
श्याम घिमिरे
असार २३ अर्घाखाँची –
नेपाली काँग्रेस मालारानी गाउँपालिकाको प्रशिक्षण कार्यक्रम आईतबार खनदहमा सम्पन्न भएको छ । नेपाली काँग्रेस मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मनतब्य राख्दै काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसालले काँग्रेसको संगठन मजवुद बनाउँन सबै एक हुनुपर्नेमा जोड दिए । भुसालले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप समेत लगाए ।

नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले काँग्रेस मालारानीले पशिक्षण कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गरे । मुस्कानले काँग्रेस अर्घाखाँचीले पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको भन्दै दोस्रो चरणको जागरण भदौमा हुने जानकारी समेत गराए ।

नेपाली काँग्रेसका केन्द्रीय प्रशिक्षकहरू छन्दबहादुर पहराई र योगराज कँडेलको मुख्य प्रशिक्षणमा सम्पन्न कार्यक्रममा काँग्रेस पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, प्रदेश सभा सदस्य निर्मला क्षेत्री, महासमिति सदस्यद्वय केशव श्रेष्ठ, यादव घिमिरे, जिल्ला सदस्यहरू लोकेन्द्र विक, नेत्र भट्टराई, सीता भुसाल, नेविसंघका उपाध्यक्ष घनश्याम पौडेल, दलित संघका अध्यक्ष पृतम दलित, युवा तथा विद्यार्थी विभागका सदस्य सुमित्रा पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस मालारानीका सभापति शोभाखर खनालको अध्यक्षता शान्ता खनालको स्वागत मनतब्य र सचिव कमल खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
