
श्याम घिमिरे अर्घाखाँची असार २८ –
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जिल्लामै पहिलो पटक सौन्र्दर्य तालीम हुने भएको छ । बालबालीकाहरुमा लुकेर रहेका बिभिन्न खाले प्रतिभाहरुलाई प्रस्फुटनगर्ने उद्धेश्यका साथ A&A EVENTS संस्था कपिलबस्तुको आयोजनामा mr.&miss अर्घाखाँचीको आयोजना गर्ने आयोजक संस्था A&A EVENTS का सिईओ अनमोल सिंहले जानकारी दिए ।
सन्धिखर्कमा रहेको होटल साथी प्रालीमा यही श्राबण ४ गते सनिबार सन्चालन हुने (अडिसन) कार्यक्रमको स्थानीय रुपमा आकार नृत्य तथा म्युजिक सेन्टरले समन्वय गरेको सिंहले बताए । कार्यक्रममा १३ बर्ष देखी २५ बर्ष सम्मका युबायुबतिहरु सहभागी हुन पाउने उनले बताए । १५ देखी २० दिन सम्म सन्चालन हुने कार्यक्रमा सहभागी हुन फर्म शुल्क बापत रु पाँच सय र तालीम शुल्क बापत रु १५ हजार लाग्ने सिंहले बताए ।
तालीमको मुख्य प्रशिक्षक मोडल तथा कोरीयोग्राफर अस्मिता भट्टराई र मुख्य उद्घोषक सुमन श्रेष्ठ रहने सिंहले जनाए । यसअघि असार २८ गते सनिबार हुने भनिएको (अडिसन) कार्यक्रम प्रतिकुल मौसमको कारण स्थगन गरीएको समेत श्रेष्ठले जानकारी दिए ।