घनश्याम पौडेल
सन्धिखर्क एफएम असार २५ अर्घाखाँची –

नेपाली काँग्रेस मालारानी गाउँपालिकाकाे ४ दिने पशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काँग्रेस मालारानी गाउँपालिकाकाे अायाेजनामा वडा नम्बर ८ कमेरेपानिमा पशिक्षण दिदै नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसालले काँग्रेसकाे संगठन मजवुद बनाउँन सबै एक हुनुपर्नेमा जाेड दिए ।

भुसालले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेकाे बताए । नेता भुसालले काँग्रेसका सैद्धान्तिक कुराकाे बारेमा जानकारी गराए । उनले समाजवादकाे व्यवस्थामा देशका सवै नागरिककाे सुरक्षा सरकारले ग्यारेन्टी गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, खाद्यान्नकाे व्यवस्था सरकारले पूरा गर्नुपर्नेमा वर्तमान सरकार जनताकाे हितका लागि काम नगरेकाे अाराेप लगाए । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले काँग्रेस मालारानीले सुरू गरेकाे पशिक्षण कार्यक्रम राखेकाेमा धन्यवाद व्यक्त गरे ।

उनले काँग्रेस अर्घाखाँची पहिलाे चरणकाे जागरण अभियान सम्पन्न गरेकाे बताए । दाेस्राे चरणकाे जागरण भदाैमा हुने जानकारी गराए । नेपाली काँग्रेसका केन्द्रीय नीति, अनुसन्धान प्रतिस्ठान प्रशिक्षण सदस्य याेगराज कँडेल र छन्दबहादुर पहराईले परिक्षण दिएका थिए ।

कार्यक्रममा पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, प्रदेश सभा सदस्य निर्मला क्षेत्री, क्षेत्रिय सभापति अच्युत गाैतम, महासमिति सदस्य केशव श्रेष्ठ, यादव घिमिरे, जिल्ला सदस्यहरू लाेकेन्द्र विक, माधव पाैडेल, विष्णु क्षेत्री, सीता भुसाल, महिला संघका क्षेत्रिय सभापति शान्ता खनाल, शिक्षक संघ मालारानीका अध्यक्ष शाेभाखर खनाल, तरूण दलका लिलामणि पाेख्रेल, हंसपुरका सभापति गाेपाल विसि, गाेंखुगाका सभापति कविराम पाैडेल लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस मालारानीका सभापति शोभाखर खनालको अध्यक्षता, क्षेत्रिय प्रतिनिधि ईन्द्र रेग्मीकाे सञ्चालन र डुकप्रसाद पाेख्रेलकाे स्वागतमा सम्पन्न भएकाे नेपाली काँग्रेस प्रचारप्रसार विभागका सदस्य घनश्याम पाैडेलले जानकारी दिएका छन् ।
