प्रेमनारायण आचार्य
असार २३ अर्घाखाँची –
छत्रदेव गाउँपालिकाको आयोजनामा महिलाहरुकालागि ७ दिने अचार बनाउने तालिम आईतबार सम्पन्न भएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालन भएको अचार बनाउने तालिम छत्रदेव गाउँपालिकाको वडा नं. ५ छत्रगञ्जमा सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमराज भुसालले स्थानीय स्रोत साधनको प्रयोग गरी महिलाहरु उद्यमी बन्नुपर्ने बताउनु भयो । कार्यक्रममा मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रमका सिफारिस कार्यान्वय सदस्य प्रकाश ज्ञवाली, सहजकर्ता भरत न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम छत्रदेव गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षता, वडा सचिव दुर्गा पन्थीको संचालनमा सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ८ वटै वडाबाट २७ जना महिलाहरुको सहभागिता रहेको थियो ।