमाएका थिए।

जेठमा भएको विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो।   घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो। प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए। पक्राउ परेकाले लामाको नाम लिएका थिए।  पक्राउ परेका लामाको घर काठमाडौँको नागार्जुन नगरपालिकास्थित डाँडागाउँ हो।  source:thahakhabar

घुसमा लिप्त इन्जिनियर : दुई दिनमै ३२ लाख रूपैयाँसहित सातजना पक्राउ

योजनाको बिल पास गर्दा धमाधम घुस

साउन ४, २०७६ काठमाडौं :  जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारी आर्थिक वर्षको मैजारोसँग घुसको रकम थान्को लाउन काठमाडौं आउँदैथिए।  आर्थिक वर्षको अन्त्यका क्रममा अधिकारीले दोलखास्थित विभिन्न विकास आयोजनाको बिल मिलाउँदा लिएको घुसको रकम व्यवसथापन गर्न आएका अधिकारी भक्तपुरको जगातीबाट शुक्रबार पक्राउ परे। उनी विभिन्न उपभोक्ता समितिसँग लिएको घुसको बिटो बोकेर बा. १ झ ५२८० नम्बरको सरकारी गाडीमै चढेर काठमाडौँ छिर्दैथिए। तर सरकारी पदमा बसेर गरेको बदमासी यसपटक ढाकछोप गर्न सकेनन् उनले अनि अख्तियारको फन्दामा परे।  अधिकारीले घुस लिएर काठमाडौँ हान्निएको जानकारी दोलखास्थित घुस दिने उपभोक्ताहरुले नै अख्तियारसम्म पुर्याएका थिए। घुस लिएको रकमसहित काठमाडौँ छिरेको भरपर्दो सूचना पाएपछि अख्तियारले अधिकारीलाई बाटैबाटै पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार अधिकारी सवार गाडीमा खानतलासी गर्दा १३ लाख ३८ हजार ५ सय रुपैयाँ भेटियो। दोलखाबाट उजुरी परेअनुसार नै रकम भेटिएपछि उनलाई अख्तियारको टोलीले तत्कालै नियन्त्रणमा लिएको हो। 

अर्का इन्जिनियर पनि समातिए

अधिकारीसँगै अर्का इन्जिनियर पनि अख्तियारको फन्दामा परेका छन्। उनी हुन् जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह। अख्तियारले अधिकारीसँगै आएका साहको साथबाट पनि घुसवापद लिएको एक लाख २९ हजार एक सय पाँच रुपैयाँ बरामद गरेको छ। 

गाडी चालक पनि पक्राउ

घुस बोकेका हाकिमलाई पुर्याउन आएका बा १ झ ५२८० नम्बरको गाडीका सवारी चालक सुमन खड्का पनि अख्तियारको फन्दामा परेका छन् । दोलखास्थित कार्यालयकै टोयोटा हाइलक्स गाडीमा हाकिमलाई बोकेर आएका खड्कालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता कोइरालाले बताए। 

तीनजनालाई १५ लाख घुस 

शुक्रबार १४ लाख भन्दा बढी घुससहित भक्तपुरबाट सिचाईँका हाकिमसहित तीनजनालाई पक्राउ गरेको अख्तियारले शनिबार बर्दियामा १५ लाख रुपैयाँ घुससहित तीनजना इन्जिनियरयालाई समात्यो। अख्तियारको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सार्वजनिक विदाको दिन शनिबार दिउँसो एकै स्थानबाट तीन इन्जिनियरसहित चारजनालाई घुससहित रंगेहात समात्यो।  कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका तीनजना इन्जिनियर कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरिप्रसाद चौधरीलाई घुस लिइसकेको अवस्थामा अख्तियारको नेपालगञ्ज कार्यालयको टोलीले १५ लाख रुपैयाँ घुससहित समातेको हो।  कर्णाली नदी व्यवस्थापन निर्माण योजनामा तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुसको लेनदेन भइरहेको पूर्वसूचना पाएपछि नेपालगञ्जबाट अख्तियारको टोली बर्दियाको गेरूवा गाउँपालिका–१ मा पुगेको थियो। तीनजना इन्जिनियरले घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले फन्दामा पारेको हो।

