अर्घाखाँचीमा ३३.१७ प्रतिशत नीजि आवास पुनःनिर्माण सम्पन्न


श्याम घिमिरे
असार २४ अर्घाखाँची
अर्घाखाँचीका ३३.१७ प्रतिशत भुकम्प पीडितको घर निर्माण सम्पन्न भएको छ । असार तेस्रो साता सम्म ३३.१७ प्रतिशत भुकम्प प्रभावितले घर निर्माण कार्य सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अर्घाखाँचीले जनाएको छ । २०७२ सालको बिनासकारी भुकम्पबाट जिल्लामा १ हजार ३७ घरहरु क्षेती भएका थिए । ती मध्ये ४ सय २१ लाभग्राहीले दोस्रो किस्ता बापतको अनुदान रकम बुझिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख बलराम मिश्रले जानकारी दिनुभयो ।

जिल्लामा अहिले सम्म ९ सय ५३ जनाले सम्झौता गरी पहिलो किस्ता बुझेका छन् ।प्रवलिकरणमा परेका ६७ जना मध्य कसैलेपनि हाल सम्म काम अगाडी नबढाएको कार्यालयले जनाएको छ । लाभग्राही सुचिमा परेका ८४ जनाले अझैपनि पहिलो किस्ता बापतको अनुदान रकम बुझेका छैनन् भने ८ जनाले पहीलो किस्ता बापत बुझिलिएको ५० हजार रुपैया फिर्ता गरी लाभग्राही सुचिबाट हटेको मिश्रले बताउनु भयो ।

Advertisement

नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम सन्धिखर्कमा सुरु

सागर महत असार २५ अर्घाखाँचि – सन्धिखर्क नगरपालिका शिक्षा युवा खेलकुद् शाखा अर्घाखाँचीको आयोजना तथा जिल्ला युवा समिती अर्घाखाँचीको समन्वयमा नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम एक कार्यक्रमका बिच सन्धिखर्कमा सुरु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख कमल प्रसाद भुसालले विशेष गरी समाज परिवर्तन गर्ने मुख्य गरी तालिममा १६ बर्ष देखी २४ बर्षका युवायुवतीलाई समेटेर नेतृत्व बिकास कार्यक्रम संन्चालन गरीएको बताउनु भयो । उहाले यस्तो खालको कार्यक्रमले समाजमा सकारात्म शन्देश दिने बताउदै यस्ता कार्यक्रम आगामी बर्ष पनि संन्चालन गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला युवा समितीका अध्यक्ष लिल बहादुर बिक, युवा तथा खेलखुदशाखा अर्घाखाँचीका प्रमुख युगल नाराण बस्याल, जिल्ला यृवा समिती कपिलवस्तु अध्यक्ष टुकलाल गैरै, युवा संघ नेपाल अर्घाखाँचीका अध्यक्ष गोबिन्द आचार्य ५ नम्बर प्रदेश सदस्य पत्रकार सोभाखर पन्थी पत्रकार महासंघ अर्घाखाँचीका सचिव सुर्य भुसाल ,पत्रकार सागर महत लगायतको सहभागी रहेको थियो ।

कार्यक्रम सामाजिक विकास समितीका संयोजक इश्वरी प्रसाद भुसालको, स्वागत मन्तव्य प्रमुख प्रसासकीय अधिकृत जिवन ज्ञवालीको अध्यक्षता र चोपलाल बेल्बासेको संन्चालन भएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका भित्रका ३१ जना युवायुवती सहभागीता भएका छन । तालिम २६ गते सम्म संन्चाल हुने छ ।

नेपाली काँग्रेस मालारानीकाे ४ दिने पशिक्षण सम्पन्न

घनश्याम पौडेल
सन्धिखर्क एफएम असार २५ अर्घाखाँची

Image may contain: 1 person, standing

नेपाली काँग्रेस मालारानी गाउँपालिकाकाे ४ दिने पशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काँग्रेस मालारानी गाउँपालिकाकाे अायाेजनामा वडा नम्बर ८ कमेरेपानिमा पशिक्षण दिदै नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसालले काँग्रेसकाे संगठन मजवुद बनाउँन सबै एक हुनुपर्नेमा जाेड दिए ।

