सागर महत असार २५ अर्घाखाँचि – सन्धिखर्क नगरपालिका शिक्षा युवा खेलकुद् शाखा अर्घाखाँचीको आयोजना तथा जिल्ला युवा समिती अर्घाखाँचीको समन्वयमा नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम एक कार्यक्रमका बिच सन्धिखर्कमा सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख कमल प्रसाद भुसालले विशेष गरी समाज परिवर्तन गर्ने मुख्य गरी तालिममा १६ बर्ष देखी २४ बर्षका युवायुवतीलाई समेटेर नेतृत्व बिकास कार्यक्रम संन्चालन गरीएको बताउनु भयो । उहाले यस्तो खालको कार्यक्रमले समाजमा सकारात्म शन्देश दिने बताउदै यस्ता कार्यक्रम आगामी बर्ष पनि संन्चालन गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला युवा समितीका अध्यक्ष लिल बहादुर बिक, युवा तथा खेलखुदशाखा अर्घाखाँचीका प्रमुख युगल नाराण बस्याल, जिल्ला यृवा समिती कपिलवस्तु अध्यक्ष टुकलाल गैरै, युवा संघ नेपाल अर्घाखाँचीका अध्यक्ष गोबिन्द आचार्य ५ नम्बर प्रदेश सदस्य पत्रकार सोभाखर पन्थी पत्रकार महासंघ अर्घाखाँचीका सचिव सुर्य भुसाल ,पत्रकार सागर महत लगायतको सहभागी रहेको थियो ।
कार्यक्रम सामाजिक विकास समितीका संयोजक इश्वरी प्रसाद भुसालको, स्वागत मन्तव्य प्रमुख प्रसासकीय अधिकृत जिवन ज्ञवालीको अध्यक्षता र चोपलाल बेल्बासेको संन्चालन भएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका भित्रका ३१ जना युवायुवती सहभागीता भएका छन । तालिम २६ गते सम्म संन्चाल हुने छ ।