चालक पनि समातिए

उक्त घुस प्रकरणमा इन्जिनियरहरुका सवारी चालक टंकप्रसाद ओझा पनि पक्राउ परेका छन्। अख्तियारका अनुसार उनी पनि घुस लेनदेनमा संलग्न थिए। ओझाले पनि घुसमा बार्गेनिङ गरेको पाइएपछि फन्दामा परेका हुन्। 

सव-इन्जिनियर उमा फन्दामा 

घुसको मामिलामा महिला–पुरुष दुवै उस्तै देखिएका छन्। शुक्रबार मात्रै अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सिरहाबाट सब–इन्जिनियरर उमा श्रेष्ठलाई पक्राउ गर्यो।  सिरहाको गोलबजार नगरपालिकाकी सब–इन्जिनियर उमा श्रेष्ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराइदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले पक्राउ गरेको हो। सब–इन्जिनियर श्रेष्ठलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा बसपार्कस्थित अशोक साहको होटलबाट शुक्रबार रंगेहात पक्राउ गरेको हो  

अर्का इन्जिनियर पक्राउ

अख्तियारले बिहीबार सर्लाहीबाट पनि अर्का इन्जिनियरलाई समातेको थियो । सर्लाहीको रामनगर गाउँपालिकामा कार्यरत इन्जिनियर रामजीबाबु यादवलाई घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले पक्राउ गरेको हो।  अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार यादवले गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्न (विद्युतको पोल, तार, ट्रान्सफर्मर) प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइ दिएबापद ५० हजार रुपैयाँ घुस लिएका थिए।  इन्जिनियर यादवले घुस मागिरहेको सूचना पाएपछि अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यादवलाइए सेवाग्राहीसँग ५० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा मलंगवा नगरपालिका–१०, अशोका होटलबाट बिहीबार नियन्त्रणमा लिएको हो।   

कम्प्युटर अपरेटर पनि उस्तै 

अख्तियारले तनहुँको दमौलीबाट पनि बिहीबारै एकजना कम्प्युटर अपरेटरलाई घुससहित समातेको छ।  डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सलटेन्सीका सुमित शाहीलाई पनि अख्तियारले समातेको हो।  पौडेल र शाहीले सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट गएको टोलीले एक लाख ७५ हजार रुपैयाँ घुससहित समातेको हो ।  दुवैजना घुस लिएको रकम व्यवस्थापनका लागेका बेला डिभिजन सडक कार्यालय, दमौली परिसरबाटै उक्त रकमसहित रङ्गेहात पक्राउ परेका कोइरालाले बताए ।

किन समातिए

आर्थिक वर्षको अन्त्यमा इन्जिनियर र ओभरसियरहरुलाई भ्याइनभ्याइ हुन्छ। ठेकेदारदेखि उपभोक्तासम्म हिउँदभरी काम गर्दैनन्। बर्षा लागेपछि जेठबाट उनीहरुलाई भ्याइ नभ्याइ हुन्छ।  चुँदो झरीमा हिलोबीच गरेको कामका गुणस्तर बस्ने कुरै भएन। अझ प्राविधिकहरुले त बर्षायाममा सडक पिच र निर्माण जस्ता काम गर्नु बालुवामा पानी जस्तै हुने बताउँछन्।  यस्तो बेलामा उपभोक्ता समितिदेखि ठेकेदारसम्म बढी भन्दा बढी बिल मिलाउन खोज्छन्।

थोरै कामको पनि धेरै बिल पास गराउन खोज्दा त्यहीँनिर इन्जिनियर र ओभरसियरहरुले अड्को थापेर घुस माग्छन्। त्यो घुस इन्जिनियर, ओभरसियरबाट कार्यालय प्रमुखसम्म पुग्छ।  आर्थिक वर्षको मैजारो भइसक्दा पनि कर्मचारीहरूले घुस लिन छाडेका छैनन्। यी शुक्रबार र शनिबार मात्रै सातजना इन्जिनियरहरू ३२ लाख ४२ हजार ६ सय ५ रूपैयाँ घुससहित पक्राउ परे। 
source:thahakhabar.com