नेत्र ज्योती संघको योजना तर्जुमा बैठक नरपानीमा सम्पन्न

नेत्र ज्योती संघको योजना तर्जुमा बैठक नरपानीमा सम्पन्न

प्रेमनारायण आचार्य
अर्घाखाँची, २० असार । नेपाल नेत्र ज्योती संघ, लुम्विनी नेत्र विज्ञान प्रतिष्ठान र जिल्ला आखा उपचार केन्द्रहरुको वार्षिक योजना तर्जुमा बैठक अर्घाखाँचीको नरपानीमा सकिएको छ ।

नेपाल नेत्रज्योती संघको आयोजना र सेवा फाउण्डेसनको सहयोगमा नरपानी सुपा देउराली रिसोर्टमा योजना तर्जुमा बैठकमा बिभिन्न जिल्लाका आखा उपचार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माले पानसमा दिप प्रज्वलित गरि उद्धाटन गर्दै आखाँ उपचार केन्द्रहरुले आखाको रोगीहरुलाइ पुराएको योगदान महत्वपुर्ण रहेको बताए ।

कार्यक्रमको उद्धाटन समारोहमा नेपाल नेत्र ज्योती संघका महासचिव श्याम प्रसाद पोख्रेल, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा, पाणिनि गाँउ पालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, नेत्र ज्योती संघ परासी शाखाका अध्यक्ष मञ्जु कंडेल लगायतले मन्तव्य राखे ।

कार्यक्रम नेपाल नेत्र ज्योती संघ रुपन्देहिका सभापति सागर प्रसाद राणाको अध्यक्षता, अर्घाखाँची सभापति दलबहादुर केसीको स्वागत मन्तव्य र महासचिव नेत्र प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको सचिव उमेश घिमिरेले बताए ।