Image may contain: one or more people and people standing

भुसालले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेकाे बताए । नेता भुसालले काँग्रेसका सैद्धान्तिक कुराकाे बारेमा जानकारी गराए । उनले समाजवादकाे व्यवस्थामा देशका सवै नागरिककाे सुरक्षा सरकारले ग्यारेन्टी गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, खाद्यान्नकाे व्यवस्था सरकारले पूरा गर्नुपर्नेमा वर्तमान सरकार जनताकाे हितका लागि काम नगरेकाे अाराेप लगाए । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले काँग्रेस मालारानीले सुरू गरेकाे पशिक्षण कार्यक्रम राखेकाेमा धन्यवाद व्यक्त गरे ।

Image may contain: 12 people, including Sita Bhusal, people smiling, people sitting and indoor

उनले काँग्रेस अर्घाखाँची पहिलाे चरणकाे जागरण अभियान सम्पन्न गरेकाे बताए । दाेस्राे चरणकाे जागरण भदाैमा हुने जानकारी गराए । नेपाली काँग्रेसका केन्द्रीय नीति, अनुसन्धान प्रतिस्ठान प्रशिक्षण सदस्य याेगराज कँडेल र छन्दबहादुर पहराईले परिक्षण दिएका थिए ।

Image may contain: 7 people, including Sita Bhusal, people smiling, people sitting

कार्यक्रममा पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, प्रदेश सभा सदस्य निर्मला क्षेत्री, क्षेत्रिय सभापति अच्युत गाैतम, महासमिति सदस्य केशव श्रेष्ठ, यादव घिमिरे, जिल्ला सदस्यहरू लाेकेन्द्र विक, माधव पाैडेल, विष्णु क्षेत्री, सीता भुसाल, महिला संघका क्षेत्रिय सभापति शान्ता खनाल, शिक्षक संघ मालारानीका अध्यक्ष शाेभाखर खनाल, तरूण दलका लिलामणि पाेख्रेल, हंसपुरका सभापति गाेपाल विसि, गाेंखुगाका सभापति कविराम पाैडेल लगाएतले मन्तव्य राखेका थिए ।

Image may contain: 5 people, people smiling, people sitting

कार्यक्रम नेपाली काँग्रेस मालारानीका सभापति शोभाखर खनालको अध्यक्षता, क्षेत्रिय प्रतिनिधि ईन्द्र रेग्मीकाे सञ्चालन र डुकप्रसाद पाेख्रेलकाे स्वागतमा सम्पन्न भएकाे नेपाली काँग्रेस प्रचारप्रसार विभागका सदस्य घनश्याम पाैडेलले जानकारी दिएका छन् ।

Image may contain: 1 person, standing

युवाहरुका लागि ३ दिने नेतृत्व विकास तालिम सम्पन्न


सन्धिखर्क एफएम २४ असार २०७६ –
छत्रदेब गाउँपालिका वडा नम्बर ७ भगवतिको आयोजनामा सुरु भएको ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
युवाहरुलाई लक्षित गरी सुरु भएको तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले युवा समाज निर्माणको आधार भएको बताउनुभयो । श्रेष्ठले युवाहरुलाई सामाजिक चेतना महत्वपूर्ण पक्ष भएको भन्दै उहाँले सिकेका सीपको व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा वडाअध्यक्ष शोभाखर पाण्डेले स्थानीय युवाहरुलाई नै श्रोत व्यक्तिको रुपमा विकास गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले युवाहरु राज्य निर्माणको महत्वपूर्ण आधार भएको स्मरण गराउदै टोल टोलमा नेतृत्व विकास सम्बन्धी चेतनाको बितरण गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा प्रमुख प्रशिक्षक बसन्त श्रेष्ठ, प्रशिक्षक सागर परियार, वडा सदस्य गोपाल मरासिनी, मनिराम पाण्डे, गाउँपालिकाका कलम श्रेष्ठ, सहभागीहरुको तर्फबाट बिमला पाण्डे, तुल्सीराम पाण्डे लगायतले मन्तब्य राख्दै तालिम उपलब्धी मूलक भएको बताउनुभएको थियो ।
तालिम कार्यक्रम वडाध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष तुल्सीदेबी श्रेष्ठको प्रमुख आथित्यता र वडा सचिव होमनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।