
श्याम घिमिरे
साउन ३ अर्घाखाँची –
व्रह्मकुमारी ईस्वरीय बिश्व बिद्यालय अर्घाखाँची केन्द्रको आयोजनामा यही साउन ६ गते देखी १२ गते सम्म सन्धिखर्कमा निशुल्क स्वास्थ्य एवं खुसीयाली जिबन अनुभुति सम्बन्धी एक हप्ते शिबीर सन्चालन हुने भएको छ ।

शिबिर सन्चालन सम्बन्धी जानकारी दिने उद्धेश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा मनतब्य राख्दै केन्द्र सन्चालीका ब्रह्मकुमारी कृतिले चुत्राबेसीको होटल डायमण्डमा बिहान ४ बजे देखी ७ बजे सम्म दैनिक ३ घण्टा शिबिर सन्चालन हुने जानकारी गराउनुभएको हो ।

शिबिरमा शारीरिक ब्यायम, आसन, उपयुक्त खानपान रहनसहन तथा मेडिटेसन द्वारा शारीरीक तथा मानसिक स्वास्थ लाभ, सकारात्मक सोचको माध्यम द्वारा तनाब र क्रोध मुक्त जीवन , परमात्मको सम्बन्ध र राजयोग मेडिटेसन द्वारा कार्य कुशलता एबम कार्य दक्षतामा वृद्धि , मनलाई सकारात्मक दिशा दिन कर्म सिद्धान्तको रहस्य द्वारा सुमधुर पारीबारिक एवं सामाजिक सम्बन्ध, आन्तरिक खुशी तथा उच्च स्तरीय जिबनशैली सम्बन्धित बिषयमा केन्दीत रहेर शिबिर सन्चालन गरीने कृतिले जानकारी दिनुभयो । यस्तै कृतिले निशुल्क रुपमा सन्चालन हुने शिबिरमा सहभागी भै मनलाई निरोगी बनाउन सबैलाई आग्रह समेत गर्नुभयो । शिबिरमा मुख्य प्रशिक्षकको रुपमा स्वास्थ्यकर्मी नबिन पन्थी रहने जनाईएको छ ।
