सम्वन्ध बिच्छेद गर्ने निर्णय गरेको जोडीलाई अदालतले पुनर्मिलन गराईदियो ।


श्याम घिमिरे
असार २३ अर्घाखाँची –


अर्घाखाँची जिल्ला अदालतले अदालतबाटै सम्वन्ध बिच्छेद गर्ने निर्णय गरेका एक दम्पतिलाई पुनर्मिलन गराईदिएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. १ बस्ने लिलामनी पौडेल र गुल्मी जिल्ला छत्रकोट गाउँपालीका वडानम्वर –१ माईत भएकी छत्रदेव गाउँपालिका–१ बस्ने जमुना पौडेल वीच अदालतमै पुनर्मिलन भएको हो ।

मुलुकी संहिता लागु भएपछिको तेस्रो दर्ता द्धारा विवाह अर्थात कोटम्यारीज आईतबार अर्घाखाँची जिल्ला अदालतमा सम्पन्न भएको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए । उक्त दम्पत्ती वीच अदालतबाट यही असार ५ गते सम्वन्ध विच्छेद हुने गरी मिलापत्र समेत भएको घिमिरेले बताए । पौडेल दम्पतिका एक ६ बर्षिय छोरा रहेका छन । यसरी सम्वन्ध बिच्छेद गरी एक छोरा जन्माई सकेका दम्पत्तीले पुनः अदालतमा आई दर्ता द्धारा बिवाह गरी पुनर्मिलन हुनुले समाजमा सकारात्मक सन्देश जाने समेत अपेक्षा गरिएको स्रेस्तेदार घिमिरेको बुझाई रहेको छ ।

सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएपछि सम्वन्ध कायम हुने गरी मिलापत्र भएका मुद्दा नगण्य मात्रमा रहेको अदालतका सुचना अधिकारी टेकराज गैरेले बताए । गैरेले अधिकांश मुद्दाहरु सम्वन्ध बिच्छेद हुने गरी फैसला र मिलापत्र भएको समेत जानकारी दिए ।

उता अर्घाखाँची जिल्ला अदालतमा पुरुष द्धारा दर्ता गराइएका सम्बन्ध बिच्छेदका ४१ मुद्दा र महिला बाट दर्ता गराइएका मुद्दा समेत गरी करीब ४५ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका मात्रै रहेको अदालतले जनाएको छ ।

छत्रदेबमा अचार बनाउने तालीम सम्पन्न ।

प्रेमनारायण आचार्य
असार २३ अर्घाखाँची –

छत्रदेव गाउँपालिकाको आयोजनामा महिलाहरुकालागि ७ दिने अचार बनाउने तालिम आईतबार सम्पन्न भएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालन भएको अचार बनाउने तालिम छत्रदेव गाउँपालिकाको वडा नं. ५ छत्रगञ्जमा सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमराज भुसालले स्थानीय स्रोत साधनको प्रयोग गरी महिलाहरु उद्यमी बन्नुपर्ने बताउनु भयो । कार्यक्रममा मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रमका सिफारिस कार्यान्वय सदस्य प्रकाश ज्ञवाली, सहजकर्ता भरत न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम छत्रदेव गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षता, वडा सचिव दुर्गा पन्थीको संचालनमा सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ८ वटै वडाबाट २७ जना महिलाहरुको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस मालारानीको प्रशिक्षण कार्यक्रम खनदहमा सम्पन्न ।

Image may contain: one or more people and people sitting

श्याम घिमिरे
असार २३ अर्घाखाँची

नेपाली काँग्रेस मालारानी गाउँपालिकाको प्रशिक्षण कार्यक्रम आईतबार खनदहमा सम्पन्न भएको छ । नेपाली काँग्रेस मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मनतब्य राख्दै काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसालले काँग्रेसको संगठन मजवुद बनाउँन सबै एक हुनुपर्नेमा जोड दिए । भुसालले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप समेत लगाए ।

Image may contain: 5 people, people smiling, people sitting

नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले काँग्रेस मालारानीले पशिक्षण कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गरे । मुस्कानले काँग्रेस अर्घाखाँचीले पहिलो चरणको जागरण अभियान सम्पन्न गरेको भन्दै दोस्रो चरणको जागरण भदौमा हुने जानकारी समेत गराए ।

Image may contain: 1 person, sitting

नेपाली काँग्रेसका केन्द्रीय प्रशिक्षकहरू छन्दबहादुर पहराई र योगराज कँडेलको मुख्य प्रशिक्षणमा सम्पन्न कार्यक्रममा काँग्रेस पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, प्रदेश सभा सदस्य निर्मला क्षेत्री, महासमिति सदस्यद्वय केशव श्रेष्ठ, यादव घिमिरे, जिल्ला सदस्यहरू लोकेन्द्र विक, नेत्र भट्टराई, सीता भुसाल, नेविसंघका उपाध्यक्ष घनश्याम पौडेल, दलित संघका अध्यक्ष पृतम दलित, युवा तथा विद्यार्थी विभागका सदस्य सुमित्रा पौडेल लगायतले मन्तव्य राखेका थिए ।

Image may contain: 1 person, sitting

कार्यक्रम नेपाली काँग्रेस मालारानीका सभापति शोभाखर खनालको अध्यक्षता शान्ता खनालको स्वागत मनतब्य र सचिव कमल खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 1 person, sitting and indoor